प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 २/१५ पृ. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको भवनमा हरियो भद्राक्षको रूख
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • ठूलो जलप्रलय
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • उत्पत्तिको पुस्तकका विशेषताहरू—१
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • काटिएको रूख फेरि पलाउन सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 २/१५ पृ. ३१

पाठकहरूका प्रश्‍नहरू

जलप्रलयपछि नूहले जहाजबाट उडाएको ढुकुर “भद्राक्षको एउटा पात” लिएर फर्केको थियो। ढुकुरले कहाँ पात भेट्टायो?

“पानी पृथ्वीमा जोरसँग परिरह्‍यो र आकाशमनिका जम्मै अल्गा अल्गा पर्वतहरू ढाकिए” भनी बाइबल हामीलाई बताउँछ। (उत्पत्ति ७:१९) जलप्रलयको पानी घटेपछि, नूहले एक-एक हप्ताको फरकमा तीन चोटि ढुकुरलाई बाहिर उडाए। दोस्रो चोटि भने, ढुकुरको “चुच्चामा भर्खरै टिपेको भद्राक्षको एउटा पात थियो। तब पानी जमीनमा घटेछ भन्‍ने नूहले थाह पाए।”—उत्पत्ति ८:८-११.

हो, पृथ्वीको कुनै खास भाग कतिन्जेलसम्म जलमग्न भएको थियो भन्‍ने कुरा अहिले बताउन गाह्रो छ किनभने पृथ्वीको भौगोलिक बनौट जलप्रलयले गर्दा पक्कै परिवर्तन भएको थियो। तैपनि, अधिकांश जमिन जलमग्न भएको कारण थुप्रै रूखहरू मरेको हुनुपर्छ। यद्यपि, कुनै-कुनै रूखहरू भने मरेनन्‌ र पानी घटेपछि त्यसबाट नयाँ पालुवाहरू पलाएको हुनुपर्छ।

भद्राक्षको रूखको सन्दर्भमा, द न्यु बाइबल डिक्सनरी (अंग्रेजी) यसो भन्छ: “यसलाई काटेर ढालिएमा जराबाट नयाँ पालुवाहरू पलाउँछन्‌, जसबाट कम्तीमा पाँचवटा नयाँ हाँगा हाँगिन्छन्‌। साधारणतया मर्न लागेको [ओइलाउन लागेको] भद्राक्षको रूख पनि यसरी पलाउने गर्छ।” यो त “मानौं, यसको जीवनशक्‍ति अविनाशी थियो जस्तो देखिन्छ” भनी न्यु शाफहर्टसोक इन्साइक्लोपीडिया अफ रिलिजस्‌ नलेज (अंग्रेजी) बताउँछ। जलप्रलयको पानीमा नुनको मात्रा र तापक्रम कति थियो भन्‍नेजस्ता विवरणहरू आज कसैलाई पनि थाह छैन। तसर्थ, जलप्रलयले भद्राक्षको रूख तथा अन्य वनस्पतिहरूमा पारेको सम्भाव्य असरबारे हामी ठोकुवा गरेर भन्‍न सक्दैनौं।

तथापि, उच्च पहाडी क्षेत्रहरूमा पाइने जङ्‌गली भद्राक्ष एकदमै चिसो तापक्रममा बाँच्न सक्दैन। साधारणतया यो रूख १,००० मिटरभन्दा कम उचाइमा पाइन्छ, जहाँको सरदर तापक्रम १० डिग्री सेन्टिग्रेडभन्दा कम हुन्छ। द फ्लड्‌ रिकन्सिडर्ड (अंग्रेजी) पुस्तक यसो भन्छ, “यस प्रकार, भर्खरै टिपेको पातबाट नूहले अलि होचा उपत्यकाहरूमा पानी पूरै घटिसकेछ भन्‍ने कुरा थाह लगाउन सक्थे।” नूहले एक हप्तापछि उडाएको ढुकुर फर्केर आएन र त्यसले प्रशस्त वनस्पतिहरू पलाइसकेछन्‌ र ढुकुरको लागि सम्भाव्य बस्ने ठाउँहरू भएछन्‌ भन्‍ने कुरा संकेत गऱ्‍यो।—उत्पत्ति ८:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने