प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ७/१ पृ. २०
  • “यसले मेरो हृदयको शून्यता पुरिदियो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यसले मेरो हृदयको शून्यता पुरिदियो”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ पुस्तकका केही विशेषताहरू
  • किन प्रकाशित गरियो?
  • ड्र क्लोज टु जेहोभा अध्ययनबाट लाभ उठाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००४
  • के तपाईँ साँच्चै “परमेश्‍वरसित नजिक” हुन सक्नुहुन्छ?
    यहोवासित नजिक हुनुहोस्‌
  • सभामा नियमित उपस्थिति —दृढ हुन अत्यावश्‍यक
    हाम्रो राज्य सेवकाई—१९९५
  • यहोवाका कार्यहरूलाई सम्झनु धेरै नै लाभदायक हुन्छ!
    हाम्रो राज्य सेवकाई—१९९४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ७/१ पृ. २०

“यसले मेरो हृदयको शून्यता पुरिदियो”

“ड्र क्लोज टु जेहोभा भन्‍ने सुन्दर उपहारको लागि म तपाईंहरूलाई भित्री हृदयदेखि धन्यवाद दिन चाहन्छु। यसले मेरो हृदयको शून्यता पुरिदियो—यहोवाद्वारा माया र कदर गरिएको महसुस गर्ने चाहना पूरा गरिदियो। अहिले म यहोवा र उहाँको प्रिय पुत्रसित अझ नजिक भएको महसुस गर्छु। म यस पुस्तकबारे सबैलाई बताउन अनि मेरा सबै प्रियजनहरूलाई एक-एक प्रति दिन चाहन्छु।” सन्‌ २००२/०३ को दौडान आयोजना गरिएको “परमेश्‍वरको राज्यका जोसिला उद्‌घोषकहरू” जिल्ला अधिवेशनमा विमोचित ३२०-पृष्ठे नयाँ पुस्तकबारे एक जना यहोवाको साक्षीले यस्तो महसुस गरिन्‌। आउनुहोस्‌, यो नयाँ पुस्तकका केही विशेषताहरू र यो प्रकाशित हुनुको कारण केलाऔं।

नयाँ पुस्तकका केही विशेषताहरू

यो नयाँ पुस्तकमा के छ? यस अंकका दुईवटा अध्ययन लेखमा प्रस्तुत गरिएका कुराहरू र अन्य थुप्रै जानकारी छन्‌! यो पुस्तकमा ३१ वटा अध्याय छन्‌। अनि प्रत्येक अध्याय प्रहरीधरहरा अध्ययन लेख जति लामो छ। प्राक्कथन तथा सुरुका तीनवटा अध्यायपछि यो पुस्तक चार भागमा छुट्याइएको छ र हरेक भाग यहोवाको एउटा प्रमुख गुणमा केन्द्रित छ। हरेक भागको सुरुमा यो गुणबारे सरसरती बताइएको छ। त्यसपछिका अध्यायहरूमा यहोवाले त्यो गुण कसरी प्रकट गर्नुहुन्छ भनी छलफल गरिएको छ। हरेक भागमा येशूबारे बताउने एउटा अध्याय छ। किन? येशूले यसो भन्‍नुभयो: “जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ।” (यूहन्‍ना १४:९) यहोवालाई एकदमै सही ढंगमा प्रतिबिम्बित गरेर येशूले परमेश्‍वरका गुणहरूको ज्वलन्त उदाहरण प्रदान गर्नुहुन्छ। हरेक भागको अन्तिम अध्यायले उक्‍त छलफल गरिएको बुँदा देखाउन कसरी यहोवाको अनुकरण गर्ने भनी सिकाउँछ। यहोवाका गुणहरू छलफल गर्दा यस नयाँ पुस्तकले बाइबलका सबै पुस्तकहरूको उल्लेख गर्छ।

ड्र क्लोज टु जेहोभा पुस्तकका केही विशेष पक्षहरू पनि छन्‌। अध्याय २ देखि हरेक अध्यायमा “मननका लागि प्रश्‍नहरू” भन्‍ने पेटी छ। यसमा दिइएका शास्त्रपद तथा प्रश्‍नहरू अध्यायको पुनरावलोकनको लागि होइनन्‌। बरु, उक्‍त विषयमा गहिरो मनन गर्न बाइबल प्रयोग गर्ने मदत दिन तयार पारिएका हुन्‌। तपाईंहरूलाई धर्मशास्त्रबाट लिइएको हरेक अंश ध्यान दिएर पढ्‌ने सुझाव दिइन्छ। त्यसपछि प्रश्‍नमाथि विचार गरेर व्यक्‍तिगत जीवनमा कसरी लागू गर्न सकिन्छ भनी बुझ्ने प्रयास गर्नुहोस्‌। यस्तो मननले तपाईंको हृदयलाई उत्साहित बनाएर तपाईंलाई यहोवासित अझ नजिक हुने मदत दिन सक्छ।—भजन १९:१४.

ड्र क्लोज टु जेहोभा पुस्तकका चित्रहरू सिकाउने र उत्प्रेरित गर्ने हेतुले राम्ररी अनुसन्धान गरेर तयार पारिएका छन्‌। सत्रवटा अध्यायमा बाइबल दृश्‍यहरूबारे पानाभरिका सुन्दर चित्रहरू छन्‌।

किन प्रकाशित गरियो?

ड्र क्लोज टु जेहोभा पुस्तक किन प्रकाशित गरियो? यो नयाँ प्रकाशनको प्रमुख उद्देश्‍य, यहोवालाई अझ राम्रोसित चिन्‍न मदत गर्नु हो, जसले गर्दा हामीले हाम्रा परमेश्‍वरसित अझ बलियो व्यक्‍तिगत सम्बन्ध गाँस्न सक्नेछौं।

के तपाईं ड्र क्लोज टु जेहोभा पुस्तकबाट लाभ उठाउन सक्ने कोही व्यक्‍ति सम्झन सक्नुहुन्छ? सायद कुनै बाइबल विद्यार्थी वा निष्क्रिय भएका मसीही भाइ वा बहिनीले पो लाभ उठाउन सक्छन्‌ कि? तपाईं नि—के तपाईंले यो नयाँ पुस्तक पढ्‌न थालिसक्नुभयो? छैन भने, जतिसक्दो चाँडो पढ्‌न थालिहाल्ने तालिका बनाउनुभए कसो होला? आफूले पढेका कुरा मनन गर्न समय निकाल्नुहोस्‌। यो नयाँ प्रकाशनले तपाईंलाई यहोवा परमेश्‍वरसित अझ नजिक हुन मदत गरोस्‌ ताकि उहाँको राज्यको सुसमाचार अझ बढी आनन्द र जोसका साथ घोषणा गर्न सक्नुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने