प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 ७/१ पृ. ४-६
  • किन संसारलाई डरले छोप्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • किन संसारलाई डरले छोप्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍वव्यापी डरको सार्थकता
  • यो संसारले के प्रत्याशा गर्नसक्छ?
  • डरको होइन तर खुशीको समय
  • तपाईंको हृदयलाई यहोवाको भय मान्‍ने बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • यहोवाको डर मान्‍नुहोस्‌ र उहाँको पवित्र नाउँको महिमा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • यहोवाको भयमा आनन्द प्राप्त गर्न सिक्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • अन्तबारे चार वटा प्रश्‍नका जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 ७/१ पृ. ४-६

किन संसारलाई डरले छोप्छ?

डरै डरमा को बाँच्न चाहन्छ होला र? सामान्य अवस्थाका मानिसहरू जीउधनको डरबिना सुरक्षित हुन चाहन्छन्‌। त्यसैकारण अधिकांश मानिसहरू अपराधग्रस्त इलाकाहरूबाट अन्यत्र बसाइँ सर्छन्‌। यद्यपि, डरले तिनीहरूलाई कतै छोड्‌दैन।

आणविक हातहतियार र संयन्त्र दुर्घटना हुन सक्ने खतराले मानिसहरूको मनमा विनाशको डर जगाउँछ। आकाशिंदो अपराधले डर बढाउँछ। एड्‌स रोग यस शताब्दीको सबैभन्दा घातक महामारी बन्‍नेछ भनेर धेरैजना त्रसित छन्‌। त्यस्तैगरि हाम्रो वातावरणको विनाश पनि डरका अन्य कारणहरू मध्ये एक हो। के यी डरहरूको कुनै विशेष अर्थ छ? के हामी डरमुक्‍त संसारमा बाँच्ने आशा गर्नसक्छौं?

विश्‍वव्यापी डरको सार्थकता

बाइबलमा अगमवाणी गरिएका कुराहरूले गर्दा वर्तमान सर्वव्यापी डर सार्थक छ। अन्तिम दिनबारे आफ्नो भविष्यवाणीमा येशू ख्रीष्टले डर जगाउने परिस्थितिहरूको उल्लेख गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ, र ठाउँ ठाउँमा अनिकाल र भैंचालो हुनेछ।” येशूले “अधर्म” बढ्‌नेछ भनेर पनि उल्लेख गर्नुभयो। सन्‌ १९१४ देखि भइरहेको अपूर्व युद्ध, अनिकाल, भैंचालो र अधर्मले गर्दा ठूलो त्रास र जीवनको नाश भइरहेको छ।—मत्ती २४:७-१४.

मानिसहरूको प्रवृत्तिले समेत आज डर बढाइरहेको छ। दोस्रो तिमोथी ३:१-४ मा हामी प्रेरित पावलका यी भविष्यसूचक शब्दहरू पाउँछौं: “आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्‍वासघाती, उत्ताउला, दिमागी, परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने, भक्‍तिको भेष चाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कार गर्ने हुनेछन्‌।” हाम्रो वरपर यस्तै व्यक्‍तिहरू भएकोले निस्सन्देह यी आखिरी दिनमा निकै डर छ!

यो संसारले के प्रत्याशा गर्नसक्छ?

येशूले यस अवधिलाई नूह जीवित छँदा संसारको आखिरी दिनसँग तुलना गर्नुभयो। निस्सन्देह, त्यतिबेला साह्रै डर थियो किनकि बाइबलको ऐतिहासिक विवरणले यसो भन्छ: “परमेश्‍वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले [हिंसा, न्यु व.] भरिएको थियो।” अतः “परमेश्‍वरले नूहलाई भन्‍नुभयो, ‘सबै प्राणीको अन्त्य गर्ने मैले अठोट गरिसकेको छु, किनभने पृथ्वी तिनीहरूद्वारा उपद्रवले [हिंसा, न्यु व.] भरिएको छ।” (उत्पत्ति ६:११, १३) त्यो दुष्ट संसार साह्रै हिंस्रक भएकोले विश्‍वव्यापी जलप्रलयद्वारा परमेश्‍वरले त्यसको अन्त गर्नुभयो। तथापि, धर्मी नूह र तिनका परिवारप्रतिको प्रेमले गर्दा यहोवा परमेश्‍वरले तिनीहरूलाई जोगाउनुभयो।—२ पत्रुस २:५.

तसर्थ, आजको हिंस्रक संसारले के नै आशा गर्न सक्छ र? एउटा कुरा, अरूको हितको कटु उपेक्षा गर्नेलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ। भजनरचयिताको शब्दबाट त्यो प्रष्ट हुन्छ: “परमप्रभुले धर्मात्माको परीक्षा गर्नुहुन्छ, तर दुष्ट र अत्याचार निको मान्‍नेलाई उहाँको आत्माले घृणा गर्छ।” (भजनसंग्रह ११:५) यहोवाले नूहको समयको हिंस्रक संसारको अन्त गर्नुभयो। अतः भयावह हिंसाले पीडित यस संसारलाई पनि परमेश्‍वरले नाश गर्नुहुन्छ भनी के हामी आशा गर्न सक्दैनौं र?

ख्रीष्टको उपस्थितिबारे बोल्न र वर्तमान दुष्ट संसारको विपत्तिबारे भविष्यवाणी गर्न प्रेरित पत्रुसले ईश्‍वरीय प्रेरणा पाएका थिए। तिनले यसरी लेखे: “पहिलेनै यो जान, कि पछि-पछिका दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूका आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्‌, ‘उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनभने पिता-पुर्खाहरू मरेका दिनदेखिनै सृष्टिको शुरूदेखि जस्तैगरी सबै कुरा चलिआएका छन्‌।’” त्यसपछि मानवजातिको असिद्ध शासन व्यवस्था र अधर्मी मानव समाजलाई प्रतिनिधित्व गर्न पत्रुसले क्रमशः “स्वर्ग” र “पृथ्वी” शब्द चलाए। “किनकि” तिनले भने, “परमेश्‍वरका वचनबाट स्वर्गहरू अघिदेखिनै थिए, र पृथ्वीचाहिं पानीबाट र पानीलेनै बनिएको हो भन्‍ने तिनीहरूले जानीबुझीकन पनि बिर्से, यसैबाट त्यस समयको [नूहको] संसार जलमय भएर नष्ट भएको थियो, तर अहिलेको आकाशहरू र पृथ्वीचाहिं त्यही वचनले, भक्‍तिहीन मानिसको इन्साफ र विनाशको दिनसम्म छुट्ट्याई आगोको निम्ति साँचेर राखिएका छन्‌।”—२ पत्रुस ३:३-७.

त्यस्तैगरि, ख्रीष्ट र उहाँका शक्‍तिशाली स्वर्गदूतहरूले “परमेश्‍वरलाई नचिन्‍नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई” बदला लिनुहुनेछ भनी पावलले औंल्याएका थिए। (२ थिस्सलोनिकी १:६-९) बाइबलको अन्तिम पुस्तकले “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लड़ाइँको निम्ति” राष्ट्रहरूलाई जम्मा गरिनेछ भनी बताउँछ र यहोवाले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नुहुनेछ भनी हामीलाई आश्‍वासन दिन्छ।—प्रकाश ११:१८; १६:१४-१६.

डरको होइन तर खुशीको समय

यो संसारबारे बाइबलले अगमवाणी गरेका कुराहरू देखेर त्रसित हुनुको सट्टा धर्मीहरू खुशी हुन सक्छन्‌। यहोवाले चाँडै नै यो दुष्ट संसारको अन्त गर्नुहुनेछ तर त्यो धार्मिकतालाई प्रेम गर्नेहरूको भलाइकै लागि गरिनेछ। वर्तमान रीतिरिवाजको ईश्‍वरीय विनाशपश्‍चात्‌ के हुनेछ? परमेश्‍वरको स्वर्गीय राज्य अधीनस्थ नयाँ रीतिरिवाज, जसका लागि येशूले आफ्ना अनुयायीहरूलाई प्रार्थना गर्न सिकाउनु भएको थियो! उहाँले भन्‍नुभयो: “तर तिमीहरूचाहिं यस किसिमले प्रार्थना गर। ‘हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌। तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।’” (मत्ती ६:९, १०) पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा हुँदा कस्ता परिवर्तनहरूको आशा गर्न सकिन्छ?

युद्ध अनि युद्धको आतंक अन्त भइसकेको हुनेछ। भजनसंग्रह ४६:९ ले यसो भन्छ: “[यहोवा परमेश्‍वरले] पृथ्वीको अन्तसम्मै युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा टुक्रा पार्नुहुन्छ। [युद्धका] रथहरूलाई उहाँले आगोमा जलाइ दिनुहुन्छ।” त्यसपछि “हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।”—मीका ४:४.

घातक रोगहरूको कारण फेरि डराउनु पर्नेछैन र त्यसले मानिसहरूको ज्यान लिनेछैन। यस सम्बन्धमा यस्तो ईश्‍वरीय प्रतिज्ञा गरिएको छ: “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’” (यशैया ३३:२४) कस्तो खुशीको कुरा!

अपराध र हिंसाले गर्दा हुने डर अतितको कुरा हुनेछ। भजनसंग्रह ३७:१०, ११ ले यस्तो प्रतिज्ञा गर्छ: “थोरै बेरपछि, दुष्ट रहनेछैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन। तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।”

साँचो शान्ति र सुरक्षाले कसरी वर्तमान समयको डरलाई प्रतिस्थापन गर्नेछ त? एउटा धार्मिक सरकार अर्थात्‌ परमेश्‍वरको राज्यद्वारा। हाम्रो समयबारे दानियल २:४४ ले यसो भन्छ: “ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” ‘परमेश्‍वरले सारा शत्रुलाई आफ्ना पाउमनि नराखुञ्जेल’ यहोवाको नियुक्‍त राजा, येशू ख्रीष्टले राज्य गर्नैपर्छ। (१ कोरिन्थी १५:२५) आनन्दित मानिसहरूद्वारा प्रमोदवनरूपी पृथ्वीलाई अनन्तकालसम्म आबाद गर्ने परमेश्‍वरको मूल उद्देश्‍यलाई येशूको हजार वर्षीय राज्यले पूरा गर्नेछ।—लूका २३:४३; प्रकाश २०:६; २१:१-५.

त्यस प्रमोदवन पृथ्वीमा एउटा स्वस्थकर डर हुनेछ। त्यो हो “परमप्रभुको [यहोवाको, न्यु व.] भय।” (हितोपदेश १:७) वास्तवमा भन्‍ने हो भने, अहिले पनि हामीमा यो डर हुनुपर्छ। किनभने त्यस किसिमको डर, परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने भय मुछिएको गहिरो श्रद्धा र आदर हो। हामी त्यस्तो भय प्रकट गर्छौं किनभने हामी उहाँको दया र भलाइको मूल्याङ्‌कन गर्छौं। यस किसिमको डर राख्न यहोवामाथि पूर्ण भरोसा र विश्‍वासी भएर उहाँको आज्ञा पालन गर्नु आवश्‍यक छ।—भजनसंग्रह २:११; ११५:११.

भयावह घटनाहरूले हाम्रो समयलाई आखिरी दिनको रूपमा चिह्नित गर्छ। तथापि, परमेश्‍वरप्रति आफ्नो प्रेम देखायौं भने हामी डराउनुको सट्टा आनन्दित हुनसक्छौं। यो संसारको ईश्‍वरीय विनाश हुन अब धेरै समय बाँकि छैन भनेर बाइबलका भविष्यवाणीहरूले देखाउँछ। त्यसपछि प्रतिज्ञा गरिएको यहोवाको धार्मिक नयाँ संसारले त्यसको ठाउँ लिनेछ। (२ पत्रुस ३:१३) निस्सन्देह, राज्य शासनको अधीनमा चाँडै नै अस्वस्थकर डररहित संसार हुनेछ। (w94 7/15)

[पृष्ठ ६-मा भएको चित्र]

येशू ख्रीष्टको राज्य शासन अधीनस्थ संसारलाई फेरि कहिल्यै डरले छोप्नेछैन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने