प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ७/१५ पृ. ८-९
  • अघि र पछि तिनले परिवर्तन हुने शक्‍ति पाइन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अघि र पछि तिनले परिवर्तन हुने शक्‍ति पाइन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • मिल्दोजुल्दो सामग्री
  • विधवा भएपछि दुई महिलाको अवस्था कस्तो भयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • ‘सही मनसाय हुनेले’ राम्रो प्रतिक्रिया देखाइरहेका छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • तपाईं एकाकीपनमाथि विजयी हुन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मेरो ‘मनोरथ’ पूरा भयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ७/१५ पृ. ८-९

“परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ”

अघि र पछि तिनले परिवर्तन हुने शक्‍ति पाइन्‌

मेक्सिकोकी सान्ड्रा नाउँकी महिलाले आफूलाई परिवारको नाममा कलंक लगाउने व्यक्‍तिको रूपमा वर्णन गरिन्‌। किशोरावस्थामा तिनले तिरस्कार र घृणाबाहेक केही पाइनन्‌। तिनी यसो भन्छिन्‌: “किशोरावस्थाभरि नै मैले खोक्रोपन महसुस गर्नुका साथै आफ्नो अस्तित्व र जीवनबारे मेरो मनमा अनेकौं शंका-उपशंका उब्जन्थ्यो।”

उच्च माध्यमिक स्कूलमा छँदा, सान्ड्राले घरमा बुबाले राखेको मद्य पिउन थालिन्‌। समय बित्दै जाँदा, तिनले आफै रक्सी किनेर मद्यव्यसनी भइन्‌। “मलाई बाँच्ने कुनै रहर थिएन” भनी तिनी स्वीकार्छिन्‌। के गरूँ कसो गरूँ भएर सान्ड्राले लागू औषध सेवन गर्न थालिन्‌। तिनी यसो भन्छिन्‌: “आफ्ना समस्याहरू भुल्न मलाई मदत गर्ने एउटै मात्र उपाय भनेको मैले आफ्नो झोलामा बोक्ने गरेका कुराहरू थिए: रक्सीको सिसी, केही चक्कीहरू वा अलिकति गाँजा।”

मेडिकल स्कूलमा अध्ययन पूरा गरिसकेपछि तिनी झन्‌ झनै मद्यव्यसनी भइन्‌। तिनले आफ्नो जीवन समाप्त गर्ने कोसिस गरिन्‌। तर तिनी बचिन्‌।

आध्यात्मिक मदत तथा मानसिक सहयोगको लागि सान्ड्राले विभिन्‍न धर्महरूको मुख ताकिन्‌ तर तिनको आशा साकार हुन सकेन। सबै आशा मारिसकेकी र निराशाले छोपेको कारण तिनले परमेश्‍वरलाई घरी-घरी यसो भन्दै गुहार मागिन्‌: “तपाईं कहाँ हुनुहुन्छ? तपाईं किन मलाई मदत गर्नुहुन्‍न?” यसरी पूरै आत्मसम्मान गुमाइसकेको अवस्थामा एक जना यहोवाको साक्षीसित तिनको भेट भयो। फलस्वरूप, बाइबल अध्ययन गर्ने प्रबन्ध मिलाइयो। “टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ” भन्‍ने कुरा थाह पाएर सान्ड्रा अत्यन्तै प्रभावित भइन्‌।—भजन ३४:१८.

तिनकी बाइबल शिक्षिकाले सान्ड्रालाई आदमबाट जन्मजात पाएको पाप र असिद्धताले गर्दा हामी निस्सहाय छौं भन्‍ने कुरा यहोवा परमेश्‍वरलाई थाह छ भनी बुझ्न मदत गरिन्‌। हामी पूर्ण रूपमा धार्मिक स्तरहरूअनुरूप चल्न सक्दैनौं भनेर परमेश्‍वरलाई थाह छ भन्‍ने कुरा सान्ड्राले बुझिन्‌। (भजन ५१:५; रोमी ३:२३; ५:१२, १८) यहोवाले हाम्रा कमीकमजोरीहरूमा मात्र ध्यान दिनुहुन्‍न र हामीले गर्न सक्नेभन्दा बढ्‌ता हामीबाट माग गर्नुहुन्‍न भन्‍ने कुरा थाह पाएर तिनी खुसी भइन्‌। भजनहारले यस्तो प्रश्‍न सोधे: “हे परमप्रभु, तपाईंले अधर्मको लेखा दिनुभयो भनेता हे परमप्रभु, को खडा हुनुसक्छ र?”—भजन १३०:३.

सान्ड्राको मनलाई कृतज्ञताले ओतप्रोत पार्ने एउटा महत्त्वपूर्ण बाइबल सत्य येशू ख्रीष्टको छुडौतीको बलिदान थियो। यसै छुडौतीको बलिदानमार्फत यहोवाले दया गरी आज्ञाकारी मानिसजातिलाई तिनीहरूको असिद्धताको बावजुद धर्मी ठहऱ्‍याउनुहुन्छ। (१ यूहन्‍ना २:२; ४:९, १०) हो, हामी आफ्ना “अपराधहरूको क्षमा” पाउनुका साथै हीनताबोधको जस्तोसुकै भावनामाथि पनि विजयी हुन मदत पाउन सक्छौं।—एफिसी १:७.

प्रेरित पावलको उदाहरणबाट सान्ड्राले मूल्यवान्‌ पाठहरू सिकिन्‌। विगतमा गरेका गल्तीहरूलाई परमेश्‍वरले कृपापूर्वक क्षमा गर्नुका साथै कमजोरीहरू नदोहोऱ्‍याउन त्यस विरुद्धको कठोर संघर्षमा सहयोग पाएकोमा पावलले परमेश्‍वरको दयाको धेरै मूल्यांकन गरे। (रोमी ७:१५-२५; १ कोरिन्थी १५:९, १०) परमेश्‍वरले अनुमोदन गर्नुहुने मार्गमा हिंडिरहन पावलले आफ्नो जीवन शैली सच्याउनुका साथै ‘आफ्नो शरीरलाई कुटेर वशमा ल्याए।’ (१ कोरिन्थी ९:२७) तिनले आफूलाई आफ्ना पापी झुकावहरूको वशमा पर्न दिएनन्‌।

आफ्ना कमीकमजोरीहरूले सान्ड्रालाई निकै सतायो तर तिनले संघर्ष गर्न छाडिनन्‌। ती कमीकमजोरीहरूलाई हटाउन यहोवाको मदतको लागि तिनले खुरन्धार प्रार्थना गर्नुका साथै उहाँको दया खोजिन्‌। (भजन ५५:२२; याकूब ४:८) परमेश्‍वरले व्यक्‍तिगत रूपमा मेरो चासो राख्नुहुन्छ भन्‍ने कुरा थाह पाएर सान्ड्राले आफ्नो जीवन परिवर्तन गर्न सकिन्‌। “पूर्ण-समय बाइबलका कुराहरू अरूलाई सिकाउन पाएकोमा म आनन्दित छु” भनी तिनी बताउँछिन्‌। सान्ड्राले आफ्नी दिदी र बहिनीलाई यहोवा को हुनुहुन्छ भनी चिनाउने सुअवसर पाइन्‌। ‘भलाइको काम’ गर्दै तिनी यहोवाका साक्षीहरूका अधिवेशनहरूमा आफ्नो चिकित्सासम्बन्धी सीप प्रयोग गरेर पनि स्वयम्‌सेवा गर्छिन्‌।—गलाती ६:१०.

सान्ड्राका दुर्व्यसनहरू नि? तिनी निर्धक्कसँग यसो भन्छिन्‌: “मेरो मन सफा भएको छ। आजकल म रक्सी पिउँदिनँ, चुरोट वा लागू औषध केही पनि सेवन गर्दिनँ। मलाई ती कुराको दरकार छैन। मैले जे खोजिरहेको थिएँ, त्यो पाएँ।”

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

“मैले जे खोजिरहेको थिएँ, त्यो पाएँ”

[पृष्ठ ९-मा भएको पेटी]

व्यवहारमा उतारिएका बाइबल सिद्धान्तहरू

तल दिइएका केही बाइबल सिद्धान्तहरूले थुप्रैलाई अशुद्ध बानीबेहोराबाट मुक्‍त हुन मदत गरेका छन्‌:

“शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं।” (२ कोरिन्थी ७:१) अपवित्र बानीहरूलाई त्यागेर अशुद्धपनाहरूबाट आफूलाई शुद्ध राख्ने व्यक्‍तिहरूलाई यहोवाले आशिष्‌ दिनुहुन्छ।

“परमेश्‍वरको भय मान्‍नु दुष्टतालाई घृणा गर्नु हो।” (हितोपदेश ८:१३) परमेश्‍वरप्रतिको श्रदेय भयले मानिसलाई लागू औषधको दुर्व्यसनलगायत अन्य खराब आचरणहरूबाट मुक्‍त हुन मदत गर्छ। यस्तो परिवर्तन गर्ने व्यक्‍तिले यहोवालाई प्रशन्‍न पार्नुको अलावा भयावह रोगहरूबाट आफूलाई जोगाउँछ।

“शासकहरू र अख्तियारवालाहरूका अधीनमा बसी उनीहरूका आज्ञा पालन गर्नू।” (तीतस ३:१) थुप्रै ठाउँहरूमा कुनै-कुनै औषधीहरू राख्नु वा त्यो प्रयोग गर्नुलाई कानुनले निषेध गरेको छ। साँचो मसीहीहरूले अवैध औषधीहरू राख्दैनन्‌ वा प्रयोग गर्दैनन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने