प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ७/१ पृ. १०
  • “मागिरहो अनि तिमीहरूलाई दिइनेछ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मागिरहो अनि तिमीहरूलाई दिइनेछ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले ‘उहाँसँग माग्नेहरूलाई पवित्र आत्मा दिनुहुन्छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • प्रार्थना सुन्‍नुहुने यहोवासँग डराऊ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • भगवान्‌लाई किन पुकार्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • येशूका उपदेशहरूले के तपाईंको प्रार्थनामा प्रभाव पार्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ७/१ पृ. १०

परमेश्‍वरको नजिक हुनुहोस्‌

“मागिरहो अनि तिमीहरूलाई दिइनेछ”

‘प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्‌।’ (लूका ११:१) यो बिन्ती येशूको एक जना चेलाले गरेका थिए। यसको जवाफमा येशूले दुइटा कथा सुनाउनुभयो। प्रार्थना कसरी गर्ने र परमेश्‍वर कस्तो प्रार्थना सुन्‍नुहुन्छ भनेर ती कथाले प्रस्ट पार्छ। परमेश्‍वरले प्रार्थना सुन्‍नुहुन्छ कि हुन्‍न जस्तो लाग्छ भने येशूको जवाफ तपाईंलाई रोचक लाग्नेछ।—लूका ११:५-१३ पढ्‌नुहोस्‌।

पहिलो कथामा प्रार्थना गर्ने व्यक्‍तिबारे बताइएको छ। (लूका ११:५-८) त्यस कथामा एक जना मानिसको घरमा राती अबेला पाहुना आउँछ। पाहुनालाई खुवाउन केही खानेकुरा छैन। उसलाई आपत्‌ पर्छ। रात निकै छिप्पिसकेको छ। तैपनि ऊ रोटी पैंचो माग्न साथीको घर जान्छ। सुरुमा त साथी उठ्‌न मान्दैन किनभने सबै सुतिसकेका छन्‌। तर ऊ लाज नमानी मागिरहन्छ। अन्ततः खानेकुरा दिन साथी बाध्य हुन्छ।a

यस कथाले प्रार्थनाबारे कुन कुरा बुझाउन खोज्दै छ? येशूले हामीलाई मागिरहनु, खोजिरहनु अनि ढकढक्याइरहनुको महत्त्वबारे बताउँदै हुनुहुन्थ्यो। (लूका ११:९, १०) किन? के येशूले परमेश्‍वर हाम्रो प्रार्थना सुन्‍न चाहनुहुन्‍न भन्‍न खोज्नुभएको हो? अहँ, त्यसो होइन। परमेश्‍वर मदत गर्न हिचकिचाउने साथीजस्तो हुनुहुन्‍न, उहाँमाथि विश्‍वास राखेर प्रार्थना गर्नेहरूको उचित इच्छा पूरा गर्न उहाँ इच्छुक हुनुहुन्छ। अटुट रूपमा प्रार्थना गरिरहेर हामी यस्तो विश्‍वास देखाउँछौं। एउटै कुरा पटक-पटक मागिरहँदा के प्रस्ट हुन्छ भने हामी आफूले मागेको कुरा साँच्चै चाहन्छौं र परमेश्‍वरले त्यो दिनुहुन्छ भनेर पक्का विश्‍वास गर्छौं। तर हाम्रो माग परमेश्‍वरको इच्छाबमोजिम हुनुपर्छ।—मर्कूस ११:२४; १ यूहन्‍ना ५:१४.

दोस्रो कथाले “प्रार्थना सुन्‍नुहुने” यहोवा परमेश्‍वरबारे बताउँछ। (भजन ६५:२) येशूले यस्तो प्रश्‍न सोध्नुभयो: “तिमीहरूमध्ये कोचाहिं यस्तो बुबा होला, जसले आफ्नो छोराले माछा माग्दा माछाको सट्टा सर्प देला? अथवा उसले अण्डा माग्दा बिच्छी देला?” जवाफ स्पष्ट छ, मायालु बुबाले छोराछोरीलाई कहिल्यै नराम्रो कुरा दिंदैन। येशूले कथाको अर्थ यसरी बुझाउनुहुन्छ: त्रुटिपूर्ण बुबाले त छोराछोरीलाई “राम्रा कुरा” दिन्छ भने “स्वर्गमा बस्नुहुने बुबाले” पृथ्वीमा रहेका छोराछोरीलाई सबैभन्दा राम्रो कुरा अर्थात्‌ ‘पवित्र शक्‍ति झन्‌ कत्ति धेरै दिनुहुनेछ!’b—लूका ११:११-१३; मत्ती ७:११.

परमेश्‍वरमाथि विश्‍वास राखेर प्रार्थना गर्नेहरूको उचित इच्छा पूरा गर्न उहाँ इच्छुक हुनुहुन्छ

यस कथाले “प्रार्थना सुन्‍नुहुने” यहोवाबारे के बताउँछ? यहोवा हाम्रो मायालु बुबा हुनुहुन्छ अनि उहाँ हाम्रो आवश्‍यकता पूरा गरिदिन इच्छुक हुनुहुन्छ भनेर येशूले बताउन खोज्दै हुनुहुन्थ्यो। यसकारण यहोवाका उपासकहरू कुनै सङ्‌कोच नमानी उहाँसामु आफ्नो बिन्ती राख्न सक्छन्‌। उहाँ हाम्रो सर्वोत्तम हित चाहनुहुन्छ। यो कुरा थाह पाउँदा उहाँको जवाफ हामीले सोचेभन्दा फरक किन नहोस्‌, त्यो सजिलै स्वीकार्न सक्नेछौं।c (w13-E 04/01)

सुझावित बाइबल पढाइ

लूका ७-२१

a येशूले भन्‍नुभएको कथाबाट त्यतिबेलाको प्रचलन बुझ्न सक्छौं। यहूदीहरू अतिथि सत्कार गर्नुलाई एकदमै महत्त्वपूर्ण ठान्थे। मानिसहरू दिनभरिलाई पुग्नेगरि रोटी बनाउँथे। त्यसकारण पैंचो लिनु/दिनु सामान्य कुरा थियो। अनि परिवार गरिब छ भने सबै जना एउटै कोठामा भुइँमा सुत्नु अनौठो थिएन।

b येशूले दुइटा कुराबीचको तुलना स्पष्ट पार्न “झन्‌ कत्ति धेरै” भन्‍ने अभिव्यक्‍ति अक्सर प्रयोग गर्नुहुन्थ्यो।

c प्रार्थना कसरी गर्ने र परमेश्‍वर कस्तो प्रार्थना सुन्‍नुहुन्छ भन्‍नेबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय १७ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने