प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 १/१ पृ. ५-७
  • समस्या संसारभरिकै, समाधान संसारभरि नै

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समस्या संसारभरिकै, समाधान संसारभरि नै
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्यले के गर्नेछ?
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • दुःखकष्ट सहँदा लाभ उठाउन सक्छौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • परमेश्‍वरले दुःखकष्ट हुने अनुमति दिनुभएको समय सिद्धिनै लागेको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • सबै दुःखकष्ट चाँडै अन्त हुनेछ!
    सबै दु:खकष्ट चाँडै अन्त हुनेछ!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 १/१ पृ. ५-७

समस्या संसारभरिकै, समाधान संसारभरि नै

दुःखकष्ट जहींतहीं देखिन्छ र दुःखकष्टमा परेकाहरूलाई थुप्रैले दयालु भई मदत गर्छन्‌। उदाहरणका लागि अस्पतालमा स्वास्थ्यकर्मीहरू बिरामी वा घाइतेहरूलाई मदत गर्न लामो समयसम्म खट्‌छन्‌। अग्नि नियन्त्रकहरू, प्रहरी, कानुन निर्माता र उद्धारकर्मीहरू अरूको दुःखकष्ट कम गर्न वा रोक्न प्रयत्न गर्छन्‌। यस्ता प्रयासले मानिसहरूलाई व्यक्‍तिगत तवरमा धेरै मदत पुऱ्‍याउँछ। तर कुनै व्यक्‍ति वा संगठनले संसारभरिकै दुःखकष्ट हटाउन सम्भव छैन। यसको विपरीत परमेश्‍वरले संसारभरिनै यसको समाधान गर्न सक्नुहुन्छ र गर्नुहुनेछ।

बाइबलको अन्तिम पुस्तकमा यस्तो आश्‍वासन पाइन्छ: “[परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” (प्रकाश २१:४) यो प्रतिज्ञाले कति धेरै मानिसहरूलाई असर गर्नेछ, विचार गर्नुहोस्‌। सबै दुःखकष्टको अन्त गर्ने परमेश्‍वरको उद्देश्‍यको सार यो प्रतिज्ञामा समेटिएको छ। पृथ्वीबाट सबै दुष्ट मानिसलगायत युद्ध, भोकमरी, रोग-बिमार र अन्याय हटाएर उहाँले त्यो दुःखकष्ट अन्त गर्नुहुनेछ। यो काम कुनै मानिसले गर्न सक्दैन।

परमेश्‍वरको राज्यले के गर्नेछ?

परमेश्‍वरले आफ्ना प्रतिज्ञाहरू ब्रम्हाण्डको दोस्रो सबैभन्दा शक्‍तिशाली व्यक्‍तिमार्फत पूरा गर्नुहुनेछ। उक्‍त व्यक्‍ति पुनरूत्थान भएको येशू ख्रीष्ट हुनुहुन्छ। उहाँले पृथ्वीभरि बिनाविरोध राजाको रूपमा शासन गर्ने समय आउँदैछ। मानिसजातिलाई मानव राजा, राष्ट्रपति वा राजनीतिज्ञले शासन गर्नेछैन। बरु, एउटै राजा र एउटै सरकार अर्थात्‌ परमेश्‍वरको राज्यले शासन गर्नेछ।

त्यो राज्यले सबै मानव सरकारलाई हटाउनेछ। धेरैअघि बाइबलमा यस्तो भविष्यवाणी गरिएको थियो: “ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” (दानियल २:४४) पृथ्वीका सबै मानिसहरू एउटै धार्मिक संसार अर्थात्‌ परमेश्‍वरको राज्यअन्तर्गत एकताबद्ध हुनेछन्‌।

पृथ्वीमा हुँदा येशूले यस राज्यबारे थुप्रैचोटि बताउनुभयो। उहाँले चेलाहरूलाई प्रार्थना गर्न सिकाउँदै यस राज्यलाई आफ्ना नमुना प्रार्थनामा उल्लेख गर्नुभयो: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ६:१०) याद गर्नुहोस्‌, यो राज्य पृथ्वीमा पूरा गरिने परमेश्‍वरको इच्छासित सम्बन्धित छ भनेर येशूले संकेत गर्नुभयो। अनि परमेश्‍वरको इच्छा हो-सारा पृथ्वीबाट दुःखकष्ट हटाउने।

कुनै मानव सरकारले ल्याउन नसकेको आशिष्‌हरू परमेश्‍वरको धार्मिक सरकारले ल्याउनेछ। मानिसजातिले अनन्त जीवन पाउन सकोस्‌ भनेर यहोवाले आफ्नो पुत्रलाई छुडौतीको बलिदानको रूपमा दिएको कुरा सम्झनुहोस्‌। त्यस दयालु राज्य शासनमा मानिसहरूले सिद्धता प्राप्त गर्नेछन्‌। परिणाम? यहोवाले “मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्‍वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।”—यशैया २५:८.

कसैले सोध्ला: ‘परमेश्‍वरले किन पहिल्यै कदम नचाल्नुभएको? उहाँले के कुरिरहनुभएको? यहोवाले सबै दुःखकष्ट हटाउन वा रोक्नसमेत पहिल्यै कदम चाल्न सक्नुहुन्थ्यो। तर उहाँले दुःखकष्ट हुन दिनुभयो, स्वार्थी कारणले होइन पृथ्वीमा भएका आफ्ना छोराछोरीको चिरकालीन फाइदाको लागि। आफ्नो सन्तानलाई पछिसम्म फाइदा हुन्छ भने मायालु आमाबाबुले कठिनाइ भोग्न दिन्छन्‌। त्यसैगरि यहोवाले मानिसहरूलाई क्षणिक दुःखकष्ट भोग्न दिनुका असल कारणहरू छन्‌ र यी कारणहरू बाइबलमा दिइएका छन्‌। त्यसमा स्वतन्त्र इच्छा, पाप र यहोवाको शासनको वैधताबारेको विवाद जस्ता कुरा समावेश छन्‌। बाइबल बताउँछ, थोरै समयको लागि दुष्ट आत्मिक प्राणीहरूलाई यस संसारमा शासन गर्न दिइएको छ।  a

ती कारणहरू छलफल गर्न यहाँ ठाउँ पुग्दैन। तैपनि हामीलाई आशा र प्रोत्साहन दिने दुइटा तथ्यहरू यहाँ दिइएका छन्‌। पहिलो: हामीले भोगेका दुःखकष्टको तुलनामा कता हो कता धेरै आशिष्‌ यहोवाले दिनुहुनेछ। त्यसबाहेक, परमेश्‍वर हामीलाई यस्तो आश्‍वासन दिनुहुन्छ: “अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्‌।” (यशैया ६५:१७) क्षणिक समयको लागि दुष्टता रहन दिएको कारण संसारमा व्याप्त वेदना र दुःखकष्ट परमेश्‍वरले पूर्णरूपमा र सदाको लागि हटाउनुहुनेछ।

दोस्रो: परमेश्‍वरले दुःखकष्ट हटाउन निश्‍चित समय तोक्नुभएको छ। यहोवाले हिंसा र झगडा कहिलेसम्म रहन दिनुहुन्छ भनेर हबकूकले सोधेको प्रश्‍न सम्झनुहोस्‌। यहोवाले त्यस प्रश्‍नको यस्तो जवाफ दिनुभयो: “त्यो दर्शन ठहराएको समयमा पूरा हुनेछ, त्यो पूरा हुने बेला चाँडै आउँदैछ।” (हबकूक २:३) हामी यसपछिको लेखमा “ठहराएको समय” नजिकै छ भन्‍ने विषय हेर्नेछौं। ( w 09-E 12/01)

[फुटनोट]

a परमेश्‍वरले दुःखकष्ट हुन दिनुका कारणहरूबारे विस्तृत छलफलको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ११ हेर्नुहोस्‌।

[पृष्ठ ७-मा भएको पेटी]

उज्ज्वल भविष्यलाई संकेत गर्ने बाइबल पदहरू

फेरि युद्ध हुनेछैन:

“आओ परमप्रभुका काम हेर, उहाँले पृथ्वीमा कस्तो उजाड पार्नुभएको छ। पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ।”—भजन ४६:८, ९.

प्रियजनहरू फर्किआउनेछन्‌:

“धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।”—प्रेरित २४:१५.

सबैका लागि खानेकुरा:

“पृथ्वीमा पहाडका टाकुराहरूमा प्रशस्त गरी अन्‍न हुनेछ।”—भजन ७२:१६.

रोग-बिमार हुनेछैन:

“त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’ ”—यशैया ३३:२४.

दुष्टहरू हुनेछैनन्‌:

“दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌, र विश्‍वासघातीहरू झारझैं फ्याँकिनेछन्‌।”—हितोपदेश २:२२.

न्याय छाउनेछ:

“हेर, राजा [ख्रीष्ट येशूले] न्यायोचित राज्य गर्नेछन्‌, र भारादारहरूले उचित शासन गर्नेछन्‌।”—यशैया ३२:१.

[पृष्ठ ७-मा भएका चित्रहरू]

हामीमाथि आइपर्न सक्ने कुनै पनि दुःखकष्ट परमेश्‍वरको राज्यले हटाउनेछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने