प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 सङ्‌ख्या ४ पृ. ११-१२
  • एलियास हुटर र तिनका उल्लेखनीय हिब्रू बाइबलहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एलियास हुटर र तिनका उल्लेखनीय हिब्रू बाइबलहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “यस संस्करणको सुन्दरता”
  • “नयाँ करार”-को हिब्रू संस्करण
  • अमेट छाप पाऱ्‍यो
  • परमेश्‍वरको वचनका प्रेमीहरूका लागि उल्लेखनीय उपलब्धि
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • कुरा गर्न रुचाउनुहुने परमेश्‍वर—यहोवा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • नयाँ संसार अनुवाद—बुझ्न सजिलो र सही अनुवाद
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 सङ्‌ख्या ४ पृ. ११-१२

एलियास हुटर र तिनका उल्लेखनीय हिब्रू बाइबलहरू

के तपाईं बाइबलकालीन हिब्रू भाषा पढ्‌न सक्नुहुन्छ? सक्नुहुन्‍न होला। सायद तपाईंले हिब्रू भाषाको बाइबल पनि देख्नुभएको छैन होला। तर सोह्रौं शताब्दीका एक विज्ञ एलियास हुटर र तिनले प्रकाशित गरेका दुई हिब्रू बाइबल संस्करणबारे तपाईंले यस लेखमा थाह पाउन सक्नुहुन्छ। यसले बाइबलप्रति तपाईंको कृतज्ञता बढाउनेछ।

एलियास हुटर सन्‌ १५५३ मा जर्मनीको पूर्वी सिमानामा रहेको सानो सहर गोर्लिट्‌जमा जन्मेका थिए। हुटरले येनाको लुथरान विश्‍वविद्यालयमा मध्य-पूर्वी एसियाली भाषाहरू अध्ययन गरेका थिए। चौबीस वर्षको उमेरमा नै तिनी लिपजिगको विश्‍वविद्यालयमा हिब्रू भाषाको प्राध्यापक नियुक्‍त भएँ। तिनी शिक्षा क्षेत्रमा सुधार ल्याउन चाहन्थे। त्यसैले तिनले न्युरेमबर्गमा एउटा स्कुलको स्थापना गरे। त्यहाँ विद्यार्थीहरूले चार वर्षभित्रै हिब्रू, ग्रीक, ल्याटिन र जर्मन भाषा सिक्न सक्थे। जुन कुरा त्यतिबेलाका अरू कुनै पनि स्कुल वा विश्‍वविद्यालयमा सम्भव थिएन।

“यस संस्करणको सुन्दरता”

हुटरको हिब्रू बाइबलको आवरण पृष्ठ, सन्‌ १५८७

हुटरको हिब्रू बाइबलको आवरण पृष्ठ, सन्‌ १५८७

सन्‌ १५८७ मा हुटरले पुरानो करारको एक हिब्रू संस्करण प्रकाशित गरे। यो संस्करणको नाम देरेख हा-कोदेश राखियो। यशैया ३५:८ मा आधारित यो नामको अर्थ “पवित्र बाटो” हो। यस बाइबलमा प्रयोग गरिएको लिपिबारे यस्तो टिप्पणी गरिएको थियो: “हरेक पक्षले यस संस्करणको सुन्दरता झल्काउँछ।” हिब्रू सिक्न चाहने विद्यार्थीहरूको लागि मदतकारी साधन भएकोले पनि यो बाइबल अझ विशेष थियो।

हुटरको हिब्रू बाइबल किन यस्तो मदतकारी साबित भयो भनेर बुझ्न सुरुमा हिब्रू बाइबल पढ्‌न चाहनेहरूले सामना गर्नु परेको दुई वटा चुनौती विचार गरौं। पहिलो चुनौती, हिब्रू बाइबलमा अपरिचित अनि भिन्‍नै किसिमका अक्षरहरू प्रयोग गरिएको थियो। हिब्रू अक्षरहरू दायाँ देखि बायाँ पढिन्छ। दोस्रो चुनौती, शब्दसँगै जोडिएका प्रत्यय र उपसर्गको कारण मूल शब्द चिन्‍नै गाह्रो हुन्थ्यो। उदाहरणको लागि, “प्राण”-लाई बुझाउने हिब्रू शब्द नेफेश-लाई (נפשׁ) विचार गरौं। इजकिएल १८:४ मा हान्‌नेफेश शब्द (הנפשׁ) प्रयोग गरिएको छ जुन मूल शब्द नेफेश-मा (נפשׁ) उपसर्ग हा (ה) जोडिएर बनेको संयुक्‍त शब्द हो। तर हिब्रू भाषाको थोरै मात्र ज्ञान भएका व्यक्‍तिहरूलाई हान्‌नेफेश (הנפשׁ) मूल शब्द नेफेश-भन्दा (נפשׁ) बिलकुलै फरक लाग्न सक्थ्यो।

आफ्नो विद्यार्थीहरूलाई मदत गर्न हुटरले विशेष किसिमको छाप्ने शैली प्रयोग गरे। तिनले हिब्रू भाषाको मूल शब्द गाढा अक्षरमा अनि प्रत्यय र उपसर्गलाई पातलो अक्षरमा छापे। यस्तो शैलीले गर्दा विद्यार्थीहरूलाई हिब्रू भाषाको मूल शब्द चिन्‍न सजिलो भयो जसको कारण उनीहरूलाई हिब्रू भाषा सिक्न अझै मदत पुग्यो। अङ्‌ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद—सन्दर्भसहित बाइबलको फुटनोटमा यस्तै शैली प्रयोग गरिएको छ।a यसमा हिब्रू भाषाको मूल शब्द गाढा अक्षरमा लेखिएको छ भने प्रत्यय र उपसर्ग साधारण अक्षरमै लेखिएको छ। माथिको चित्रमा हुटरको हिब्रू बाइबलमा अनि सन्दर्भसहित बाइबलको फुटनोटमा इजकिएल १८:४ पद एउटै शैलीमा लेखिएको कुरा देखाइएको छ।

हुटरको हिब्रू बाइबलमा इजकिएल १८:४ अनि नयाँ संसार अनुवाद—सन्दर्भसहित बाइबलको फुटनोट

“नयाँ करार”-को हिब्रू संस्करण

हुटरले बाइबलको नयाँ करार बाह्र वटा भाषामा प्रकाशित गरे। यो संस्करण सन्‌ १५९९ मा न्युरेमबर्गमा प्रकाशित भएको थियो जसलाई न्युरेमबर्ग पोलिग्लट पनि भनिन्छ। यस पोलिग्लटमा हुटरले ख्रीष्टियन ग्रीक धर्मशास्त्रको हिब्रू अनुवाद पनि समावेश गर्न चाहन्थे। तिनले हिब्रू भाषाको बाइबल अनुवाद पाउन आफू “जस्तोसुकै मोल चुकाउन पनि तयार भएको” कुरा बताए। तर उक्‍त अनुवाद खोज्न जति नै प्रयास गरे तापनि त्यो व्यर्थ हुने थियो।b त्यसैले तिनी आफैले नयाँ करार ग्रीक भाषाबाट हिब्रू भाषामा अनुवाद गर्ने निर्णय गरे। अन्य कामकाजलाई पाखा लगाउँदै तिनले पूरै अनुवाद एक वर्षमै गरी सिद्धाए।

हुटरले गरेको ख्रीष्टियन ग्रीक धर्मशास्त्रको हिब्रू अनुवाद कतिको गुणस्तरीय थियो? उन्‍नाइसौं शताब्दीका हिब्रू विज्ञ फ्रान्ज डेलिट्‌सले यस्तो लेखे: “तिनको हिब्रू अनुवाद ख्रीष्टियनहरूले सजिलै बुझ्न सक्ने खालको थियो र यो अहिले पनि अनुसन्धानका लागि उपयोगी छ। किनभने तिनले अनुवादमा चलाएका शब्दहरू एकदमै सही छन्‌।”

अमेट छाप पाऱ्‍यो

हुटर आफ्नो अनुवाद कार्यबाट आर्थिक रूपमा सम्पन्‍न भएनन्‌। तिनले प्रकाशित गरेका संस्करणहरू खासै बिक्री हुन सकेन। तैपनि तिनले गरेको काम महत्त्वपूर्ण साबित भयो र यसले अमेट छाप छोड्‌यो। उदाहरणको लागि, नयाँ करारको तिनको हिब्रू अनुवाद सन्‌ १६६१ मा विलियम रोबर्टसनले अनि सन्‌ १७९८ मा रिचर्ड काडिकले संशोधन गरी पुनः प्रकाशित गरे। मौलिक ग्रीकबाट अनुवाद गर्दा हुटरले किरिओस (प्रभु) र थिओस (परमेश्‍वर) जस्ता पदवीहरूलाई “यहोवा” (יהוה, JHVH) भनी अनुवाद गरे। तिनले हिब्रू धर्मशास्त्रबाट सिधै उद्धृत गरिएको र परमेश्‍वरको नाउँ हुनुपर्छ जस्तो लागेको ठाउँहरूमा परमेश्‍वरको व्यक्‍तिगत नाउँ राखी अनुवाद गरे। तर अरू थुप्रै नयाँ करारको अनुवादहरूमा भने परमेश्‍वरको व्यक्‍तिगत नाम प्रयोग गरिएको छैन। हुटरको अनुवादले ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा परमेश्‍वरको व्यक्‍तिगत नाम पुनर्स्थापित गर्न थप मदत दिएको छ।

अर्को पटक, तपाईंले ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा परमेश्‍वरको नाम यहोवा देख्नुभयो भने एलियास हुटरले गरेका काम र तिनका उल्लेखनीय हिब्रू बाइबलहरू सम्झिनुहोस्‌।

a सन्दर्भसहित बाइबलमा इजकिएल १८:४ को दोस्रो फुटनोट र अतिरिक्‍त लेख ३ख (Appendix 3B) हेर्नुहोस्‌।

b वास्तवमा विज्ञहरूले नयाँ करार हिब्रू भाषामा पहिल्यै अनुवाद गरिसकेका थिए। तीमध्ये एक जना सन्‌ १३६० तिरका साइमन आटुमानोस थिए। त्यस्तै अर्को विज्ञ सन्‌ १५६५ तिरका जर्मनीका ओसवाल्ट स्रेकानफुक्स थिए। उनीहरूले गरेका नयाँ करारको हिब्रू अनुवादहरू कहिल्यै प्रकाशित भएनन्‌ र ती अहिले हराइसके।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने