प्रतिज्ञा गरिएको देशका केही दृश्यहरू
टाबोर देखिन् विजय तर्फ!
माथि, एउटा धरहराको टुप्पोबाट, तल, एतिहासिक मार्गहरूले मोढ़ लिएको ठाउँ हेर्नु हुँदैछ भन्ने कुरा, एसो कल्पना गर्नु होस्! इतिहास लेखिएको तपाईं देख्न सक्नु हुनेछ!
बाइबलमा उल्लेखित् मेगिडोलाई, यस प्रकारको एउटा एतिहासिक महत्व भएको ठाउँ भन्न सकिन् थियो। मुख्य व्यापारी र सैनिक बाटोहरू मेगिडो भएर निस्कन् थियो। तर येज्रीलको उपत्यका देखिन् टाबोर पर्वतले आफ्नो शिर उठाएको देख्न सकिन्छ र यो पर्वतको टुप्पो देखिन् तल हेर्दा, विया मारिस देख्न सकिन्छ जसबाट, प्रख्यात् फरटाइल क्रेसेन्टका शहरहरूमा जाने बाटोहरू छुट्टिन्छन्।a
त्यस इलाकाका कुनै पनि ठाउँबाट टाबोर हेर्नु भयो भने, तपाईं प्रभावित् हुनु हुनेछ। (यर्मिया ४६:१८ सँग तुलना गर्नुहोस्) त्यसको वरि-परि भएका सबै कुराको माझमा, टाबोर, अफ्नो बेग्लै गरिमा साथ, छुट्टै, देखिन्छ। त्यसको चुच्चो टुप्पो भएको आकृति चारै तिरबाट देख्न सकिन्छ। तल त्यसको दक्षिण पट्टि फैलिएको तराई अथवा येज्रीलको उर्वरा उपत्यकामा, त्यो अल्गो भएर खड़ा भएको छ। यही उपत्यकाले सुमुद्रको तटलाई यर्दनको उपत्यका सँग जोड़दछ।
टाबोरको चुच्चो टुप्पोबाट, दक्षिण पट्टि येज्रीलको उपत्यका देखिन्छ। यसले तपाईंलाई येहू, वेग र जोश सहित्, आहाबको शाही निवास तिर घोड़ामा दौड़ेर गएको कुरा याद दिलाउला। (१ राजा २१:१; २ राजा ९:१६-३३) त्यसैको नजिकमा मेगिडो छ। पश्चिम तिर तपाईं कार्मेल पर्वत् देख्नु हुनेछ, जहाँ एलियाले अग्नि परीक्षा गरेका थिए। (१ राजाको १८ वाँ अध्याय) टाबोरबाट तपाईं किशोन नदी पनि समुद्र तर्फ बगेको देख्न सक्नुहुन्छ र प्राय पाँच मील पश्चिम र उत्तर-पश्चिम तिर, तल्लो गालीलको पहाड़हरूमा नासरत छ।
तर टाबोर भन्ना साथै तपाईंको मनमा बाइबलको कुन घटना स्मरण हुन्छ? ठीक पनि डेबोरा र बाराक सँग सम्बन्धित् घटना होला। तिनीहरूकै बेलामा, हाजोरका राजा याबिनको अगुवाईमा, कनानीहरूले इस्राएलीहरूलाई २० वर्ष सताए। तब अगमवादिनि डेबोराले बाराकलाई सकृय हुन प्रोत्साहित् पारी। जसलेगर्दा, बाराकले दस हजार, विशेष गरि गालीलका नप्ताली र जेबुलुन कुलका, इस्राएली पुरूषहरूलाई बोलाएर टाबोरमा भेला गराए। तिनीहरू राम्रो सँग सुसज्जित् थिएनन्। किनभने इस्राएलमा, एउटा ढाल, अथवा भाला पनि थिएन।—न्याय ५:७-१७.
तिनीहरूको विरूद्धमा एउटा भीषण सैनिक मण्डल उठेर आएको थियो। याबिनको सेनापति सिसेराले सशस्त्र कनानी योद्धाहरूलाई येज्रीलको उपत्यकामा भेला गराए। शायद तिनीहरू मिस्रको एउटा भित्ते नक्सामा चित्रित गरिएका शस्त्र मानिसहरू जस्तै देखिए होलान। यो नक्सा यस पछि आउने पानाको, माथिल्लो दाहिने पट्टि, देख्न सक्नु हुनेछ। मिस्रमा प्रयोग गरिने हात-हतियारको प्रभाव कनानीहरूको हातहतियारमा परेको थियो। विशेष गरि, सिसेराको सबै भन्दा डरलाग्दो हतियार अथार्त उनको ९०० रथहरू!
यी कनानी रथहरू अग्नि वाण फाल्ने चलायमान मञ्चहरू थिए। रथको चालकले लगाम आफ्नो कम्मरको वरिपरि बाँध थिए होलान्। यसरी उसको दुवै हातहरू हात-हतियारको प्रयोगका लागि स्वतन्त्र हुन् थियो। अथवा, उसले आफ्ना दौड़ि रहेका घोड़ाहरूमा ध्यान दिने गरथियो होला र हात-हतियारको प्रयोगमा चाहिं उ सँग उभिने अर्को साथीले ध्यान दिन् थियो होला। यी रथहरूको चक्का छोप्ने गोलो रिङ्गमा, फलामको धुर दुवै पट्टि हुन् थिये। माथि टाबोरबाट हेरिरहेका बाराकका मानिसहरूको नजरमा, ती रथहरूको भीड़ डरलाग्दा र अदम्य देखिए होलान्।
तापनि, यहोवाले बाराकलाई यो प्रतिज्ञा गर्नु भएको थियो: “म याबीनका सेनापति सीसेरालाई कीशोनका खोल्चामा त्यसका रथहरू र त्यसका सबै फौजसमेत निकाली ल्याएर तिनीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु।” र ठीक समयमा, साहसी इस्राएलीहरू ताबोरको छेउबाट तल झरे।—न्याय ४:१-१४.
स्वर्गबाट तिनीहरूका शक्तिशाली परमेश्वरले दिनु भएको सहायतालेगर्दा मात्र, तिनीहरूले दुश्मनमाथि अकस्मात् आक्रमण गरेर विजय प्राप्त गर्न सके। दबोराले पछि एसो भन्दै गीत गाई: “ताराहरूलेपनि आकाश देखि लड़ाइँ गरे, ताराहरूले आफ्ना आफ्ना चक्रमा सीसेरासँग लड़ाइँ गरे। कीशोनको खोलाले तिनलाई बगाएर लग्यो। . . . हे मेरो प्राण, छाती फुकाएर हिंड़ू।” (न्याय ५:२०, २१) हो, थोरै हात-हतियार भएका तर साहसी इस्राएलीहरूले सशस्त्र कनानीहरूलाई खेदि पठाएता पनि, असली परिणामको फैसला परमेश्वरले नै गर्नु भयो। उहाँले त्यो सुखा नदीमा बाढ़ी ल्याउनु भएर ती भयङ्कर रथहरूलाई अचल पारि दिनु भयो।
तल नक्सामा कीशोन नदीको एक भाग देख्न सक्नु हुन्छ। वर्षाको बेलामा, यो नदी बढ़ेर, त्यसका किनाराहरू दलदलमा परिणत् हुनसक्छन्। यस प्रकारको दलदलबाट, कनानीहरूका ती युद्ध-रथहरू भाग्न खोजेको कल्पना गर्नुहोस्। बढ़दै आउने पानीले, भाग्दै गरेका सिपाहीहरू र रथहरू बगाएर लगेको हुनुपर्छ। इस्राएलको विजयमा सेनापति सिसेरा पनि उम्कनु पाएन। आफ्नो रथ छाड़ेर, रणभूमिबाट पैदल भाग्नु पर्यो। याएल नाउँ भएकी स्त्रीको पालमा शरण लिए पछि, स्वयं याएलले एउटा ऐन मौका छोपेर यो दुश्मनको हत्या गरि।—न्याय ४:१७-२२.
यसप्रकार, ताबोर पर्वतको उँचाईबाट हेरि रहेका दबोरा र अरूहरूको सामने इस्राएलको इतिहासमा एउटा महत्वपूर्ण र मङ्गलमय अध्याय शुरू भयो। (w90 5/1)
[फुटनोट]
a मानचित्र र ताबोरको ठूलो नक्सा यहोवाका साक्षीहरूका १९९० को तिथिपत्रमा हेर्नुहोस्।