प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 १२/१ पृ. ३०-३१
  • ‘हरेक असल काममा तत्पर रहनू’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘हरेक असल काममा तत्पर रहनू’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मूल्यवान्‌ सेवा
  • “नगर परिषद्‌ले ठूल्दाइजस्तो व्यवहार गर्नु हुँदैन”
    ब्यूँझनुहोस्‌!—२००४
  • राज्य प्रचारकहरूले हासिल गरेका कानुनी विजय
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • “लड़ाइँ परमप्रभुको हातमा छ। तिमीहरूको हातमा होइन”
    ब्यूँझनुहोस्‌!—२०००
  • उच्च अख्तियारवालाहरूको भूमिका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 १२/१ पृ. ३०-३१

‘हरेक असल काममा तत्पर रहनू’

‘शासकहरू र अख्तियारवालाहरूका अधीनमा बसी उनीहरूका आज्ञा पालन गर्नू, र हरेक असल काममा तत्पर रहनू।’ (तीतस ३:१) आफ्ना सँगी विश्‍वासीहरूलाई उक्‍त शब्दहरू लेख्दा प्रेरित पावलको मनमा कस्तो किसिमको असल काम थियो? बाइबलविद्‌ ई. एफ. स्कटले यसो भन्दै एक किसिमको असल कामबारे बताए: “मसीहीहरू केवल अख्तियारवालाहरूको अधीनमा बस्नु मात्रै होइन, तर हरेक प्रकारका असल कामहरू गर्न तत्पर हुनुपर्छ। यसको अर्थ . . . आवश्‍यक भएमा मसीहीहरू जनहितका लागि काम गर्न अग्रपंक्‍तिमा आउनेहरूमध्ये पर्छन्‌। आगलागी, महामारी र विभिन्‍न प्रकारका विपत्तिहरू भई नै रहन्छन्‌ जब सबै असल नागरिकहरूले आफ्ना छिमेकीहरूलाई मदत गर्न इच्छा गर्छन्‌।”

परमेश्‍वरको व्यवस्थासित नबाझेसम्म मसीहीहरू जनहितका कुनै-कुनै कार्यहरूमा सहभागी हुन्छन्‌। (प्रेरित ५:२९) उदाहरणका लागि, स्थानीय अग्नि नियन्त्रण विभागको निर्देशन पालन गर्दै जापान, एबिनास्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयले वर्षेनी फायर ड्रील अर्थात्‌ आगलागी भएमा कसरी आगो निभाउने र भाग्ने भन्‍ने सन्दर्भमा पूर्व प्रदर्शन कार्यक्रम आयोजना गर्नेगर्छ। यस्तो अवसरमा, बेथेल परिवारका सम्पूर्ण सदस्यहरू स्थानीय अग्नि नियन्त्रण विभागको प्रतिनिधिले बताउने निर्देशनहरू सुन्‍न एकत्रित हुन्छन्‌।

यसको अलावा, एक दशकभन्दा बढी समयदेखि शाखा कार्यालयले स्थानीय अधिकारीहरूलाई अग्नि रोकथाम चेतनासम्बन्धी प्रदर्शनीमा सहयोग गर्दै आएको छ। प्रदर्शनीमा, शहरका कम्पनीहरूले आगो निभाउने तथा आगो-नियन्त्रण गर्ने आफ्नो तत्परता प्रदर्शन गर्छन्‌। शाखाका कर्मचारीहरूको कौशलता र सहयोगको कारण शाखाको अक्सर तारिफ गरिएको छ। सन्‌ २००१ को प्रदर्शनीमा तिनीहरूलाई प्रथम पुरस्कार प्रदान गरियो। आगलागी भइहालेको खण्डमा तिनीहरू जीवनदायी असल काम गर्न तत्पर छन्‌।

मूल्यवान्‌ सेवा

तथापि, यहोवाका साक्षीहरू योभन्दा अझ महत्त्वपूर्ण काममा चासो राख्छन्‌, जुन जीवनदायी काम नै हो। तिनीहरू परमेश्‍वरको राज्यको सुसमाचार सुनाउन नियमित रूपमा आफ्ना छिमेकीहरूलाई भेट्‌ने गर्छन्‌। (मत्ती २४:१४) अहिले आफ्नो जीवनस्तर उकास्न र साँचो शान्ति तथा सुरक्षा छाउने अनन्त जीवनको आशा प्राप्त गर्न साक्षीहरू मानिसहरूलाई बाइबलका सिद्धान्तहरू सिक्न र आफ्नो जीवनमा लागू गर्न प्रोत्साहन दिन्छन्‌।

यहोवाका साक्षीहरूले प्रदान गर्ने सेवाको महत्त्वलाई कसै-कसैले झमेला सम्झेर त्यसको मूल्यांकन नगर्न सक्छन्‌। तथापि, क्यानाडाका क्युबेक उच्च अदालतको न्यायाधीश झाँ क्रीप्युले भने बेग्लै सोचाइ राखेका थिए। घर-घरको प्रचारकार्यको लागि अनुमति लिनु आवश्‍यक छ भन्‍ने ब्लेनभिल, क्युबेक शहरको उपनियम विरुद्ध यहोवाका साक्षीहरूले अपिल गरेका थिए। अदालतले सुनाएको फैसलामा न्यायाधीश क्रीप्युले यसो भने: “यहोवाका साक्षीहरूले गर्ने प्रचारकार्य भनेको एउटा मसीही सामुदायिक सेवा हो र . . . इच्छुक नागरिकहरूलाई साक्षीहरूले प्रस्तुत गर्ने प्रकाशनहरू धर्म, बाइबल, लागूपदार्थ, रक्सी, युवाहरूको शिक्षा, वैवाहिक समस्यालगायत सम्बन्ध विच्छेदजस्ता विषयसित सम्बन्धित कुराहरूबारे छलफल गर्ने एकदमै महत्त्वपूर्ण साहित्यहरू हुन्‌।” फैसलामा अझै यसो भनिएको थियो: “यो अदालत यस निष्कर्षमा पुग्छ कि यहोवाका साक्षीहरूलाई व्यापारीहरूसित तुलना गर्नु एकदमै निन्दनीय, अपमानजनक, हानिकारक र बदनाम हो।”

आफ्नो दैनिक जीवनमा आइपर्ने समस्याहरूमाथि विजयी हुन मानिसहरूलाई मदत गर्नुका साथै भविष्यको आशाबारे उनीहरूलाई बताएर यहोवाका साक्षीहरू आफू बस्ने समुदायको हितको लागि ठूलो योगदान पुऱ्‍याउँछन्‌। बाइबलले उनीहरूलाई त्यो काम पूरा गर्न सुसज्जित बनाउँछ। “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ, र परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्‌।”—२ तिमोथी ३:१६, १७.

यहोवाका साक्षीहरू कसरी “हरेक असल काममा तत्पर” हुन्छन्‌, के तपाईं जान्‍न चाहनुहुन्छ? बाइबलबारे अझ बढी कुरा बुझ्नको लागि उनीहरूको मदत स्वीकार्न र तपाईंहरूको इलाका तथा विश्‍वव्यापी रूपमा उनीहरूले गर्ने यो अत्यावश्‍यक सामुदायिक सेवाबाट लाभ उठाउन हामी तपाईंहरूलाई आमन्त्रण गर्दछौं।

[पृष्ठ ३०, ३१-मा भएका चित्रहरू]

यहोवाका साक्षीहरू सांसारिक अख्तियारवालाहरूसित मिलेर काम गर्न चाहन्छन्‌

[पृष्ठ ३१-मा भएको चित्र]

आफ्ना छिमेकीहरूलाई मदत गर्नेहरू भनी साक्षीहरू चिनिन्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने