अनमोल धनराशि तपाईं पाउँन सक्नु हुनेछ!
“के तपाईं केहि देख्न सक्नु हुन्छ?” भनेर त्यो धनवान अंग्रेजले सोधनी गरे। “हो, अदभुत् चीजहरू देखिरहेछु।” भन्दै मिस्री सभ्यताको विद्वानले उत्तर दिये। यो हो सन् १९२२ को घटना, जब हावर्ड कार्टरले मिस्रका राजाहरूको उपत्यकामा स्थित् फिरौन टुटानखामेनको चिहान भित्र पहिलो पटक चिहाएर हेरेका थिये। कार्टरका यी शब्दहरू आवेशपूर्ण छन्:
“एक छिन पछि, त्यो ज्योतिमा मेरा आँखाहरूले देख्न सके। कमरा भित्र, त्यो तुँवालोमा, बिस्तारै अन्य आकारहरू देखा पर्न थाले। विचित्र जानवरहरू, मूर्तिहरू र सुन—चारै तिर सुनको चमक। मलाई पर्खेर बस्नेहरूकालागि धेरै समय बितेको जस्तो भएता पनि, म एक छिनका लागि, छक्क परेर, मुख बाट केहि शब्द निकाल्नै नसक्ने भएँ . . . हामीले सपनामा पनि यस्तो देखेका थिएनौं। कोठा भरि—एउटा संग्राहलय भरिने सम्मको—सामानहरू थिये।” यहाँ कार्टरले “धनराशिको खोजीमा हिड़ने मानिसको अभिलाषाको पूर्ति” अनुभव गरेको देख्दछौं।
यो अविष्कार द्वारा ३,००० वर्ष अघि देखिन् लुकाएर राखेको धनराशिहरू फेरि ज्योतिमा आयो। तर, यो भन्दा अझ उत्तम श्रेणीको धनराशिको खोजीमा हामी लागेको परमेश्वर चाहनु हुन्छ। यो खोजी बाट त्यो महान इनाम पाउनु हुनेछ, जुन इनाम तपाईंले रत्न, सुन अथवा चाँदीको खोजीबाट कहिले पाउन सक्नु हुनेछैन। यो हो ईश्वरीय बुद्धिको खोजी, र यस बाट प्राप्त हुने एउटा बहुमूल्य धन हो, अनन्त जीवन।—यूहन्ना १७:३
प्रयत्न आवश्यक छ
पुरातात्त्विक स्थानमा खन्ने काम गर्दा ठूलो प्रयत्नको खाँचो पर्छ। लुकेको अथवा गाड़िएको र डूबेको धनको खोजी गर्दै, जङ्गली इलाकामा खन्न अथवा खतरनाक पानीहरूको गहराईमा तल झर्न सजिलो कुरा होइन। तर दृढ़संकल्प भएका धनराशि खोज्ने मानिसहरू यस प्रकारको प्रयास खुशी सँग गर्छन्। तिनीहरूले अकसर घोर कठिनाईहरू, र असम्भव देखिने वाधाहरूको सामने पनि धैर्य धारण गर्छन्। यतिको प्रयास भौतिक धनको खोजी गर्दा गरिन्छ भने, के ईश्वरीय बुद्धिको खोजी यो भन्दा अझ ठूलो प्रयासको योग्यको छैन र?
बुद्धिका रत्नहरू प्राप्त गर्न हामीलाई मदद् दिनको निम्ति तैयार गरिएका मसीही प्रकाशनहरू र बाइबल अध्ययन गर्न आवश्यक प्रयास गऱ्यौं भने, हामीले पनि अनमोल रत्नहरू प्राप्त गर्न सक्नेछौं। तर प्रयत्नमा लगातार लागि रहनु अति आवश्यक छ। भौतिक धनराशिकालागि खन्दा पनि माथि माथि मात्र खनेर काम बन्द गऱ्यौं भने, हामी कदापि धनवान हुनेछैनौं। अध्यात्मिक धनको खोजी गर्दा पनि यही सिद्धान्त प्रयोग हुन्छ। थकाइ लाग्यो भन्दै, खन्ने काम चाडै बन्द गऱ्यौं भने हामीले कहिले पनि बुद्धिको रत्नहरू प्राप्त गर्न सक्नेछैनौं। “माथि बाट आउने बुद्धि” तिनीहरूकालागि हो, जो त्यसलाई प्राप्त गर्न अथक परिश्रम गर्दछन्। (याकूब ३:१७) यो ईश्वरीय बुद्धिको अनमोल धनराशि पाउनकालागि के तपाईंले पनि चाहिंदो प्रयास गर्नु पर्दैन र? (w89 3/15)