प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • brwp131101 पृ. ४
  • परमेश्‍वरको नाम छैन भन्‍ने झूट

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको नाम छैन भन्‍ने झूट
  • प्रहरीधरहरा: ईश्‍वरदेखि टाढा लैजाने झूटहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको नाम
    ब्यूँझनुहोस्‌!—२०१७
  • साँचो ईश्‍वरको नाम के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • ईश्‍वरको नाम थाह पाउनुहोस्‌ र प्रयोग गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • यहोवाको महान्‌ नामको आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा: ईश्‍वरदेखि टाढा लैजाने झूटहरू
brwp131101 पृ. ४

आवरण लेख | परमेश्‍वरलाई प्रेम गर्न असम्भव छ भन्‍ने झूट

परमेश्‍वरको नाम छैन भन्‍ने झूट

धेरैले के विश्‍वास गर्छन्‌?

“परमेश्‍वरलाई चिनाउने एउटा छुट्टै नाम छ कि छैन भन्‍ने विषयमा हामी एकमत हुन सकेका छैनौँ। यदि नाम छ नै भने पनि त्यो नाम के होला, हामी भन्‍न सक्दैनौँ।”—प्राध्यापक डेभिड कनिङघम, धर्मसम्बन्धी अध्ययन।

बाइबलले सिकाउने सत्य के हो?

परमेश्‍वर भन्‍नुहुन्छ: “म यहोवा हुँ। मेरो नाम त्यही हो।” (यसैया ४२:८) यहोवा हिब्रू नाम हो र त्यसको अर्थ हो, “बन्‍ने र बनाउने उहाँ नै हुनुहुन्छ।”—उत्पत्ति २:४, फुटनोट।

यहोवा हामीले उहाँको नाम प्रयोग गरेको चाहनुहुन्छ। बाइबल भन्छ: “उहाँको नाम पुकार। जातिजातिका मानिसहरूमाझ उहाँका कामहरूको बयान गर। उहाँको नाम कत्ति महान्‌ छ भनी घोषणा गर।”—यसैया १२:४.

येसुले परमेश्‍वरको नाम प्रयोग गर्नुभयो। उहाँले यहोवालाई प्रार्थनामा यसो भन्‍नुभयो: “मैले तिनीहरूलाई [येसुका चेलाहरूलाई] तपाईँको नाम प्रकट गरेको छु र प्रकट गर्नेछु।” उहाँले अझ यसो भन्‍नुभयो: “ताकि तपाईँले [परमेश्‍वरले] मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूले पनि प्रेम गरून्‌ र म तिनीहरूसित एकतामा हुन सकूँ।”—युहन्‍ना १७:२६.

यस विषयमा किन चासो राख्नुपर्छ?

धर्मविद्‌ वाल्टर लाओरीले लेखे: “परमेश्‍वरलाई उहाँको नामले नचिन्‍ने व्यक्‍तिले उहाँलाई साँच्चै चिनेको छ भन्‍न मिल्दैन अनि उहाँलाई एउटा अदृश्‍य शक्‍तिको रूपमा मात्र चिनेको छ भने उहाँलाई प्रेम गर्न पनि सक्दैन।”

भिक्टर नाम गरेका पुरुष हरेक हप्ता चर्च जान्थे। तर तिनलाई आफूले परमेश्‍वरलाई साँच्चै चिनेको छु जस्तो लाग्दैन थियो। तिनी भन्छन्‌: “पछि मैले परमेश्‍वरको नाम यहोवा हो भनेर थाह पाएँ। मलाई औपचारिक रूपमै उहाँको परिचय पाएको जस्तो लाग्यो। अब भने पहिल्यैदेखि धेरै कुरा सुन्दै आएको परमेश्‍वरलाई बल्ल भेटेको महसुस भयो। मलाई उहाँ एक जना वास्तविक व्यक्‍ति हुनुहुन्छ र उहाँसित मित्रता गाँस्न सकिन्छ जस्तो लाग्यो।”

परमेश्‍वरको नाम लुकाउँदा वा त्यसको ठाउँमा पदवी राख्दा बाइबलबाट त्यसलाई काटेर निकालेको जस्तै हुन्छ

यहोवा पनि उहाँको नाम प्रयोग गर्ने मानिसहरूको मित्र बन्‍नुहुन्छ। “उहाँको नामबारे सोच्नेहरूका” विषयमा उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “जसरी बुबाले आफ्नो आज्ञाकारी छोरामाथि टिठाउँछ, त्यसरी नै म तिनीहरूमाथि टिठाउनेछु।” (मलाकि ३:१६, १७) परमेश्‍वरको नाम पुकार्नेहरूलाई उहाँ इनाम पनि दिनुहुन्छ। बाइबल भन्छ: “हरेक जसले यहोवाको नाम पुकार्छ, उसले उद्धार पाउनेछ।”—रोमी १०:१३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने