प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 १०/१ पृ. १४-१५
  • के तपाईंले बाइबल अध्ययन गर्न समय छुट्टयाउनुभएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंले बाइबल अध्ययन गर्न समय छुट्टयाउनुभएको छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मिल्दोजुल्दो सामग्री
  • परिवारहरूका लागि मदत
    हाम्रो राज्य सेवा—२०११
  • परमेश्‍वरको वचन अध्ययन गर्नुअघि र पछिको जीवन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • परिवार मिलेर नियमित तवरमा परमेश्‍वरको वचन अध्ययन गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • व्यक्‍तिगत तथा पारिवारिक बाइबल अध्ययन अत्यावश्‍यक!
    हाम्रो राज्य सेवकाई—२००८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 १०/१ पृ. १४-१५

के तपाईंले बाइबल अध्ययन गर्न समय छुट्टयाउनुभएको छ?

गत वर्ष परिचालक निकायले मण्डलीका सभाहरूको तालिकामा छाँटकाँट भएको घोषणा गऱ्‍यो। यसले गर्दा बाइबल अध्ययन र पारिवारिक छलफल गर्न थप समय मिल्यो। परिवारको शिर हुनुहुन्छ भने पत्नी र छोराछोरीसित अर्थपूर्ण र नियमित तवरमा बाइबल अध्ययन भइरहेको छ कि छैन पक्का गर्नुहोस्‌। छोराछोरी नभएका दम्पतीले यो समय सँगै बाइबल अध्ययन गर्न चलाउन सक्छन्‌। पारिवारिक दायित्व नभएका अविवाहित भाइबहिनीहरूले यो समयमा व्यक्‍तिगत बाइबल अध्ययन गर्न सक्छन्‌।

साँझको पारिवारिक उपासनाको प्रबन्धको लागि धेरै जना आभारी छन्‌। उदाहरणको लागि, केभिन नाउँका प्राचीनले लेखे: तपाईंहरूलाई जत्ति ‘धन्यवाद’ दिए पनि पुग्दैन जस्तो हामी मण्डलीका सबैले महसुस गरेका छौं। त्यो फुर्सदको साँझलाई परिचालक निकायले भनेझैं गर्न अर्थात्‌ आ-आफ्नो परिवारसित अध्ययन गर्न कसरी प्रयोग गर्दैछौं, हामी प्राचीनहरूले छलफल गरेका छौं।”

प्राचीनकी पत्नी जेडीले लेखिन्‌: “हाम्रा १५, ११ र २ वर्षका तीन छोरी छन्‌। हालै हामी साङ्‌केतिक भाषाको मण्डलीमा सऱ्‍यौं। सबै सभाको लागि तयारी गर्न निकै समय चाहिन्छ र धेरै प्रयास गर्नुपर्छ। यो प्रबन्धले गर्दा अहिले पारिवारिक उपासनामा ध्यान दिन थप साँझ पाएका छौं!”

नियमित अग्रगामी सेवा गरिरहेका दम्पती जोन र जोआन लेख्छन्‌: “मण्डलीका थुप्रै काम गर्दै बीच-बीचमा समय निकाल्नुपर्ने भएकोले हाम्रो पारिवारिक बाइबल अध्ययन कहिलेकाहीं मात्रै हुन्थ्यो। भनेअनुसारै समय चलाएका छौं भने मात्र यो नयाँ प्रबन्ध आध्यात्मिक स्फूर्ति दिने यहोवाको वरदान नै साबित हुन्छ!”

चौबीस/पच्चीस वर्षका एक अविवाहित भाइ टोनी मंगलबार साँझ व्यक्‍तिगत अध्ययन गर्छन्‌। अरू दिन मण्डलीका सभाहरूको तयारी गर्छन्‌। तिनी भन्छन्‌: “मंगलबार कहिले आउला भनेर म पर्खन्छु।” किन? “किनभने त्यो साँझ मैले यहोवासित बिताउने विशेष क्षण हो।” टोनी अझै बताउँछन्‌: “यहोवासितको मेरो सम्बन्धलाई बलियो पार्ने विषयमा म करिब दुई घण्टा अध्ययन गर्छु। अध्ययन गर्ने थप समय पाएकोले पढेका बाइबल पदहरूमा मनन गर्न सकेको छु।” परिणाम? “यहोवाको सल्लाह मनमा पहिलेभन्दा अझ धेरै गडेको छ।” के तिनी त्यसको उदाहरण दिन सक्छन्‌? “इन्साइट किताबमा मैले दाऊद र जोनाथनको मित्रताबारे पढें। जोनाथनको निःस्वार्थ व्यवहारबाट धेरै कुरा सिकें। साँचो मित्र हुनुको अर्थ के हो, तिनको उदाहरणबाट झनै प्रस्टसित बुझें। मंगलबार साँझ यस्तै अरू थुप्रै मूल्यवान्‌ रत्न भेट्टाउने प्रतीक्षामा छु!”

अर्थपूर्ण बाइबल अध्ययन र पारिवारिक उपासनाको लागि उपलब्ध थप समयलाई ठीकसित प्रयोग गरेर यहोवाका सबै सेवकले प्रशस्त लाभ उठाउने कुरामा कुनै शंका छैन। ( w 09 10/15)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने