प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 १/१ पृ. ३-४
  • निष्ठा कायम गर्नुहोस्‌ र बाँच्नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निष्ठा कायम गर्नुहोस्‌ र बाँच्नुहोस्‌!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • सत्यनिष्ठा कायम राख्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • हामी सत्यनिष्ठामा हिंड्‌नेछौं!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • अय्यूबले यहोवाको नाउँ उच्च पारे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “म . . . आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 १/१ पृ. ३-४

निष्ठा कायम गर्नुहोस्‌ र बाँच्नुहोस्‌!

“परमेश्‍वरलाई सरापेर मरे असल हुन्छ।” अय्यूबलाई उक्‍त शब्दहरू प्रहार गर्ने उनकी पत्नी हाम्रो पत्रिकाको आवरण पृष्ठमा चित्रण गरिएकी छिन्‌। त्यो लगभग ३,६०० वर्षअघिको कुरा हो। यद्यपि, परमेश्‍वरको त्यस विश्‍वासी सेवकमाथि गरिएको मौखिक प्रहारले उठाएको विवाद सारा मानवजातिले अहिलेसम्म पनि सामना गरिरहेको छ। विश्‍वासी अय्यूबले आफ्ना वस्तुभाउ, घर, दश छोराछोरीको भयानक क्षतिहरू भोगिसकेका थिए। अहिले अय्यूबको शरीरलाई सताइरहेको संदिग्ध रोगले तिनको धीरजलाई चरम-सीमासम्म परीक्षा गरिरहेको थियो। कारण के थियो? जटिल परीक्षाहरू आइपर्दा मानिस परमेश्‍वरप्रति निष्ठावान रहन सक्दैन भनी परमेश्‍वर र मानिसको प्रमुख शत्रु, शैतान तथा दियाबलले एउटा दाबी साबित गर्न खोजिरहेको थियो।—अय्यूब १:११, १२; २:४, ५, ९, १०.

आज, अय्यूबको दिनमाझैं “सारा संसार त्यस दुष्ट,” शैतान तथा दियाबलको “अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) निस्सन्देह, त्यो कुरा आज झन्‌ बढी सत्य साबित भएको छ किनभने “दियाबल र शैतान भनिने, सारा संसारलाई ठग्ने” स्वर्गबाट पृथ्वीमा फालिएको छ। (प्रकाश १२:९) हाम्रो समयमा मानवजातिले जटिल दुःखहरू भोग्नु परेको कारण यही नै हो। सन्‌ १९१४ मा सुरु भएको प्रथम विश्‍व-युद्ध, ‘कष्टको सुरु’ थियो र त्यो अहिले २०औं शताब्दीसम्म यथावतै छ।—मत्ती २४:७, ८.

यस क्रूर, पतित संसारमा मानव धैर्यले सीमा नाघेको के तपाईंले कहिल्यै महसुस गर्नुभएको छ? ‘जीवनको कुनै उद्देश्‍य छ र?’ भनी के तपाईंले कहिल्यै सोच्नु भएको छ। अय्यूबले त्यस्तै महसुस गरेको हुन सक्छ। तिनले गलतीहरू गरे तापनि परमेश्‍वरमाथि आफ्नो विश्‍वास कहिल्यै गुमाएनन्‌। तिनले आफ्नो सङ्‌कल्प यी शब्दहरूद्वारा व्यक्‍त गरे: “नमरुञ्जेल म निर्दोष छु भन्‍ने मेरो दाबीलाई म छाड़नेछैनँ।” ‘आफ्नो निर्दोषिता’ परमेश्‍वरले ‘जान्‍नुहुनेछ’ भनेर तिनी विश्‍वस्त थिए।—अय्यूब २७:५; ३१:६.

परमेश्‍वरको आफ्नो पुत्र, येशू ख्रीष्टले पनि पृथ्वीमा हुनुहुँदा अनेकन्‌ परीक्षाहरू सहनुपऱ्‍यो। विभिन्‍न तरिकाहरूद्वारा शैतानले येशूलाई आक्रमण गऱ्‍यो। डाँडामा शैतानले येशूको परीक्षा गर्दा त्यसले उहाँका शारीरिक आवश्‍यकताहरूको फाइदा उठाए र परमेश्‍वरको वचनमाथि उहाँको निर्भरतालाई जाँचे। (मत्ती ४:१-११) धर्मत्यागी शास्त्री तथा फरिसीहरू तथा तिनीहरूले फँसाएका व्यक्‍तिहरूद्वारा येशूलाई सताउँदा, ईश्‍वर-निन्दाको दोषारोपण गर्दा र उहाँलाई मार्ने षडयन्त्र रच्दा शैतानले येशूलाई पिरोल्यो। (लूका ५:२१; यूहन्‍ना ५:१६-१८; १०:३६-३९; ११:५७) येशूप्रति तिनीहरूको व्यवहार अय्यूबलाई तीन झूटा सान्त्वनादाताहरूले गरेको व्यवहारभन्दा औधी नराम्रो थियो।—अय्यूब १६:२; १९:१, २.

आफ्ना परीक्षाहरू चरमोत्कर्षमा पुग्दा गेतसमनीको बगैंचामा येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “मेरो प्राण मरणान्त अति शोकित भएको छ।” त्यसपछि “उहाँ अलि अगाड़ि गएर घोप्टो पर्नुभयो, र यसो भनेर प्रार्थना गर्नुभयो, ‘हे मेरा पिता, हुनसक्छ भने, यो कचौरा मबाट हटिजाओस्‌। तरैपनि मेरो इच्छाबमोजिम होइन, तर तपाईंको इच्छा बमोजिम होस्‌।’” अन्तत: शूलीमा चढाइनुहुँदा भजनसंग्रह २२:१ को भविष्यसूचक शब्दहरूको पूर्तिअनुरूप येशू यसरी कराउनुभयो: “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभयो?” तर आखिरमा परमेश्‍वरले येशूलाई त्याग्नुभएन किनभने येशूले उहाँप्रति पूर्ण निष्ठा कायम गर्नुभयो र सबै साँचो मसीहीहरूले अनुकरण गर्नुपर्ने नमुना बसाल्नुभयो। पुनरुत्थानद्वारा स्वर्गमा सबैभन्दा उच्च स्थानमा राख्नुभएर यहोवाले येशूको निष्ठाको प्रतिफल दिनुभयो। (मत्ती २६:३८, ३९; २७:४६; प्रेरित २:३२-३६; ५:३०; १ पत्रुस २:२१) परमेश्‍वरप्रति निष्ठा कायम गर्ने प्रत्येकलाई यहोवाले त्यसरी नै इनाम दिनुहुनेछ।

येशूले कायम गर्नुभएको पूर्ण निष्ठाले शैतानलाई मुखभरिको जवाफ दिनुको साथै उहाँको सिद्ध मानव जीवनको बलिदानले छुटकाराको मोल पनि प्रदान गऱ्‍यो। त्यसैको आधारमा निष्ठा कायम गर्ने मानवहरूले अनन्त जीवन पाउन सक्नेछन्‌। (मत्ती २०:२८) सर्वप्रथम, स्वर्गको राज्यमा उहाँसित साझे-हकवालाहरू हुन येशूले अभिषिक्‍त “सानो बगाल” छान्‍नुहुन्छ। (लूका १२:३२) यसपछि, यस पृथ्वीमा परमेश्‍वरको राज्य अन्तर्गत अनन्त जीवन प्राप्त गर्न “महासङ्‌कष्टबाट” बच्ने “एक ठूलो भीड़” जम्मा गर्नुहुनेछ।—प्रकाश ७:९, १४-१७.

शान्तिमय “नयाँ पृथ्वीको” भाग हुन पुनरुत्थान हुने करोडौंमध्ये निष्ठावान अय्यूब पनि हुनेछ। (२ पत्रुस ३:१३; यूहन्‍ना ५:२८, २९) हाम्रो पत्रिकाको पछिल्लो आवरणमा चित्रण गरिएझैं निष्ठा कायम गर्दा अय्यूबले आशिष्‌ पाए। यहोवाले “अय्यूबको जीवनको आखिरी समयमा शुरुको समयमाभन्दा बढ़ी आशिष दिनुभयो।” “मुखबाट एउटै पापको कुरा” नगर्ने भनी तिनले आध्यात्मिक बल प्राप्त गरेका थिए। परमेश्‍वरले तिनको जीवन १४० वर्ष लम्ब्याउनुभयो। भौतिक तवरमा पनि परमेश्‍वरले अय्यूबलाई पहिलेको भन्दा दोब्बर दिनुभयो र तिनका “सात छोरा र [तीन, न्युव] छोरी भए।” सारा देशमा तिनकी छोरीहरू जत्तिको राम्री अरू कोही थिएनन्‌। (अय्यूब २:१०; ४२:१२-१७) तर यी सबै संवृद्धि त निष्ठावान व्यक्‍तिहरूले “नयाँ पृथ्वीको” प्रमोदवनमा आनन्द उठाउने आशिष्‌हरूको पूर्वाभास मात्रै हुन्‌। त्यो आनन्दमा तपाईं पनि कसरी सहभागी हुन सक्नुहुन्छ भनी आउँदा पृष्ठहरूमा छलफल गरिएको छ।

[पृष्ठ ४-मा भएको चित्र]

निष्ठावान व्यक्‍तिको हैसियतमा येशूले सिद्ध उदाहरण बसाल्नुभयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने