प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ४/१५ पृ. २७
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • वेस्टफालियाको शान्ति युरोपमा एउटा निर्णायक मोड
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • जंगली जनावर र त्यसको चिह्नलाई चिन्‍ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • युद्धले आफ्नो अनुहार फेरेको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • दुइटा डरलाग्दा जनावरहरूसित मुकाबिला
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ४/१५ पृ. २७

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अंकहरू पढेर आनन्द उठाउनुभयो? उसोभए, तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

• येशूका भाइबहिनीहरू थिए भनेर कुन कुराले सङ्‌केत गर्छ?

बाइबलले मत्ती १३:५५, ५६ र मर्कूस ६:३ मा यो कुरा बताउँछ। त्यहाँ प्रयोग गरिएको युनानी शब्द (अडेलपोस) “एक किसिमको शारीरिक वा कानुनी सम्बन्धलाई बुझाउन [र] साक्खे वा सौतेनी दाजु वा भाइ बुझाउन मात्र” प्रयोग गरिन्छ।” (द क्याथोलिक बिब्लिकल क्वाटरली, जनवरी १९९२)—१२/१५, पृष्ठ ३.

• युद्धको कस्तो नयाँ अनुहार प्रस्ट देखिएको छ र अक्सर यसका मुख्य कारणहरू के-के हुन्‌?

हालसालैका वर्षहरूमा मानिसजातिलाई पिरोल्ने युद्धहरू मुख्यतः गृहयुद्ध हुन्‌—एउटै देशका नागरिकहरूको विरोधी समूहहरूबीच युद्ध। जातीय तथा जनजातीय घृणा, धार्मिक भिन्‍नता, अन्याय र राजनैतिक गोलमाल यसका कारणहरू हुन्‌। अर्को कारण शक्‍ति र पैसाको लोभ हो।—१/१, पृष्ठ ३-४.

• येशूको अभिप्राय मसीहीहरूले नमुना प्रार्थना मुखस्त पारेर एक-एक शब्द दोहोऱ्‍याऊन्‌ भन्‍ने थिएन भनी हामी कसरी थाह पाउँछौं?

येशूले प्रार्थनाको यो नमुना डाँडाको उपदेशमा दिनुभएको थियो। यसको लगभग १८ महिनापछि उहाँले प्रार्थनाबारे आफ्नो पहिलेको निर्देशनका महत्त्वपूर्ण बुँदाहरू पुनः दोहोऱ्‍याउनुभयो। (मत्ती ६:९-१३; लूका ११:१-४) उल्लेखनीय कुरा के हो भने, उहाँले उक्‍त प्रार्थना हुबहु दोहोऱ्‍याउनुभएन र यसले उहाँले मुखस्त पार्नुपर्ने धार्मिक प्रार्थना रटिरहनुभएको थिएन भनेर स्पष्ट पार्छ।—२/१, पृष्ठ ८.

• जलप्रलयपछि, ढुकुरले जहाजमा ल्याएको भद्राक्षको पात कहाँ भेट्टायो?

जलप्रलयको पानीमा नुनको मात्रा र तापक्रम कति थियो भन्‍ने कुरा हामीलाई थाह छैन। तर भद्राक्षको रूख एक चोटि काटिसकेपछि पनि फेरि पालुवा पलाउने बिरुवाको रूपमा चिनिन्छ। त्यसैले जलप्रलयको पानीबाट भद्राक्षका कुनै-कुनै रूखहरू बचेको हुनुपर्छ र जलप्रलय रोकिएपछि पालुवा पलाएको हुनुपर्छ।—२/१५, पृष्ठ ३१.

• नाइजेरियामा गृहयुद्ध भएको बेला, बियाफ्रामा नाकाबन्दी लगाइए तापनि त्यस क्षेत्रका यहोवाका साक्षीहरूले कसरी आध्यात्मिक आहार पाए?

एक जना निजामती कर्मचारीलाई युरोपको एउटा कार्यालयमा खटाइयो भने, अर्को एक जनालाई चाहिं बियाफ्रानको सानो धावनमार्गमा खटाइयो। ती दुवै जना साक्षी थिए। तिनीहरूले बियाफ्रामा आध्यात्मिक आहार पुऱ्‍याउने जोखिमपूर्ण काम स्वीकारे। यसरी १९७० मा युद्धको अन्त नहोउन्जेल थुप्रै भाइहरूले लाभ उठाउन सके।—३/१ पृष्ठ २७.

• वेस्टफालियाको शान्तिद्वारा कुन कुरा हासिल भयो र यसमा धर्म कसरी मुछिएको थियो?

धर्म सुधारले गर्दा पवित्र रोमी साम्राज्य तीनवटा विश्‍वासमा विभाजित भयो—क्याथोलिक, लुथरन र क्याल्भिनिस्ट। सत्रौं शताब्दीको प्रारम्भमा प्रोटेस्टेन्ट युनियन र क्याथोलिक लिगको स्थापना भयो। त्यसपछि बोहिमियामा धार्मिक विवाद सुरु भयो र यो अन्तरराष्ट्रिय शक्‍ति सङ्‌घर्षको रूपसम्म चर्कियो। क्याथोलिक तथा प्रोटेस्टेन्ट शासकहरूले राजनैतिक श्रेष्ठता तथा आर्थिक लाभको लागि तँछाड-मछाड गरे। अन्ततः जर्मनको वेस्टफालिया प्रान्तमा शान्तिवार्ता आयोजना गरियो। लगभग पाँच वर्षपछि, सन्‌ १६४८मा वेस्टफालियाको शान्तिसन्धिमा हस्ताक्षर गरिंदा तीस वर्षे युद्धको अन्त भयो अनि सार्वभौम राष्ट्रहरूको महादेशको रूपमा आधुनिक युरोपको जन्म भयो।—३/१५, पृष्ठ २०-३.

• ‘जङ्‌गली जनावरको’ चिह्न वा नाउँ—६६६ संख्याको अर्थ के हो?

यो चिह्नबारे प्रकाश १३:१६-१८ मा उल्लेख गरिएको छ। यो जनावरले मावन शासनलाई सङ्‌केत गर्छ र जनावरको “मानव संख्या” सरकारहरूले देखाउने पतित मानव अवस्थाको सङ्‌केत हो। यसको ६ जोड ६० जोड ६०० ले यो परमेश्‍वरको नजरमा पूर्णतया त्रुटिपूर्ण छ भनी देखाउँछ। यो चिह्न हुनेहरूले राजनैतिक सरकारलाई उपासनारूपी आदर दिन्छन्‌ वा मुक्‍तिको लागि त्यसैको मुख ताक्छन्‌।—४/१, पृष्ठ ४-७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने