प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ५/१ पृ. ४-७
  • चाँडै, कोही गरिब हुनेछैन!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चाँडै, कोही गरिब हुनेछैन!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • गरिबहरूका लागि मदत
  • गरिबीको सामना गर्ने मदत
  • बल्ल गरिबी हट्यो!
  • येशूको उदाहरण पछ्याउनुहोस्‌ र गरिबहरूलाई चासो देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • गरिबी मुक्‍त संसार नजिकै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • गरिबी स्थायी समाधान पत्ता लगाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • दरिद्रलाई आशाको सन्देश सुनाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ५/१ पृ. ४-७

चाँडै, कोही गरिब हुनेछैन!

“नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ।” (लूका २:१०) येशू जन्मनुभएको रात, बेतलेहम नजीकैका गोठालाहरू उपरोक्‍त उत्थानदायी शब्दहरू सुन्दा आश्‍चर्यचकित भएका थिए। उक्‍त घोषणाअनुरूप येशूले आफ्नो पार्थिव सेवकाईको दौडान “सुसमाचार[माथि]” ठूलो जोड दिनुभयो। तर आज, हाम्रा आवश्‍यकताहरू पूरा गर्न रुपियाँ पैसा नै चाहिने बेला के येशूको सुसमाचारले हामीलाई लाभ पुऱ्‍याउन सक्छ र?

येशू ख्रीष्टले “गरीबहरूलाई सुसमाचार” सुनाउनुभयो। (लूका ४:१८) मत्ती ९:३५ अनुसार, “येशू सब शहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिंदै, र राज्यको सुसमाचारको प्रचार गर्दै . . . हिंड़नुभयो।” उहाँको समाचार विशेषगरि गरिबहरूका निम्ति प्रोत्साहनजनक थियो। “भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले [भरिन्थ्यो]। किनभने तिनीहरू गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” (मत्ती ९:३६) हो, “गरिबहरू ता सधैं तिमीहरूसँग हुन्छन्‌” भनेर येशूले भन्‍नुभएको थियो तर त्यसो भन्दैमा खाँचोमा परेकाहरूको कुनै आशा छैन भन्‍ने अर्थ लगाउनु हुँदैन। (यूहन्‍ना १२:८) कारण जेसुकै होस्‌, यो दुष्ट रीतिरिवाज रहुञ्जेल गरिबहरू हुनेछन्‌। तर परमेश्‍वरको वचनले गरिबीको वास्तविकतालाई बेवास्ता गर्दैन नता त्यसका नकारात्मक पक्षहरूमा मात्र ध्यान केन्द्रित गर्छ। बरु, त्यसले गरिबलाई जीवनका फिक्रीहरूको सामना गर्ने मदत दिन्छ।

गरिबहरूका लागि मदत

एउटा उल्लेखनीय भनाइ छ: “कसैले आफ्नो वास्ता गर्दैन वा कसैले आफूलाई बुझिदिंदैन भनेर थाह पाउनुभन्दा ठूलो बोझ मानिसले सहन सक्दैन।” अधिकांश मानिसहरूमा सहानुभूतिको कमी भए तापनि गरिबहरूको वर्तमान र भविष्य दुवैका लागि सुसमाचार अझै बाँकी छ।

दुःखको कुरा, अधिकांश मानिसहरू गरिबहरूलाई मदत गर्नेतर्फ ज्यादै कम चासो दिन्छन्‌। द वर्ल्ड बूक इनसाइक्लोपीडिया-अनुसार “समाजमा आफ्नो अस्तित्व जोगाउन मानिसहरू प्रतिस्पर्धा गर्छन्‌ र . . . श्रेष्ठ व्यक्‍तिहरू शक्‍तिशाली अनि धनी हुन्छन्‌” भनेर केही मानिसहरू विश्‍वास गर्छन्‌। सामाजिक डार्विनवाद कहलिने यस सिद्धान्तमाथि विश्‍वास राख्ने मानिसले गरिबलाई अल्छी वा उडन्ते सम्झन्छ। यद्यपि, ग्रामीण क्षेत्रका ज्यामी अनि कामको खोजीमा अन्यत्र बसाइँ सर्नेहरूका साथै अन्य मानिसहरू आफ्नो ज्याला कम भए तापनि परिवारको पेट पाल्न जोतिएर काम गर्छन्‌।

थुप्रै मुलुकहरूमा गरिबी सामान्य कुरा हो। यसर्थ, बहुसंख्यक गरिबहरूलाई ग्लानि महसुस गराइंदैन। तापनि, त्यस्ता मुलुकहरूमा गरिबी माझ ठाँटसित जीवन बिताउने मानिसहरू छन्‌। झोपडीहरूले भरिएका ठूला फोहर बस्तीहरू सँगसँगै आरामदायी, भव्य घरहरू हुन्छन्‌। धेरै तलब पाउने पुरुषहरू दरिद्र अनि बेरोजगार मानिसहरूले भरिएको सडकमा आफ्नो महँगो गाडी हाँकेर सर्रर अघि बढ्‌छन्‌। त्यस्ता मुलुकहरूका गरिबहरू आफ्नो दयनीय स्थितिलाई बुझ्छन्‌। वास्तवमा द वर्ल्ड बूक इनसाइक्लोपीडिया-ले भनेझैं “गरिबहरू कम पोषण, असुविधाजनक घर र अपर्याप्त औषधोपचारद्वारा मात्र नभई गरिबीको निरन्तर चिन्ताले समेत पिल्सिएका हुन्छन्‌। राम्रो स्थायी जागिर नपाएकोले तिनीहरू गौरव अनि आत्मसम्मान गुमाउँछन्‌।” त्यसोभए केही मानिसहरू असाध्यै गरिब हुँदा पनि कसरी आफ्नो परिस्थितिको सामना गर्छन्‌ त? गरिबी सहनुसित येशूको सुसमाचारको के सम्बन्ध?

प्रथमतः अविवेकी बानीले गर्दा गरिबी झनै चर्कनसक्छ भनेर नबिर्सनुहोस्‌। निम्न केही उदाहरणहरूलाई विचार गर्नुहोस्‌। आफ्नी पत्नी तथा छोराछोरीको हात मुख जोर्न धौ धौ परेको बेला आफूले अनैतिक जीवनशैली यापन गर्न पैसा उडाएको कुरा वाल्दिसिर मानि लिन्छन्‌। तिनी यसो भन्छन्‌: “म बेरोजगार थिइनँ तैपनि मेरो खल्तीमा फुट्टीकौडी हुँदैन थियो तर किसिम-किसिमका चिट्ठाहरू किन्‍न भने म जहाँबाट भए पनि पैसा निकाल्थें।” अत्यधिक मात्रामा रक्सी चुरोट पिउने बानीले गर्दा मिल्टनले २३ जना कामदारहरू भएको आफ्नो व्यापार गुमाउनुपऱ्‍यो। तिनी यसो भन्छन्‌: “घर जान नसकेर म सडकमै रातहरू बिताउँथें र मैले गर्दा मेरो परिवारले साह्रै दुःख पायो।”

जाऊनले पनि आफ्नो तलब कुलतमा उडाए। “म रातभरि घरबाहिर हुन्थें। मेरो कमाइले कुलतमा लाग्न र परस्त्रीसम्बन्ध राख्न पुग्दैन थियो। परिस्थिति झनै असह्‍य भयो र मेरी पत्नी मसँग सम्बन्ध विच्छेद गर्न चाहन्थी।” आर्थिक र वैवाहिक समस्याहरूबाहेक तिनका अरू समस्याहरू पनि थिए। तिनी यसो भन्छन्‌: “मेरै कारण नातेदार अनि छिमेकीहरूसित मेरो अमेल भयो र विशेषगरि काम गर्ने ठाउँमा कुनै न कुनै समस्या उब्जिरहन्थ्यो। फलस्वरूप म सधैं बेरोजगार हुन्थें।” त्यस्तैगरि जुलियो दुर्व्यसनी थिए। तथापि, तिनी यसो भन्छन्‌: “मेरो तलब लागू पदार्थ किन्‍न कहिल्यै पुग्दैन थियो। त्यसैकारण लागू पदार्थ किन्‍न नपरोस्‌ भनेर आफैले लागू पदार्थको व्यापार गर्न थालें।”

आठ जना केटा-केटीहरू भएको गरिब परिवारमा हुर्केको जोस, आफ्नो निम्ति केही चाहन्थे। आफ्नो कुनै नोक्सानी नहुने देखेर अरू जवानहरूसँगको मिलेमतोमा तिनले मानिसहरूलाई लुट्‌न थाले। निराश भएर अर्को एक जना केटा हेडब्यान्गर नाउँ गरेको टोलीको सदस्य बने। तिनी यसो भन्छन्‌: “हामीमध्ये धेरैजसो साह्रै गरिब भएकोले तोडफोड गर्दा र मानिसहरूलाई आक्रमण गर्दा केही सन्तुष्टि मिल्थ्यो।”

यद्यपि, आज यी मानिसहरू र यिनीहरूका परिवारहरूले ठूलो अभाव वा कटु भावना र आक्रोश महसुस गर्दैनन्‌। तिनीहरू अब निस्सहाय अथवा निराश छैनन्‌। तर किन? किनभने तिनीहरूले येशूले प्रचार गर्नुभएको सुसमाचार अध्ययन गरे। तिनीहरूले बाइबलको सल्लाह पालन गरे र यहोवाका साक्षीहरूको मण्डलीहरूमा त्यस्तै मनोवृत्ति हुने मानिसहरूसित संगत गरे। तिनीहरूले धन सम्पत्ति र गरिबीबारे सबैभन्दा महत्त्वपूर्ण कुराहरू सिके।

गरिबीको सामना गर्ने मदत

प्रथमतः बाइबलका सिद्धान्तहरू पालन गर्दा गरिबीका खराब असरहरू कम हुँदा रहेछन्‌ भनी तिनीहरूले सिके। बाइबलले अनैतिकता, मतवालापन, जुवा र लागू पदार्थको दुरुपयोग गलत कामहरू हुन्‌ भनी बताउँछ। (१ कोरिन्थी ६:९, १०) त्यस्ता कुलतहरू असाध्यै महँगा हुन्छन्‌। त्यसले धनीलाई गरिब र गरिबलाई झनै गरिब बनाउनसक्छ। यीलगायत अन्य कुलतहरू त्याग्दा परिवारको आर्थिक अवस्था सुधार्न निकै टेवा पुग्छ।

दोस्रो, जीवनमा धनभन्दा महत्त्वपूर्ण कुराहरू छन्‌ भनेर तिनीहरूले थाह पाए। यी प्रेरित वचनहरूमा एउटा सन्तुलित दृष्टिकोण व्यक्‍त गरिएको छ: “पैसाले जस्तै बुद्धिले पनि सुरक्षा प्रदान गर्छ तर बुद्धिको फाइदा के छ भने, त्यसलाई पाउनेजतिले जीवन पाउँछन्‌।” (उपदेशक ७:१२ न्युव) हो, रुपियाँ पैसा आवश्‍यक छ। तर परमेश्‍वरका उद्देश्‍यहरूसित सम्बन्धित बाइबलमा आधारित बुद्धि र ज्ञान त्योभन्दा धेरै लाभकारी छन्‌। निस्सन्देह, बुद्धि नहुनेसित प्रशस्त पैसा हुनु पनि रुपियाँ पैसा नहुनु जतिकै बोझलाग्दो हुनसक्छ। त्यसैकारण बाइबलका लेखकले बुद्धिमानीपूर्वक यसरी प्रार्थना गरे: “मलाई नता दरिद्र बनाउनुहोस्‌, न मलाई धन दिनुहोस्‌। मलाई चाँहिदो भोजन मात्र जुटाइ दिनुहोस्‌। किनभने मसित धेरै भयो भने म तपाईंलाई इन्कार गरूँला, र यसो भनूँला, ‘परमप्रभु को हो र?’ यदि म दरिद्र भएँ भने, म चोर्न लागूँला, र परमेश्‍वरको नाउँमा कलंक लगाउँला।”—हितोपदेश ३०:८, ९.

तेस्रो, येशूले प्रचार गर्नुभएको सुसमाचारअनुरूप जीवन बिताउँदा त्यागिएको महसुस कहिल्यै गर्नुपर्ने रहेनछ भनेर पनि तिनीहरूले थाह पाए। यो सुसमाचार परमेश्‍वरको राज्यसँग सम्बन्धित छ। यो समाचारलाई “राज्यको सुसमाचार” भनी नाउँ दिइएको छ र आज सारा पृथ्वीभरि त्यसको प्रचार हुँदैछ। (मत्ती २४:१४) त्यो राज्यमा आशा राख्यौं भने हामीले सहारा पाउनेछौं भनी येशूले हामीलाई भन्‍नुभयो। उहाँले यसो भन्‍नुभयो: “पहिले उहाँको राज्य र उहाँको [परमेश्‍वरको] धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।” (मत्ती ६:३३) परमेश्‍वरले शानदार गाडी वा हर सुख-सुविधायुक्‍त घर दिने प्रतिज्ञा गर्नुहुन्‍न। खाना, लुगाफाटाजस्ता जीवनका आधारभूत आवश्‍यकताहरूबारे येशूले बताउँदै हुनुहुन्थ्यो। (मत्ती ६:३१) तर येशूको यो प्रतिज्ञा भरपर्दो छ भनेर आज लाखौं मानिसहरूले पुष्टि दिनसक्छन्‌। कुनै मानिस असाध्यै गरिब भए तापनि राज्यलाई प्रथम स्थानमा राख्छ भने ऊ पूर्णतया निस्सहाय हुँदैन।

चौथो, परमेश्‍वरको राज्यलाई प्रथम स्थानमा राख्ने मानिस आर्थिक कठिनाइले गर्दा कटु अनुभव गर्दैन भनेर तिनीहरूले देखे। हो, गरिब मानिसले कडा मेहनत गर्नुपर्छ। तर उसले परमेश्‍वरको सेवा गर्छ भने आफ्नो सृष्टिकर्तासँग उसको अमूल्य सम्बन्ध स्थापित भएको हुनेछ, जसबारे बाइबलले यसो भन्छ: “उहाँले दुःखीको दुःखलाई तुच्छ गर्नुभएको र घिनाउनुभएको छैन। उहाँले आफ्नो मुहार त्यसबाट लुकाउनुभएको छैन।” (भजन २२:२४) यसबाहेक गरिब मानिसले जीवनका समस्याहरूसँग लड्‌ने मदत पाउँछ। संगी मसीहीहरूसँग उसले न्यानो संगतको आनन्द उठाउँछ। उसित यहोवाको प्रकटित इच्छाको ज्ञान अनि त्यसमाथि भरोसा हुन्छ। यी कुराहरू “सुनभन्दा औ ज्यादै निखुर सुनभन्दा पनि मनपर्ने हुन्छन्‌।”—भजन १९:१०.

बल्ल गरिबी हट्यो!

अन्तमा, सुसमाचार पालन गर्ने मानिसहरूले के सिक्छन्‌ भने, परमेश्‍वरले आफ्नो राज्यद्वारा गरिबीको समस्यालाई सदाका लागि निर्मूल गर्ने उद्देश्‍य राख्नुभएको छ। बाइबलले यस्तो प्रतिज्ञा गर्छ: “उहाँले दरिद्रहरूलाई सधैंभरि बिर्सनुहुनेछैन। नम्रहरूको आशा सदाको निम्ति नष्ट हुनेछैन।” (भजन ९:१८) यो राज्य स्वर्गमा स्थापित वास्तविक सरकार हो र यसको शासक येशू ख्रीष्ट हुनुहुन्छ। चाँडै, यो राज्यले मानव सरकारहरूको ठाउँ लिनेछ र मानिसहरूमाथि शासन सुरु गर्नेछ। (दानियल २:४४) त्यसपछि, सिंहासनारूढ राजा येशूले “कमजोर र दरिद्रलाई . . . टिठाउनेछ, र दरिद्रहरूको प्राण . . . जोगाउनेछ। अत्याचार र थिचोमिचोबाट . . . तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ। र उसको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य हुनेछ।”—भजन ७२:१३, १४.

त्यस समयको आशा गर्दै मीका ४:३, ४ ले यसो भन्छ: “हरेक मानिस आफ्नो आफ्नो दाख र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन, किनभने सेनाहरूका परमप्रभुको मुखलेनै यो कुरा भनेको छ।” यहाँ कसबारे भनिंदैछ? निस्सन्देह परमेश्‍वरको राज्यको अधीनमा बस्ने जति सबैबारे। त्यो राज्यले मानवजातिलाई सताउने सबै समस्याहरूलगायत रोग र मृत्युलाई समेत निर्मूल गर्नेछ। “उहाँले मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्‍वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।” (यशैया २५:८; ३३:२४) साँच्चै, त्यो संसार कति भिन्‍न हुनेछ! अनि यी प्रतिज्ञाहरूमा हामी पूर्णतया भरोसा राख्न सक्छौं भनेर पनि नबिर्सनुहोस्‌। किनकि ती सबै स्वयम्‌ परमेश्‍वरद्वारा प्रेरित छन्‌। उहाँ यसो भन्‍नुहुन्छ: “मेरो प्रजा चाहिं शान्त डेरा, सुरक्षित बासहरू र शान्तमय विश्रामका ठाउँहरूमा बस्नेछन्‌।”—यशैया ३२:१८.

परमेश्‍वरको राज्यमा भरोसा राख्नाले प्रायः गरिबीको कारण उत्पन्‍न हुने आत्म-सम्मानको कमी हटाउन सकिन्छ। परमेश्‍वरको नजरमा धनी र गरिब मसीहीको बराबर महत्त्व छ भनेर गरिब मसीहीलाई थाह छ। परमेश्‍वरले धनी-गरिब दुवैलाई बराबर प्रेम गर्नुहुन्छ र दुवैको आशा एउटै छ। परमेश्‍वरको राज्यमा गरिबी सदाको निम्ति निर्मूल भएको हेर्न दुवै थरीका व्यक्‍तिहरू उत्सुक छन्‌। साँच्चै त्यो कति महिमित समय हुनेछ! बल्ल, अब भने कोही गरिब हुनेछैन!

[पृष्ठ ५-मा भएको चित्र]

जुवा, धूम्रपान, बढ्‌ता पिउने, लागू पदार्थको दुरुपयोग अथवा अनैतिक जीवनशैलीमा किन आफ्नो सम्पत्ति खेर फाल्ने?

[पृष्ठ ७-मा भएको चित्र]

यहोवा परमेश्‍वरले आफ्नो राज्यद्वारा मानव गरिबीको समस्यालाई निर्मूल पार्नुहुनेछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने