घोषणा
परिचालक निकायका समितिहरूका लागि सहायता
यहोवाका साक्षीहरूका परिचालक निकायका वर्तमान १२ जना सदस्यहरू विश्वासिलो भएर आफूलाई खटाइएको काम गरिरहेकाछन्। बढ़दो “ठूलो भीड़” बाट पाएको जोड-तोड़को समर्थनका लागि तिनीहरू सधैं कृतज्ञ छन्। (प्रकाश ७:९, १५) विश्वभरि भइरहेको विशाल वृद्धिलाई ध्यानमा राख्दा, परिचालक निकायलाई केही थप मद्दत दिन अब उचित देखिन्छ। यसकारण, परिचालक निकायका प्रत्येक समिति अर्थात् कर्मचारीवर्ग, प्रकाशन, सेवा, शिक्षा र लेखन सम्बन्धी समितिहरूका बैठकहरूमा मदत पुर्याउनका लागि, विशेष गरी ठूलो-भीड़ मध्यबाट निकैनै सहायकहरू निम्ताउने फैसला गरिएको छ। यस प्रकार, यी समितिहरूमा उपस्थित हुनेहरूको सङ्ख्या बढ़ाएर सात वा आठ जना पारिने छ। परिचालक निकायका समिति सदस्यहरूको निर्देशनमा यी सहायकहरूले छलफलहरूमा भाग लिनेछन् र समितिले अह्राएका विभिन्न कार्यहरू कार्यान्वयन गर्नेछन्। यो नयाँ प्रबन्ध मई महिनाको १ तारिक देखिन् लागू हुनेछ।
बितेका निकै वर्ष देखिन्, शेष अभिषिक्त साक्षीहरूको सङ्ख्या घट्दै गएको छ तर ठूलो भीड़को सङ्खया चाहिं हाम्रो सबै भन्दा उच्चाकाङ्क्षालाई माथ गर्ने गरी बढ़ेको छ। (यशैया ६०:२२) यो अद्भुत वृद्धिका लागि हामी यहोवालाई कति धन्यावद चढ़ाउदछौं! यहोवाका साक्षीहरू कहलिने नयाँ नाउँ १९३१ मा कृतज्ञतापूर्वक स्वीकार गरिंदा, राज्य प्रचारकहरूको उपल्लो सङ्खया ३९,३७२ थियो र यिनीहरू मध्य धेरै जसोले ख्रीष्टका अभिषिक्त भाइहरू हुने दाबी गर्द थिए। (यशैया ४३:१०-१२; हिब्रू २:११) साठी वर्ष पछि, १९९१ मा, विश्वभरि, प्रचारकहरूको उपल्लो सङ्ख्या ४,२७८,८२० थियो, जस मध्य शेष अभिषिक्त जनहरू हुने दाबी ८,८५० ले मात्र गरे। शास्त्रमा वर्णन गरिए बमोजिम, आज “ठूलो भीड़” सङ्खयामा “सानो बगाल” भन्दा यति साह्रो बढ़ेर गएको छ कि ठूलो-भीड़का ४८० जना सदस्यहरू बीच, सानो बगालको एक जना मात्र पाइन्छ। (लूका १२:३२; प्रकाश ७:४-९) बढ़दो राजकीय जिम्मेवारीहरूको देखरेख गर्नका लागि शेष अभिषिक्त जनहरूलाई निश्चय नै ठूलो भीड़बाट सहयोग र समर्थन चाहिएको छ र यो समर्थन र सहयोगको तिनीहरू मूल्याङ्कन गर्दछन्।
प्रहरीधरहराको यस अङ्कमा उल्लेख गरिए झैं, आज आत्मिक इस्राएलसित सेवा गरिरहेको एउटा समूह छ जसलाई बेबिलोनको निर्वासनबाट शेष यहूदीहरूसित फर्केर आउने नेथिनिम र सुलेमानका चाकरहरूका सन्तानसँग तुलना गर्न सकिन्छ; यी गैर-यहूदीहरूको सङ्ख्या, फर्केर आउने लेवीहरूको सङ्खया भन्दा ठूलो थियो। (एज्रा २:४०-५८; ८:१५-२०) आजका ठूलो भीड़मध्य “दिइएका जनहरू”, ती परिपक्व मसीही मानिसहरू हुन् जसले आज पृथ्वीभरि स्थापित ६६,००० भन्दा बढ़ी मण्डलीहरूमा शाखा-कार्यालयहरूको देख-रेख गर्ने र परिभ्रमण अध्यक्षका जिम्मेवारीहरू उठाउने काममा निकै नै अनुभव प्राप्त गरेका छन्।
हालसालैमा, अध्यक्षहरू र तिनीहरूका सहायक सेवकहरूलाई प्रशिक्षण दिनका निम्ति विश्वभरि राज्य सेवकाई पाठशालाहरू सञ्चालित गरियो। संयुक्त राज्यमा मात्र ५९,४२० जना अध्यक्षहरू उपस्थित थिए। यस प्रकार यी “प्राचीनहरूले” तिनीहरूका जिम्मावारीहरू अझ राम्रोगरी निभाउने प्रशिक्षण पाए।—१ पत्रुस ५:१-३; एफिसी ४:८, ११ सँग तुलना गर्नु होस्.
यहोवाका साक्षीहरूका ब्रुकलिनमा स्थित मुख्यकार्यालयमा केही “दइएका” जनहरू धेरै वर्ष देखिन् सेवा गर्दै आएका छन्। यिनीहरू मध्य ठूलो भीड़ मध्येका परिपक्व अध्यक्षहरू छन् जसले प्रशस्त मात्रामा योग्यता र अनुभव प्राप्त गरेकाछन्। यसकारण, परिचालक निकायले यस प्रकारका केही अध्यक्षहरूलाई परिचालक निकायका विभिन्न समितिहरूमा सहायता दिनका निम्ति छानेका छन्। यी मानिसहरूले सबै भन्दा लामो समय देखिन् सेवा गरेका न होलान्। तर, यिनीहरू खास क्षेत्रहरूमा सहायता दिने योग्यता भएका परिपक्व र अनुभवी मानिसहरू हुन्। एउटा समिति सित काम गर्न नियुक्त हुँदैमा, तिनीहरूले कुनै विशेष ओहदा पाउँदैनन्। येशूले आफ्नो चेलाहरूको विषयमा भन्नु भए झैं: “तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ।” (मत्ती २३:८) तथापि, यी मानिसहरूको जिम्मामा धेरै कुराहरू सुम्पने छ जसले गर्दा तिनीहरूबाट “धेरै मागिने” पनि छ।—लूका १२:४८.
आज यहोवाको सङ्गठन प्रगति गर्दै गएको देख्दा हामी रमाउँछौं। महान दाऊद, येशू ख्रीष्टबारे गरिएको यस भविष्यवाणी अनुसार क्षेत्रमा सेवा गरिरहेकाहरूको सङ्ख्यामा झन्डै १०० प्रतिशत उन्नति भएको छ: “उहाँको सरकार र शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन।” (यशैया ९:७, किंग जेम्स अनुवाद) यरूशलेमका पर्खालहरूको मरम्मत गर्न जसरी पूजाहारीहरूसित काँधमा काँध मिलाएर नेथिनिमहरूले काम गरे, त्यसरीनै आज यहोवाको सङ्गठन सम्बन्धी यो भविष्यवाणी पूरा भइरहेछ: “परदेशीहरूले तेरा पर्खालहरू बनाउनेछन्।” (यशैया ६०:१०; नहेम्याह ३:२२, २६) यहोवाको विश्वव्यापी सङ्गठन भित्र, “यहोवाका पूजाहारीहरूलाई” सहायता दिन तिनीहरूलाई खटाएको जुन सुकै काम वा सेवा गर्दै, साँचो उपासनालाई बढ़ावा दिन तिनीहरूले प्रकट गेरको उत्साह प्रशंसनीय छ।—यशैया ६१:५, ६. (w 4/15/92)