प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ७/१ पृ. ८
  • आधुनिक जमानाकी “इस्राएली ठिटी”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आधुनिक जमानाकी “इस्राएली ठिटी”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले कहिल्यै साथ छोड्‌नुभएको छैन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • स्मरणार्थ मनाउन हामीले गर्ने प्रयासमा यहोवा आशिष्‌ दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • “बालकहरूका मुखबाट”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ७/१ पृ. ८

आधुनिक जमानाकी “इस्राएली ठिटी”

घटना येशूको मृत्युको स्मरणार्थभन्दा दुई हप्ताअघिको हो। ब्राजिलको एउटा सहरमा (प्राई ग्रान्डे) बस्ने सेल्स्‌ परिवारका सबैले आफूले स्मरणार्थमा निम्ताउन चाहेका व्यक्‍तिहरूको सूची बनाए। छ वर्षकी अबिगेललाई एउटा निम्तोपर्ची दिइयो र ‘यो कसलाई दिन्छ्‌यौ’ भनेर सोधियो।

अबिगेलले भनिन्‌: “मलाई देख्नेबित्तिकै मुस्कुराउने मान्छेलाई!”

उनका आमाबाबुले सोधे: “त्यो को हो नि?”

“ह्वीलचेयरमा बस्ने मान्छे” अबिगेलले जवाफ दिइन्‌।

चार दिनपछि अबिगेलले आफ्ना आमाबाबुलाई त्यो मानिस देखाइदिइन्‌। उनको नाउँ भल्टर रहेछ। उनी राज्यभवन नजिकै बस्दा रहेछन्‌। पन्ध्र वर्ष अघि सवारी दुर्घटनामा परेर उनको कम्मरमुनिको भाग नचल्ने भएको रहेछ। त्यतिखेर भल्टर २८ वर्षका थिए। भल्टर धनी रहेछन्‌, त्यसैले सुरक्षाको लागि दुई जना अङ्‌ग-रक्षक पनि राखेका रहेछन्‌। अबिगेलले भल्टरसँग कुराकानी गर्ने अनुमति पाएपछि, आफ्नी छोरीले उनलाई एउटा निम्तोपर्ची दिन चाहेकी कुरा अबिगेलका आमाबाबुले बताए।

कुराकानीको अन्तमा अबिगेलले भनिन्‌: “हाम्रो राज्यभवनका सबैसँग धेरै निम्तोपर्ची छ तर मसँग त यही एउटा मात्र हो। त्यसैले मैले बोलाएको एक मात्र व्यक्‍ति तपाईं नै हुनुहुन्छ। तपाईं पनि आउनुभएन भने मेरो त कोही पनि हुँदैन। आउनुभयो भने म धेरै खुसी हुनेछु, यहोवा त झनै खुसी हुनुहुनेछ।”

स्मरणार्थको दिन साक्षीहरूसँगसँगै अबिगेलले पनि साँझ हुने स्मरणार्थ कार्यक्रमको लागि राज्यभवन सरसफाइ गर्दै थिइन्‌। त्यसै दिउँसो भल्टर कतै जाँदै थिए। अबिगेललाई देखेपछि भल्टरले ड्राइभरलाई गाडी रोक्न लगाए। उनले गाडीको सिसा खोले र ‘के गर्न लागेकी’ भनेर अबिगेललाई सोधे। ‘तपाईंको लागि भवन सुन्दर बनाउन सफा गरिरहेको नि’ भनेर अबिगेलले जवाफ दिइन्‌।

साँझ परेपछि अबिगेललाई निकै छटपटी हुन थाल्यो। भाषण सुरु भयो, भल्टर आए कि भनेर घाँटी तन्काइ-तन्काइ यताउता हेर्न थालिन्‌। अकस्मात्‌, अङ्‌ग-रक्षकहरूसहित भल्टर आइपुगे! अबिगेलको खुसीको सीमै रहेन, उनी मुस्कुराइन्‌। आफू अर्कै सहर जान हिंडिसकेको तर फर्केर अबिगेलकै लागि मात्र भनेर स्मरणार्थमा आएको कुरा भल्टरले भाषण सिद्धिएपछि बताए। त्यसपछि उनले भने: “भाषण मैले सुन्‍नै परेको विषयमा थियो।” उनले एउटा बाइबल मागे, अध्ययन सुरु गरे र सभामा नियमित जान थाले।

यसै क्रममा, भल्टरकी बहिनीले आफ्नो दाइले बारम्बार कुरा गरिरहने अबिगेललाई भेट्‌न चाहिन्‌। अबिगेललाई भेटेपछि उनी कत्ति असल ठिटी रहिछे भन्‍ने थाह पाएर चित खाइन्‌। उनले भनिन्‌: “दाइ यत्ति खुसी हुनुको कारण के रहेछ, बल्ल पो बुझें!”

भल्टर नियमित रूपमा बाइबल अध्ययन गर्दैछन्‌ र सभा पनि आइरहेका छन्‌। अहिले त उनी सभामा टिप्पणी पनि दिन्छन्‌ अनि आफूले सिकेका कुरा अरूलाई पनि बताउँछन्‌। यी सानी ठिटीले गरेको कामलाई सम्झँदा, नामानलाई साँचो परमेश्‍वर यहोवा चिन्‍न मदत गर्ने इस्राएली ठिटीको सम्झना आउँछ।—२ राजा ५:२-१४. (w 08 6/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने