प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ७/१ पृ. २५
  • “बजारमा . . . दिनहुँ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “बजारमा . . . दिनहुँ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको करुणा र हेरचाह अनुभव गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • बाइबल प्रकाशनहरू सदुपयोग गरौं
    हाम्रो राज्य सेवकाई—२००५
  • के तपाईं हाम्रा प्रकाशनहरूको मोल गर्नु हुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९२
  • बहुभाषी इलाकामा साहित्य प्रस्तुत गर्ने
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ७/१ पृ. २५

राज्य उद्‌घोषकहरूका रिपोर्ट

“बजारमा . . . दिनहुँ”

प्रेरित पावलले हर अवसरमा राज्य सन्देश सुनाए। योग्य व्यक्‍तिहरू खोज्न तिनले “सभाघरमा, यहूदीहरू . . . र बजारमा तिनीसँग भेट गर्ने जतिसँग दिनहुँ” बहस गर्थे।—प्रेरित १७:१७.

यस्तो जोस सा.यु. प्रथम शताब्दीदेखि नै यहोवाका साँचो उपासकहरूको चिनारी भएको छ। (मत्ती २८:१९, २०) त्यसरी नै आज यहोवाका साक्षीहरू नम्र हृदय भएकाहरूलाई सत्यको सही ज्ञान जोसका साथ सिकाउन बेग्लाबेग्लै तरिका अपनाउँछन्‌। (१ तिमोथी २:३, ४) यस कुरालाई अस्ट्रेलियाबाट प्राप्त निम्न अनुभवले प्रस्ट पार्छ।

सिड र हेरल्ड हप्ताको पाँच दिन सिड्‌नी रेलवे स्टेसनको आसपासमा बाइबल साहित्यको सानो प्रदर्शन पालैपालो गर्छन्‌। यसरी तिनीहरूले लगभग पाँच वर्षअघिदेखि परमेश्‍वरको राज्यको सुसमाचार सुनाइरहेका छन्‌। अहिले ९५ वर्ष पुगेका सिड बताउँछन्‌: “८७ मा टेकेपछि गाडी हाँक्न नसक्ने भएँ। रमाइलो लागिरहेको जन साक्षीकार्य त्यसरी गर्न नपाउँदा खल्लो लाग्यो। एक दिन, पर्यटकहरूको निकै चहलपहल हुने कटुम्बास्थित इको प्वाइन्ट छेउछाउको इलाकामा एक जना चित्रकारले भूदृश्‍यहरूको चित्र बेचिरहेको देखें। ती चित्रहरू गौर गरेर हेरें र मनमनै सोचें, ‘मेरो ब्यागभित्र तीभन्दा राम्रा र सस्ता चित्रहरू छन्‌!’ त्यसैले, प्रकाशन प्रदर्शन गर्न एउटा सानो स्ट्याण्ड बनाउने अनि पर्यटकहरू धेरै आवतजावत गर्ने ठाउँमा राख्ने र यहोवाका साक्षीहरूद्वारा वितरण गरिने सुन्दर चित्रहरूले सजिसजाउ बाइबल साहित्य बटुवाहरूलाई प्रस्तुत गर्ने अठोट गरें।

“आजभन्दा चार वर्षअघि त्यो स्ट्याण्डलाई सिड्‌नीमा सारें र त्यहीं नै हेरल्डले मलाई साथ दिन थाले। हामी पालैपालो त्यो स्ट्याण्ड कुर्थ्यौं र स्थानीय मण्डलीहरूसित कार्य गर्थ्यौं।” हाल ८३ वर्षीय हेरल्ड भन्छन्‌: “सोमबारदेखि शुक्रबारसम्म एकदमै कम मानिसहरू घरमा भेटिन्छन्‌। तसर्थ, यस तरिकामा राज्य सन्देश सुनाउँदा मानिसहरू जहाँ छन्‌, त्यहीं हामी पुगिरहेका हुन्छौं। स्वाभाविकतः हामी राम्रा परिणामहरू हात पार्छौं। यस देशमा हाम्रो साहित्य प्रस्तुति एकदमै उल्लेखनीय भएको छ।”

“वर्षौंको दौडान हामी चार वा पाँच विभिन्‍न ठाउँहरूमा सरिसकेका भए तापनि मानिसहरूले चाँडै हामीबारे सबै कुरा थाह पाइहाल्छन्‌। केही मानिसहरू हामीकहाँ साहित्य लिन आउँछन्‌। कतिपयले प्रश्‍नहरू सोध्छन्‌। अनि कोही कोही चाहिं केही क्षण कुरा गर्न मात्र चाहन्छन्‌। यसरी मात्र म पुनःभेट गर्नसक्छु,” भन्दै सिड खिसिक्क हाँस्छन्‌।

हेरल्ड फेरि भन्छन्‌, “थुप्रै मानिसहरू बाइबलमा साँच्चै चासो राख्छन्‌। हामीले प्रस्तुत गरेको प्रकाशन र सोधिएका प्रश्‍नहरूको बाइबल आधारित जवाफको परिणामस्वरूप एक महिनामा चार जनाले साक्षीहरूसित बाइबल अध्ययन थाले। यस्ता अनुभवहरू सुन्दा हामी साह्रै प्रोत्साहित हुन्छौं।”

सिड र हेरल्ड अनि प्रेरित पावलजस्तै यहोवाका साक्षीहरू महत्त्वपूर्ण सन्देश चारैतिर सुनाउन यथासम्भव हर उपाय गर्छन्‌। त्यसरी, “सुसमाचार सारा संसारमा सब जातिहरूलाई” निरन्तर प्रचार गरिन्छ।—मत्ती २४:१४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने