प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 १/१५ पृ. ८
  • दानियलको पुस्तक प्रस्ट पारियो!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दानियलको पुस्तक प्रस्ट पारियो!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • मिल्दोजुल्दो सामग्री
  • दानियलको पुस्तक र तपाईं
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • यहोवाले दानियललाई अद्‌भुत इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • जाँचिएको—तर यहोवाप्रति वफादार!
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • परमेश्‍वरको स्वर्गदूतबाट बल पाए
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 १/१५ पृ. ८

दानियलको पुस्तक प्रस्ट पारियो!

अधिवेशनमा उपस्थित सबै जना भर्खरै विमोचन भएको दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌! नामक ३२० पृष्ठे पुस्तक पाउन उत्सुक थिए। तिनीहरूलाई त्यो पुस्तक कस्तो लाग्यो? कसै कसैले के भने, सुन्‍नुहोस्‌।

“अरू थुप्रै किशोरकिशोरीहरू जस्तै मलाई पनि प्राचीन इतिहास पढ्‌न रमाइलो लाग्दैन। यसकारण, दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌! पुस्तक पाउँदा मलाई पढ्‌न त्यत्ति चासो लागेको त थिएन। तैपनि एक चोटि पढिहालौं जस्तो लाग्यो। ओहो, किताब नपढेको भए त बरबादै हुने रहेछ! मैले आजसम्म पढेको पुस्तकहरूमध्ये यो सबैभन्दा राम्रो छ। एक चोटि पढ्‌न थालेपछि बन्द गर्नै सकिनँ! हजारौं वर्षअघिका विवरणहरू पढ्‌दैछु जस्तो मलाई पटक्कै लागेन। दानियलले सामना गरेका परिस्थिति कस्तो थियो होला भनेर मैले सोच्न सकें, यसअघि त मैले कल्पना समेत गर्न सकेकी थिइनँ। आफ्नो परिवारबाट अलग्गै पारेर विदेशी भूमिमा बारम्बार आफ्नो निष्ठाको जाँच हुँदा कस्तो हुन्छ भनेर म अब कल्पना गर्नसक्छु। यस पुस्तकको लागि धेरै धेरै धन्यवाद।”— आन्या।

“आफ्ना जनहरूलाई असर गर्ने कुराहरू पूर्णतया यहोवाको नियन्त्रणमा छ भन्‍ने सुस्पष्ट सन्देशले मलाई निक्कै मदत गऱ्‍यो। दानियलको दर्शन तथा सपनाहरू अनि तिनले अर्थ खुलाएका अरूको सपनाहरूबाट परमेश्‍वरले आफ्नो उद्देश्‍यअनुरूप कामकुरा गर्नुहुन्छ भनेर स्पष्ट हुन्छ। उहाँले बनाउनुहुने नयाँ संसारबारे बाइबलमा पाइने भविष्यसूचक दृश्‍यमाथि हाम्रो आशालाई यसले अझ बलियो बनाउँछ।”— चेस्टर।

“तपाईंहरूले दानियललाई यसप्रकारले जीवन्त बनाउनुभएको मलाई असाध्यै मन पऱ्‍यो। तिनको के कस्ता चिन्ता र चासो रहेछन्‌ भनी राम्ररी बताउनुभएको हुँदा तिनलाई अझ राम्ररी चिन्‍न सकें। यहोवाले तिनलाई योग्य ठान्‍नुभएको कारण मैले अब आएर राम्ररी बुझ्न सकें। तिनले परीक्षा र सतावट भोग्दा आफ्नै विषयमा मात्र चिन्तित थिएनन्‌। तिनको चासोको प्रमुख विषय यहोवा र उहाँको महान्‌ नाउँ थियो। यी बुँदाहरू प्रस्ट पार्नुभएकोमा धन्यवाद।”— जोइ।

“हामीले खोजेको पुस्तक यही हो! दानियलको पुस्तकले हाम्रो जीवनमा पनि यत्ति बिघ्न असर गर्छ भनेर यसअघि कहिल्यै थाह थिएन। मैले पाएकै बेलुकी यो नयाँ पुस्तकको धेरैजसो भाग पढेपछि बीचैमै रोकेर यहोवालाई प्रार्थना गरेर धन्यवाद नचढाई बस्नै सकिनँ।”— मार्क।

“हाम्रा छोराछोरीमाथि यसले यस्तो असर पार्ला भनेर हामीले सोचेकै थिएनौं। तिनीहरू पाँच र तीन वर्ष पुगे। . . . तिनीहरूलाई बाइबलका कथाहरू भएको मेरो पुस्तक-मा दानियल, हनन्याह, मीशाएल र अजर्याहका कथाहरू असाध्यै मन पर्थ्यो। तर दानियलको भविष्यवाणी पुस्तकको प्रस्तुतिले तिनीहरूलाई यत्तिको प्रभावित गर्ला भनेर हामीले आशै गरेका थिएनौं। त्यस्तो सानो उमेरमा पनि तिनीहरूले ती जवान धार्मिक पुरुषहरूले जस्तै महसुस गर्न सकेजस्तो छ। हाम्रा छोराछोरीको निम्ति कस्तो राम्रो आदर्श नमुनाहरू! तपाईंहरूले हामीलाई असाध्यै उपयोगी औजार दिनुभएको छ! धेरै धेरै धन्यवाद!”— बेथेल।

“ती जवान हिब्रू केटाहरूको विश्‍वासको जाँच हुँदा म पनि तिनीहरूसँगै थिएँ जस्तै लाग्यो। अनि त्यसले मलाई आफ्नै विश्‍वास जाँच्न प्रोत्साहन दियो। “तपाईंले के बुझ्नुभयो?” शीर्षक भएको पुनरावलोकन पेटीले त्यस अध्यायको विषयवस्तु मनमा ठप्प बसाल्छ। अझ अर्को यस्तो उत्कृष्ट पुस्तकको प्रबन्ध गर्नुभएकोमा फेरि एक पटक धन्यवाद छ।”— लिडिया।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने