प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ९/१५ पृ. ३
  • “सन्तहरूप्रति” वर्तमान आकर्षण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सन्तहरूप्रति” वर्तमान आकर्षण
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मिल्दोजुल्दो सामग्री
  • साँचो सन्तहरूले कसरी तपाईंलाई मदत गर्न सक्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • “परमेश्‍वरको मन्दिर” र युनानी मूर्तिहरूबीच सम्झौता?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • के मैले सन्तहरूलाई प्रार्थना गर्नुपर्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • पत्रिकाहरूबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ९/१५ पृ. ३

“सन्तहरूप्रति” वर्तमान आकर्षण

“पहिला-पहिला आदर्शवान्‌ व्यक्‍तिहरूको नाउँ सुन्दा हामीलाई कति झर्को लाग्थ्यो के तपाईं सम्झन सक्नुहुन्छ? तर सेप्टेम्बर १३ मा मदर टेरेसाको अन्त्येष्टि हेरिरहेका ४२ लाख अमेरिकीहरूलाई पटक्कै यस्तो लागेन। सेप्टेम्बर ५ मा तिनको मृत्यु भएदेखि तिनलाई औपचारिक रूपमा सन्त घोषणा गरियोस्‌ भन्‍ने अनुरोधको भ्याटिकनमा ओइरो नै लागेको छ। अनि तिनलाई सन्त घोषणा गरिनेछ भन्‍ने कुरामा अधिकांश मानिसहरू विश्‍वस्त छन्‌।”—सन-सेन्टिनेल, संयुक्‍त राज्य अमेरिका, अक्टोबर ३, १९९७.

क्याथोलिक मिसनरी मदर टेरेसाका मानवतावादी र परोपकारी कामहरूलाई धेरै व्यक्‍तिहरूले साँचो सन्तमा हुनुपर्ने अपरिहार्य गुणको रूपमा हेर्छन्‌। अरू धर्महरूमा पनि प्रसिद्ध आदर्श व्यक्‍तिहरू पाइन्छन्‌। तथापि, रोमन क्याथोलिक चर्चले जति धेरै व्यक्‍तिहरूलाई अरू कुनै पनि धर्मले सन्त घोषणा गरेको छैन होला।

पोप जोन पल द्वितीयले आफ्नो कार्यकालमा लगभग ४५० भन्दा बढी व्यक्‍तिहरूलाई सन्त घोषणा गरेका छन्‌ अनि यो संख्या २० औं शताब्दीका अरू सबै पोपहरूले सन्त घोषणा गरेका व्यक्‍तिहरूको कुल संख्याभन्दा पनि बढी हो।a साधारणतया क्याथोलिकहरूले राम्रोसँग चिन्दै नचिनेका “सन्तहरूप्रति” किन यस्तो चिरस्थायी भक्‍ति देखिएको होला?

नोट्रे डाम विश्‍वविद्यालयका धर्मविद्‌ लोरेन्स कन्‍निङहाम यसो भन्छन्‌: “संसारमा पवित्र हुनुपर्ने धारणाबारे मानिसहरू सजग छन्‌। सन्तहरूले आज पनि आदर्श जीवन बिताउन सकिन्छ भन्‍ने कुरा देखाउँछन्‌।” साथै परमेश्‍वरसँग “सन्तहरूको” विशेष सम्बन्ध हुन्छ अनि तिनीहरूले जीवित व्यक्‍तिहरूको लागि मध्यस्थको काम गरिदिन सक्छन्‌ भन्‍ने सोचाइ पनि राखिन्छ। “सन्तको” अवशेष वा अस्तुबाट शक्‍ति प्रवाहित हुन्छ भन्‍ने विश्‍वास राखेर यी वस्तुहरूलाई श्रद्धा गरिन्छ।

क्याथोलिक सिद्धान्तको अझ पुष्टि दिनको लागि १६ औं शताब्दीमा प्रकाशित काउन्सिल अफ ट्रेन्टको धर्मसिद्धान्तले यसो भन्यो: “ ‘प्रभुमा सुतेका’ सन्तहरूको श्रद्धा गर्दा, मध्यस्थको रूपमा काम गरिदिन आह्वान गर्दा र तिनीहरूको अवशेषहरू वा अस्तुको श्रद्धा गर्दा यसले परमेश्‍वरको महिमा घटाउनुको सट्टा झनै बढाउँछ भन्‍ने निष्कर्षमा पुग्नु एकदमै उचित छ किनभने यसले मसीहीको आशा सजीव तथा दृढ बनाउँछ र उसलाई सन्तहरूको जस्तै गुण अनुकरण गर्न उत्प्रेरित गर्छ।” (द क्याटेकिज्म अफ द काउन्सिल अफ ट्रेन्ट, १९०५) ठीक तरिकामा परमेश्‍वरको नजिक हुन र उहाँको मदत पाउन मसीहीहरू पक्कै पनि सद्‌गुणी जीवन बिताउने इच्छा गर्छन्‌। (याकूब ४:७, ८) त्यसकारण, परमेश्‍वरको वचनअनुसार साँचो सन्तहरू को हुन्‌? अनि तिनीहरूले कस्तो भूमिका निर्वाह गर्छन्‌?

[फुटनोट]

a सन्त घोषणा गर्दा उक्‍त मृतक रोमन क्याथोलिक विश्‍वव्यापी तवरमा श्रद्धाको योग्य छन्‌ भनेर औपचारिक रूपमा स्वीकारिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने