ईश्वरीय संरक्षणको प्रमाण
परमेश्वरको प्रेरित् वचन शुद्धरूपमा, हामी सम्म आएकोछ। यसकालागि, हामीले प्रथम धन्यबाद, बाइबलको लेखकलाई दिनुपर्छ। सम्पूर्ण हिब्रू शास्त्र र त्यसका केही भागहरूका प्रायः ६००० हस्तलिपिहरू छन् र ग्रीक शास्त्रका चाहिं केही ५००० हस्तलिपिहरू छन्।
“यहोवाको वचन सदा सर्वदा रहिरहन्छ।” (न्यु वर्ल्ड ट्रान्सलेसन, १ पत्रुस १:२५) तर यो पवित्र वचनको बचाव बारे, आधुनिक अनुसन्धानले अझ कुन कुन कुरालाई ज्योतिमा ल्याएको छ?
यो पाठ्य कतिको भरपर्दो छ?
मसीही ग्रीक शास्त्रको पाठ्य कतिको विश्वाशिलो छ? अति नै विश्वाशिलो छ। हाम्रा समय सम्म बाँचेर आएका अरू प्राचीनकालका शास्त्रहरूलाई ध्यानमा राखेर कुरा गर्ने हो भने, मसीही ग्रीक शास्त्रको कुनै तुलनै छैन। औफ देन स्पुरेन जेसू (येशूको पाइलामा) भन्ने पुस्तकमा, यो कुरालाई लेखक जेर्राड क्रोलले जोर दिनु भएको छ। उदाहरणकालागि, ई. पु. चौथो शताब्दिको ग्रीक दार्शनिक आरीसटटलका लेखहरूका ६ वटा मात्र हस्तलिपिहरू बाँचेकाछन् र ती पनि, ई. स. १० वाँ शताब्दि र तेस पछिका छन्। अर्को दार्शनिक, प्लेटोका (ई. पु. चौथो शताब्दि) लेखहरूको पनि १० हस्तलिपिहरू मात्र बाँचेकाछन् र ती पनि, ई. स. १३ वाँ शताब्दिका हुन्। हेरोडोटसका (ई. पु. पाँचवाँ शताब्दि) लेखहरूको २० वटा हस्तलिपिहरूका टुक्राहरू बाँचेर आएकाछन् र ती पनि ई. स. प्रथम शताब्दिका हुन्। उहाँका लेखको प्रथम सम्पूर्ण हस्तलिपि ता ई. स. १० वाँ शताब्दिको हो। र जोसेफसका लेखहरूको प्रथम हस्तलिपिहरू ११ वाँ शताब्दिका मात्र छन्।
यिनीहरूको तुलनामा, मसीही ग्रीक शास्त्रलाई (जसको लेखाई ई. स. प्रथम शताब्दिमा समाप्त भएको थियो) पुष्टि दिने, ई. स. दोस्रो शताब्दिका हस्तलिपिहरूका टुक्राहरू छन् र चौथो शताब्दिमा बनाइएका, ती लेखहरूका सम्पूर्ण हस्तलिपि आज सम्म बाँचेर आएकाछन्। क्रोल अनुसार, दोस्रो देखिन् साँतवाँ शताब्दिको बीचका केही ८१ हस्तलिपिहरू छन्, चौथो देखिन् १० वाँ शताब्दि भित्र, त्यस समयमा प्रचलित् विशेष अक्षरहरू मा लेखिएका २६६ हस्तलिपिहरू छन् र ९ वाँ शताब्दि देखिन् १५ वाँ शताब्दि भित्रका कम से कम २,७५४ हस्तलिपिहरू साथै धार्मिक सभाहरूका बेग्ला बेग्लै दिनहरूमा पढ़नकालागि, शास्त्रका विभिन्न भागहरू सङ्कलन गरिएका २,१३५ पुस्तकहरू पाइन्छ। यी सबैले हामीलाई मसीही ग्रीक शास्त्रको मूल-लेख साबित् गर्ने मदद् दिन्छ। निश्चय नै, मसीही शास्त्र पूर्ण रूपेण प्रमाणित छ।
यूहन्नाको सुसमाचारको एउटा महत्वपूर्ण टुक्रा
कसिङ्गरको एक थुप्रोमा, बाइबलको एउटा बहुमूल्य हस्तलिपि पाउने आशा कसले गर्ला र? तर ठीक त्यस्तै ठाउँ मै, यूहन्नाको पुस्तकको १८ वाँ अध्यायको एउटा बहुमूल्य भाग पाइयो। यसलाई, जन रायलेन्ड्स पेपिरस ४५७ (पी५२) भन्छन् र आज बेलायतको मेन्चेस्टरमा यो हस्तलिपि सुरक्षित् छ। यसको अविष्कार कसरी भयो र यो त्यति महत्वपूर्ण किन छ?
यो शताब्दिको शुरूहुने बेलामा, पुरातत्वज्ञहरूले मिश्रको एल फैयुम भन्ने जिल्लामा, अक्सीरायनचस नाउँको शहरमा, पेपेरिसमा लेखिएका हस्तलिपिहरूका एक थुप्रो फेला पारे, जसमा अन्य पत्रहरू, भरपाइहरू, बिन्ती पत्रहरू, लोकगणना पत्रहरूका साथै अन्य मूल-लेखहरू थिये। धेरै जसो ग्रीक भाषामा लेखिएका थिये तर ती जम्मै सुखा बालुवामा, कैयौं शताब्दि देखिन् सुरक्षित् बसेका थिये।
सन् १९२० मा, यी पेपीरायका एक थुप्रो मेन्चेस्टरका जन रायजेन्ड्स पुस्ताकालयले हासिल गर्यो। १४ वर्ष पश्चात्, विद्वान सी. एच. रबर्ट्सले यो संग्रह केलाउँनु हुँदा, उहाँले यसमा केही परिचित् शब्दहरू देख्नु भयो। राम्रो सँग हेर्दा, ती युहन्नाको सुसमाचारको १८ वाँ अध्यायका ३१ देखिन् ३३ पदका केही भाग पानाको एका पट्टि रहेछन् र ३७ र ३८ पदहरू अर्को पट्टि रहेछन्। त्यस बेला सम्म आविष्कार भएका, मसीही ग्रीक शास्त्रका कुनै पनि हस्तलिपि भन्दा, यो सबै भन्दा पुरानो थियो। “अनसियल्स” भनिने ग्रीक भाषाको ठूला ठूला अक्षरहरूमा लेखिएको थियो र ई. स. दोस्रो शताब्दिको प्रथम भागमा यो शुरू भएको हो।
यो पेपीरसको टुक्रोको लम्बाई र चौड़ाइ ३.५ र २.५ ईञ्ची मात्र छ। पेपिरसको यो टुक्रो कुन समयको हो भनेर ठीक ठीक थाह लाउने विधि के हो? सर्वप्रथम, लेखन पद्धतिलाई ध्यान दिएर। यो विद्यालाई अंग्रेजीमा पेलियोग्रेफी भन्छन्। जसै सालहरू बित्दै जान्छ, लेख्ने पद्धति पनि फेरिन्दै जान्छ र यसै बाट कुन हस्तलिपि कुन जमाना अथवा समयको हो भन्न सकिन्छ। यसमा गलत अन्दाजका लागि पनि केही थप घट गर्ने ठाउँ राखिन्छ। आविष्कार भएको टुक्रो जुन सम्पूर्ण हस्तलिपिको भाग हो, त्यसको लेखन पद्धति, स्वयं यूहन्नाले लेख्नुभएको मूल सुसमाचारको लेखन पद्धति सँग धेरै नै मिल्छ जसले गर्दा ती दुवै प्राय एउटै समयको हुनु पर्छ। बढ़ीमा ३० अथवा ४० वर्षको मात्र फरक होला। साथै यो टुक्राको पाठ्य र पछि पछि आविष्कार भएका टुक्राहरूको पाठ्य तुलना गरेर हेर्दा, कुनै विशेष भिन्नता छैन। यसबाट हामी निश्चित हुन सक्छौं कि, यूहन्नाको वर्णनमा पछिका लेखनदासहरूले कुनै महत्वपूर्ण हेरफेर गरेका रहेन छन्।
यो आविष्कार हुनु भन्दा अघि, आलोचकहरूले, यूहन्नाको सुसमाचार येशूको चेलाले लेख्नुभएको असली लेख होइन, तर पछि, दोस्रो शताब्दिको अन्तमा कुनै अर्को मानिस द्वारा लेखिएको हो भन्ने दाबी गरेका थिये। तर आज, यो हस्तलिपिको भागबाट स्पष्ट छ, यूहन्नाको सुसमाचार मिस्रमा, ई. स. दोस्रो शताब्दिको दोस्रो भागमा होइन, तर प्रथम भाग मै प्रचलित् थियो। त्यो पनि एउटा चर्मपत्रको रूपमा होइन, तर पुस्तकको रूपमा। आश्चर्यको कुरा के हो भने, यति सानो र अमहत्वपूर्ण पेपीरसको टुक्रोले आलोचकहरूको आवाजलाई प्रभावशाली ढङ्गमा बन्द गरिदिन सक्यो! (w88 11/15)
[पेटी]
पेपीरस
पेपीरस, छिपछिपे र नबग्ने पानी अथवा दलदल र बिस्तारै बग्ने नील नदी जस्ता नदीहरूका किनारामा उम्रने एउटा बिरूवा हो। (अय्यूब ८:११) पेपीरसको कागत्को प्रयोग अब्राहामको पालो देखिन् नै भएको हुनसक्छ। पछि, यस प्रकारको कागतको उत्पादन, प्राचीन मिस्रीहरूको एउटा मुख्य उद्योग भयो। यसलाई बनाउने, एउटा साधारण विधि थियो। भित्री पट्टिको पातको स-साना, लामा र पातला टुक्राहरू बनाएर यिनीहरूलाई लस्करै राख्ने गर्थे। यस माथि, फेरि तेर्सो पारेर, यस्तै टुक्राहरू टाँसी दिनथिए। यसलाई चेप्ट्याएर एउटा ठूलो पाता बनाउथे, यो पातालाई फेरि रोल गरेर, घाममा सुकाइ दिनथिए। पछि, फेरि यो कागतको पातालाई आग्नेय पत्थर, कोडी अथवा हाथीको दाँतले पालिस लगाएर टल्काइदिन्थिए। बेग्ला बेग्लै पाताहरू जोडेर एउटा ठूलो मुठ्ठो बनाउने चलन थियो। एउटा मुठ्ठो १४ देखिन् २० फीट लामो हुन सकथियो र एउटा १३३ फीट लामो मुठ्ठा पनि साँचेर राखेकाछन्। यसलाई ठाउँ ठाउँमा पट्याउँदै एउटा पुस्तक जस्तै देखिने कोडेक्स पनि बनाउन सकथिए र प्राचीन मसीहीको पालोमा यसो गर्ने चलन थियो।
[पेटी]
पार्चमेन्ट र वेल्लम
पाँचवाँ शताब्दिको एलेक्सान्द्रीन कोडेक्स, जसमा सम्पूर्ण बाइबल थियो, त्यो वेल्लममा लेखिएको छ। वेल्लम के हो र पार्चमेन्ट र त्यसमा के भिन्नता छ?
प्राचीन समय देखिन्, पार्चमेन्ट भन्ने कुरा भेंड़ाको छाला, बाख्राको छाला र बाछाको छालाले बनाएका हुन्थिए। सर्वप्रथम, धोएको छालाबाट जम्मै रौं खौरेर, फ्रेममा तन्काएर सुकाइ दिनथिए। (२ तिमोथी ४:१३ सँग तुलना गर्नु होस्). ई. स. तेस्रो र चौथो शताब्दि सम्म, यो लेख्ने सामग्रीको विभिन्न गुणस्तर थियो। अलिक खस्रोलाई पार्चमेन्ट भनिन्थ्यो र मिहीन, वेल्लम कहलाईयो। वेल्लम बनाउँदा, बाछा अथवा बाख्राको पाठो र जन्मदै मरेको बाछो र पाठोहरूको छालाको मात्र प्रयोग गरिनथिए। यसरी, एउटा पातलो, सेतो र चिल्लो लेखने सामग्री तैयार हुनथियो र छापाखानाको आविष्कार नहोउञ्जेल, वेल्लमकै प्रयोग गरिनथियो। छापाखाना आए पछि, कागतको प्रयोग नै सस्तो र राम्रो भयो।