प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 १/१ पृ. ६
  • एउटा नया संसार नजिकै छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटा नया संसार नजिकै छ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”
    “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”
  • दुःखकष्ट अन्त हुने समय नजिकै!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • नयाँ संसार नजिकै छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • साँचो ईश्‍वरले के गर्नुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 १/१ पृ. ६

एउटा नया संसार नजिकै छ!

संसारका पीड़ाहरूका लागि प्रशस्त मात्रामा समाधानहरू प्रस्तुत गरिएका छन्‌। साधारणतया, ती समाधानहरूले सबैबाट चासो र सहयोगका साथै, विश्‍वभरिका सबै राष्ट्रहरूबाट एउटा समन्वयात्मक बृहद प्रयासको माँग गर्दछ। एउटा यस्तो सोचाइ पनि छ कि एउटा नया र अड़िन सक्ने संसार बनाउनका लागि राष्ट्रहरू एक साथ मिलेर काम गर्न आफ्ना-आफ्ना प्राथमिकताहरूको पुनर्मूल्याङ्‌कन गर्न बाध्य हुनेछन्‌। वातावरण माथि आइ परेका खतराहरूको समाधान गर्नका लागि, सैन्य खर्चहरू धेरै मात्रामा कम गरिनेछन्‌ र स्टेट अफ दी वर्ल्ड १९९० मा उल्लेख गरे झैं, “आफ्नै ठूला ठूला सैनिक व्यवस्थाहरूका लागि खर्च गर्नुको सट्टा, सरकारहरू संयुक्‍त राष्ट्र संघको एउटा अति नै विस्तृत र सुदृढ़ गरिएको शान्ति सेनामा भर पर्लान्‌ जसमा कुनै पनि देशलाई अर्को आक्रमणकारी राष्ट्रबाट बचाउन सक्ने शक्‍ति र अख्तियार हुनेछ।”

तर यस्ता योजनाहरू, हाम्रा शुरूका पानाहरूमा लालसा गरिएका स्थितिहरू ल्याउन असमर्थ हुनेछन्‌। मानवीय कौशलहरूले मात्र मानव पाप र लोभ पटक्कै हटाउन सकिंदैन; तिनीहरूले पूर्वाग्रह र जातीय झगड़ा मेटाउदैन; न त तिनीहरूले रोग र मृत्युको अन्त हुने गेरेन्टी दिन सक्छन्‌। अपराधको प्रभावकारी समाधान गरिएको छैन र धार्मिक भिन्‍नता र घृणाहरू मेटाउने कुराको त चर्चै छैन। र प्राकृतिक दुर्घटनाहरू रोक्ने विचार समेत गर्न सकिंदैन। समस्याहरू उत्पन्‍न गर्न सक्ने सम्भावना भएको राष्ट्रियता पनि रही नै रहनेछ। एउटा व्यावहारिक समाधान प्रस्तुत गर्न मानिसहरू असमर्थ भएका छन्‌ भन्‍ने निष्कर्षमा हामी दुःखका साथ पुग्नै पर्छ।

तापनि, एउटा उपाय छ! मानिस जातिले चाहेका यी सबै कुराहरूको प्रतिज्ञा गरिएको छ र त्यो प्रतिज्ञा “झूट न बोल्नु हुने” परमेश्‍वरले गर्नु भएको छ। (तितुस १:२) के गर्न आवश्‍यक छ, उहाँलाई पूरै जानकारी छ र आफूले रच्नु भएको उद्देश्‍य पूरा गर्ने उहाँसँग बुद्धि, शक्‍ति र योग्यता छ।—प्रकाश ७:१२; १९:१.

परमेश्‍वर प्रतिज्ञा गर्नु हुन्छ: “किनकि थोरै बेर पछि, दुष्ट रहने छैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन। तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशि मनाउनेछन्‌।”—भजनसंग्रह ३७:१०, ११.

यो कसरी पूरा हुनेछ? यशैया ११:९ ले उत्तर दिन्छ: “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता हानि न नोक्सानी गर्नेछन्‌, किनकि समुद्र पानीले भरिए झैं पृथ्वी परमप्रभुको [यहोवाको न्यु.व.] ज्ञानले भरिपूर्ण हुनेछ।” हो, सारा मानव परिवारलाई नै “यहोवाको ज्ञान” अनुसार शिक्षा दिइने छ र यस अनुसार हिंड्‌न न चाहने व्यक्‍तिहरू त्यहाँ बसेर अरूहरूको शान्ति भङ्‌ग गर्न पाउने छैनन्‌। हाम्रो सुन्दर पृथ्वीको फेरि कहिले पनि दुरावस्था हुनेछैन।

“आओ, परमप्रभुको [यहोवाको, न्यु.व.] काम हेर . . . पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ,” भनेर भजनसंग्रह ४६:८, ९ मा प्रतिज्ञा गरिएको छ। (मीका ४:३, ४ पनि हेर्नु होस्‌) विश्‍वव्यापी शान्ति कायम गर्ने एउटा महत्त्वपूर्ण बुँदा, राष्ट्रिय भेदभावको अन्त गर्नु हो। यसका लागि सहयोग निश्‍चित्‌ छ किनभने विश्‍वभरि एक मात्र सरकार अर्थात्‌ परमेश्‍वरको सरकार कायम रहनेछ। र उहाँको सरकार एउटा यस्तो सरकार हो “जो कहिल्यै नाश हुनेछैन।” (दानियल २:४४) साथै, त्यस सरकारका राजा, पुनरुत्थान पश्‍चात्‌ अमरत्व प्राप्त गर्नु भएको येशू ख्रीष्ट हुनुहुन्छ र उहाँले धार्मिकता र न्यायसित शासन गर्नु हुनेछ।—यशैया ९:६, ७; ३२:१.

तर के मानिसमा भएको असिद्धताले यसलाई बिगार्ने छ, अथवा के निरन्तर पीड़ा, रोग, शोक र मृत्युको यसमा कलङ्‌क लाग्नेछ? यस्तो केही हुने छैन, किनभने यी सबै कुराहरू पनि बिति सकेका हुनेछन्‌। प्रकाश २१:४ मा हामी यो निश्‍चित आशा पाउँछौं: “उहाँले तिनीहरूका आँखाबाट आँसु पुछिदिनु हुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रूवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” वंशानुगत्‌ प्राप्त पाप, येशूले दिनु भएको छुटकाराको बलिदानको आधारमा क्षमा गरिनेछ र मानिस जाति सिद्ध अवस्थामा ल्याइनेछ। (रोमी ६:२३; एफिसी १:७) र मानिस जातिलाई हानि पुर्‌याउन नसक्ने गरी, प्राकृतिक शक्‍तिहरूलाई राम्रोसँग नियन्त्रणमा तिनीहरूको सृष्टिकर्ताले भन्दा अरू कसले राख्न सक्छ र?—भजनसंग्रह १४८:५-८; यशैया ३०:३०.

मानिसहरूले आशा र कल्पनामात्र गर्न सक्ने कुराहरू, परमेश्‍वरले पूरा गर्न सक्नु हुनेछ। तर कहिले? बाइबलका भविष्यवाणीहरू अनुसार, परिवर्तनहरू यस्तो बेलामा आउनेछन्‌ जब राष्ट्रहरू “क्रोधित” भएका हुनेछन्‌ र मानिसहरूले “पृथ्वी . . . नष्ट” गरिरहेका हुनेछन्‌। (प्रकाश ११:१८) पुरानो संसारका आखिरी दिनहरूमा “डर लाग्दो समय” आउनेछ—र फलःस्वरूप हाम्रा वरिपरि अहिले देखा परिरहेका बिग्रँदो अवस्थाहरू हुनेछन्‌। (२ तिमोथी ३:१-५, १३) र येशूले गर्नु भएका अग्रिमवाणी अनुसार, यी सबै कुरा देख्ने पुस्ताले नै परमेश्‍वरका प्रतिज्ञाहरूको पूर्ति देख्नेछन्‌।—मत्ती २४:३-१४, ३२-३४.

बाइबलमा लेखौट भएका ती प्रतिज्ञाहरूको जाँच गर्न समय निकाल्नु होस्‌। किनभने, यो एउटा कुरामा, जानकारी भएका मानिसहरू र परमेश्‍वर दुवै सहमत छन्‌: अर्थात्‌, एउटा नया संसारका लागि यही नै समय हो! (w10/1/90)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने