प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 ७/१ पृ. ४-५
  • नरकको शुरूआत्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नरकको शुरूआत्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मेसोपोटामियाको नरक
  • मिश्री र अन्य पूर्वीय धर्महरू
  • युनानी, एट्रसकन र रोमी नरकहरू
  • यहूदीहरू र हिब्रू शास्त्रहरू
  • नरक वास्तवमा के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • नरकको आगो के भएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • नरक वास्तवमा के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • व्यापक फैलिएको विश्‍वास
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 ७/१ पृ. ४-५

नरकको शुरूआत्‌

“नरक”, न्यु कैथोलिक एनसाइक्लोपेड्या अनुसार, त्यो शब्द हो जसबाट “दोषी र श्रापित्‌ व्यक्‍तिहरू बस्ने ठाउँ बोध हुँदछ।” एउटा प्रोटेस्टेन्ट एनसाइक्लोपेड्यामा पाइने परिभाषा अनुसार, नरक त्यो ठाउँ हो जहाँ “दुष्टहरूले भविष्यमा सजाय पाउँनेछन्‌।”a तर मृत्यु पश्‍चात्‌ सजाय पाउने यस प्रकारको ठाउँमा विश्‍वास गर्ने चलन, मसीही जगतका गिर्जाहरूमा मात्र सीमित छैन। यो चलनको शुरूआत, मसीही जगत भन्दा धेरै शताब्दी अघि भएको हो।

मेसोपोटामियाको नरक

येशूको जन्म भन्दा प्राय २,००० वर्ष अघि, सुमेरी र बेबिलोनीहरू पाताल मनि एउटा संसार छ र त्यस ठाउँमा गए पछि, त्यहाँबाट कोही पनि फर्केर आउँदैन भन्‍ने तिनीहरूको विश्‍वास थियो। यो प्राचीन विश्‍वासको झझल्को, “गिलगमेशको महाकाव्य” र “पातालमनिको संसारमा इश्‍तारको आगमन” जस्ता सुमेरी र अकादीहरूको कविताहरूमा देखिन्छ। तिनीहरूले मृतकहरूको यस संसारलाई अन्धकारको घर भनी ठान्छन्‌, “जुन घरमा एक चोटी प्रवेश गरी सके पछी, कोही पनि फर्केर आउन सक्दैनन्‌।”

त्यहाँका परिस्थितिहरूबारे चाहिं, अशूरीहरूको एउटा प्राचीन शास्त्र एसो भन्छ: “त्यो संसार त्रासै, त्रासले पूर्ण छ।” पृथ्वीमनिको यो संसार हेर्ने मौका एउटा अशूरी राजकुमारले पाए र त्यहाँ देखेका कुराहरूको कारण तिनको “घुँड़ाहरू कामन” थाल्यो भन्छन्‌। पातालमनिको संसारको राजा, नेरगालको वर्णन तिनले यस प्रकार गरेकाछन्‌: “क्रोधित भएर, जोडको आँधीबेहरी झैं, तिनी डरलाग्दो ढङ्‌गमा मलाई देखेर कराए।”

मिश्री र अन्य पूर्वीय धर्महरू

प्राचीन मिश्री मानिसहरू प्राणको अमरत्वमा विश्‍वास गर्द थिए र नरकलोक बारे तिनीहरूको बेग्लै धारणा थियो। दी न्यु एनसायक्लोपेड्या ब्रिटानिका भन्छ: “मिश्रीहरूका अन्त्येष्टि काज-क्रिया वर्णन गर्ने लेखहरू अनुसार, त्यो अर्को संसारमा जाने बाटोभरि खतरै-खतरा छ: डरलाग्दा राक्षसहरू, आगोका कुण्डहरू, विशेष जादू-मन्त्रको प्रयोग बिना प्रवेश गर्नै न सकिने ढोकाहरू र एउटा कुत्सित नाविक जसको दुष्ट उद्देश्‍यलाई मन्त्र-तन्त्रले मात्र विफल पार्न सकिन्छ।”

इन्डो-इरानी धर्महरूले पनि मृत्यु पश्‍चात्‌ पाउने सजायबारे विभिन्‍न प्रकारका विश्‍वासहरूको विकास गरे। हिन्दू-धर्मको समबन्धमा, फ्रेन्च एनसायक्लोपेड्या युनिवर्सालिस (युनिवर्सल एलसायक्लोपेड्या) भन्छ: “हिन्दूहरूले परिकल्पना गरेका २१ प्रकारका नरकहरूको अनगिन्ती वर्णनहरू छन्‌। ती नरकहरूमा पापीहरूलाई जङ्‌गली जनावरहरू र सर्पहरूले खान्छन्‌, तिनीहरू बिस्तारै पोलिन्छन्‌, टुक्रा-टुक्रा पारिन्छन्‌, भोक र तिर्खाले सताइन्छन्‌, तेलमा उमालिन्छन्‌ अथवा फलाम र ढुङ्‌गाका भाँड़ोहरूमा पिसिन्छन्‌।”

जैन र बौद्ध धर्महरूमा पनि नरकबारे आफ्नै परिकल्पनाहरू छन्‌ जहाँ पश्‍चाताप नगर्ने पापीहरूले सास्ती भोग्नु पर्दछ। इरान अथवा पर्सियामा शुरू गरिएको जोरोआस्ट्रियन धर्ममा पनि नरकको शिक्षा छ—यस धर्म अनुसार, नरक एउटा जाडो र दुर्गन्ध आउने ठाउँ हो जहाँ पापीहरूका प्राणले सन्ताप भोग्नु पर्दछ।

तर चासोको एउटा कुरा के हो भने, मिश्री, हिन्दू, जैन, बौद्ध र जोरोआस्ट्रियन धर्महरूले सिकाएका नरक अनन्तकालीन छैन। यी धर्महरू अनुसार, केही समय अवधिसम्म दुःख भोगी सके पछि, पापीहरूका प्राण कुनै अर्को ठाउँ अथवा तहमा पठाइन्छ र यो ठाउँ, बेग्ला-बेग्लै धर्मको शिक्षानुसार बेग्लै हुन्छ। तिनीहरूले गरेका नरकको परिकल्पना, कैथोलिकहरूले सिकाएका परगेटेरीसँग मिल्दछ।

युनानी, एट्रसकन र रोमी नरकहरू

मानिस मरे पछि, उसको प्राण (साइ-खे, जुन शब्द तिनीहरूले पुतलीको निम्ति पनि प्रयोग गर्छन्‌) बाँची नै रहन्छ भनेर प्राचीन युनानीहरूले विश्‍वास गर्दथिए। तिनीहरूले मरेकाहरूको संसारलाई हेडिस भन्द थिए र त्यस ठाउँको राजा पनि हेडिस नाउँ भएकै एक जना देव हुन्‌ भनी तिनीहरू विश्‍वास गर्द थिए। ओरफियस—ए जेनरल हिस्टरी अफ रिलिजन्स भन्‍ने पुस्तकमा, फ्रेन्च विद्वान रायनाकले युनानीहरूको विषयमा यस प्रकार लेखे: “नारकीय इलाकामा प्राण प्रवेश गर्नका लागि पहिले बूढ़ो नाविक चारोनको डुङ्‌गामा चढ़ेर स्टिक्स नदी पार गर्न पर्द थियो। नाविक चारोनलाई एउटा युनानी सिक्का भाड़ा तिर्न पर्दथियो र त्यो सिक्का मरेको मानिसको मुख भित्र राखेको हुन्‌थियो। तल नारकीय देशमा, त्यस ठाउँका तीन जना न्यायाधीशको सामुन्‍ने मानिसको प्राण हाजिर गराइन्‌ थियो . . . ; आफूले गरेका पापहरूको निम्ति दोषी ठहरेको खण्डमा, त्यसले टारटारसमा दुःख पाउँ थियो . . . युनानीहरूले एउटा लिम्बोको परिकल्पना पनि गरे जहाँ बचपनमै मरेका केटा-केटीहरू बस्द थिए। ती युनानीहरूले परगेटेरीको पनि परिकल्पना गरे जहाँ हल्का किसिमको सजाय द्वारा प्राण शुद्ध गरिन्थ्यो।” दी वल्ड बुक एनसाइक्लोपेड्या अनुसार, टारटारसमा पठाइने प्राणहरूले “अनन्तकालीन सन्ताप” भोग्नु पर्दथिए।”

ईटालीमा, रोमीहरूको सभ्यताबाट आएका एट्रसकनहरूले पनि मृत्यु पछि पाउने सजायमा विश्‍वास गर्द थिए। डिक्शनेरी डे रिलिज्योनले (धर्महरूका शब्दकोष) भन्छ: “मरे पछि अर्को संसारमा जानु पर्छ भनेर विश्‍वास गरेको हुनाकारण, एट्रसकनहरूले मरेका आफ्ना मानिसहरूको लाशको अति नै हेर-विचार गर्द थिए। बेबिलोनीहरूले जस्तै, तिनीहरूले पनि मरेकाहरूका निम्ति ती ठाउँहरू सन्ताप र नैराश्‍यपूर्ण छन्‌ भनी ठान्‌दथिए। ती मरेका मानिसहरूका सन्तानले चढ़ाएका बलिदानहरू द्वारा मात्र तिनीहरूले ती ठाउँहरूमा केही आराम पाउन सकथिए।” एउटा अर्को अनुसन्धानको स्रोत एसो भन्छ: “एट्रसकन चिहानहरूमा त्रासपूर्ण दृश्‍यहरूको नक्साहरू देखिन्छ जसबाट मसीही नारकीय नक्साहरू उत्प्रेरित भए।”

रोमीहरूले एट्रसकनहरूको नरकको विचारलाई अपनाए र त्यसलाई अर्कस अथवा इनफर्नस भने। तिनीहरूले पातालमनिको संसारको राजा, हेडिसबारेको युनानी दन्त्यकथालाई अपनाए र त्यसलाई अर्कस अथवा प्लुटो नाउँ दिए।

यहूदीहरू र हिब्रू शास्त्रहरू

येशू आउनु भन्दा अघिका यहूदीहरूको विषयमा के भन्‍न सकिन्छ? तिनीहरूको विषयमा एनसाइक्लोपेड्या ब्रिटानिका (१९७०) भन्छ: “सा. यु. पू. पाँच शताब्दी देखि एसो, यहूदीहरूले पारसीहरू र युनानीहरूसँग निकै घनिष्ठ सम्पर्क राख्द थिए र यी दुवै राष्ट्रहरूमा मृत्यु पश्‍चात्‌ जाने संसार सम्बन्धी शिक्षा निकै नै विकसित भइसकेको थियो . . . दुष्ट प्राणहरूले मृत्यु पछि गिहेन्‍ना भन्‍ने ठाउँमा सजाय पाउनेछन्‌ भन्‍ने विश्‍वास, यहूदीहरूले ख्रीष्ट आउञ्जेलसम्म अपनाइसकेका थिए।” तथापि, एनसाइक्लोपेड्या जुडायका भन्छ: “तर गिहेन्‍नाबारे यस प्रकारको धारण शास्त्रमा कतै पनि पाइन्दैन।”

यो पछिल्लो बयान ठीक हो। मृत्यु पश्‍चात्‌, मानिसको प्राणले एउटा अग्निमय ठाउँमा सजाय पाउनेछ भन्‍ने धारणा हिब्रू शास्त्रमा कतै पनि पाइन्दैन। यो त्रासयुक्‍त शिक्षाको स्रोत जलप्रलय पश्‍चातका बेबिलोनियाका धर्महरू हुन्‌, बाइबल होइन। नरकमा सजाय पाउने मसीही जगतको शिक्षाको स्रोत, प्राचीन बेबिलोनीहरू हुन्‌। केही समयका लागि सुधारको निम्ति सन्ताप भोग्नु पर्ने कैथोलिक धारणा चाहिं अझ पहिलेका मिश्री र पूर्वीय धर्महरूबाट आएको हो। लिम्बो भन्‍ने ठाउँको शिक्षा चाहिं युनानी दन्त्य-कथाबाट लिएको हो। मरेकाहरूको निम्ति प्रार्थनाहरू र दानहरू एट्रसकनहरूले चढ़ाउने गर्द थिए।

तर मृत्यु पश्‍चात्‌ चेत अवस्था मै सजाय अनुभव गर्न सकिन्छ भन्‍ने शिक्षाहरू के मा आधारित छन्‌? (w89 10/1)

[फुटनोट]

a मेकलिन्टक एन्ड स्ट्रंग्स एनसाइक्लोपेडिया अफ बिबलिकल, थियोलोजिकल एन्ड एकलिज्यासटिकल लिटरेचर, वल्युम ४, पाना १६५.

[पृष्ठ ५-मा भएको चित्र]

डेन्टेले वर्णन गरेको “इनफर्नो अथवा नरकमा” स्टिक्स नदी पार गरेको

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने