प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 मार्च पृ. १
  • के तपाईं सहायक अग्रगामी कामगर्न सक्नु हुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं सहायक अग्रगामी कामगर्न सक्नु हुन्छ?
  • हाम्रो राज्य सेवकाई—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ सेवा वर्षमा राख्न सकिने उपयुक्‍त लक्ष्य
    हाम्रो राज्य सेवकाई—२००७
  • ४,००० सहायक अग्रगामीहरू चाहियो
    हाम्रो राज्य सेवकाई—१९९७
  • यहोवा नै सर्वश्रेष्ठ हुनुहुन्छ भनेर घोषणा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
  • के हामी फेरि गर्नेछौं?—सहायक अग्रगामी गर्ने अर्को आह्वान
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९२
km92 मार्च पृ. १

के तपाईं सहायक अग्रगामी कामगर्न सक्नु हुन्छ?

१ येशूले आफ्नो चेलाहरुलाई सेवकाइको निमित्त आफूलाई निरङ्‌कुश देऊन्‌ भनि प्रोत्साहन दिनुभयो, र उहाँले तिनीहरुलाई आश्‍वासन दिनुभयो कि यो मार्ग पच्छ्याएमा यसले तिनीहरुका निमित्त आनन्द एवं अनेकन्‌ आध्यात्मिक आशिष्‌हरु ल्याउँनेछ। (मत्ती १०:८ख; प्रे० २०:३५) गत अप्रेलमा सहायक अग्रगामीको रुपमा ८७७ जनाले अधिक्य गतिविधिवाट प्राप्तहुने हर्षलाई अग्रगण्य अनुभव गरे। यसै वर्षको अप्रेल किंवा मईमा वा संभव छ भने दुवै महिनाका लागि सहायक अग्रगामीको रुपमा आफ्नो नाउँ दर्ता गरेर के तपाईं पनि यी आशिष्‌हरु को सहभागी हुन सक्नु हुन्छ?—भजन० ३४:८.

२ आफ्नो परिस्थितिलाई विचार गर्नुहुँदा: जसै तपाईंले निम्न उद्धृत अनुभवहरुलाई जाँच्नु हुनेछ, आफैलाई सोध्नुहोस्‌: “यी मध्ये कुनै एउटा उदाहरणमा के मैले आफूलाई देख्छु? सहायक अग्रगामी कामको निमित्त मार्ग खोल्नका लागि चाहिंदो छाँटकाँट मैले कसरी गर्न सक्छु होला?”

३ एउटी बहिनीको पाँच जना छोरा–छोरीलगायत जागिर हुँदाहुँदै पनि तिनले सहायक अग्रगामी कामगर्न सकिन्‌। तिनले यसको लागि के इनाम पाइन्‌? तिनको श्रीमान अनि छोरा–छोरीले तिनलाई उत्तमोत्तम प्रकारले समर्थन गरे, अनि त्यो बहिनीले दिएका राम्रो उदाहरण फलस्वरुप, त्यसपछिको महिनामा तिनको श्रीमानले अबप्तिस्माप्राप्त प्रकाशक हुने प्रेरणा पाए।

४ एउटा मण्डलीमा त्यहाँका सबै प्राचीनहरु र सेवकाइ दासहरु एक महिनाको लागि सहायक अग्रगामी भए। हुनः त प्रायः सबैनै जागिरे थिए, तरैपनि सप्ताहान्तहुँदो तिनीहरु आध्यात्मिक गतिविधिहरुमा ज्यादै नै व्यस्त रहन्थ्ये। तिनीहरुले क्षेत्र सेवाको व्यवस्थापन र प्रचारमा प्रदान गरेका असल नेतृत्ववाट सम्पूर्ण मण्डलीलाई धेरै लाभ भयो। त्यो महिना त्यहाँ रहेका कुल ७७ प्रकाशकहरु मध्ये, ७३ जना अग्रगामी सेवामा कुनै न कुनै रुपमा सहभागी भए।

५ एउटी १५–वर्षीय स्कूल छात्राले आफ्नो दुइ–साता लामो ग्रीष्म यामको विदालाई सहायक अग्रगामी सेवामा सहभागी हुन चलाइन्‌ र भन्छिन्‌: “म वास्तवमा भिन्‍नता देख्छु, विशेष गरी वार्तालाप गर्नुमा उन्‍नती भएको देख्छु। ढोका–ढोकामा मैले अरु धेरै वार्तालाप गर्न सकें।”

६ जागिरवाट अवकाश प्राप्त गरेकाहरुले पनि अधिराज्य सम्बन्धी कार्यमा तल्लीन हुन प्रायः उत्तमोत्तम अवसर पाउँछन्‌। आफ्नो श्रीमानको मृत्युपश्‍चात, एउटी ८४–वर्षीय बहिनीले लेखिन्‌: “मेरा सबै छोरा–छोरीहरु हुर्किसकेका थिए र बिहे भैसकेको थियो र सबैको आआफ्ना परिवार थियो। तिनीहरुले मेरो बेवास्ता ता गरेनन्‌, तरैपनि मैले उठाएको खति अनि एक्लोपनाको भावनालाई तिनीहरुको आगमले जित्न सकेन। तब मण्डलीका एकजना प्राचीनले मलाई सहायक अग्रगामी काम गरि हेर्नुहोस्‌ भनि सुझाव दिनुभयो। म हिचकिचाएँ तर आखिरसन्‌ एकपटक त गरि हेरौं न भनेर म अघि सरें। त्यो आनन्द कस्तो! मलाई यस्तो लाग्यो कि यहोवाले मलाई यो आयुसम्म बाँच्न दिनु भएको अर्थ मैले सहायक अग्रगामी कामलाई अनुभव गर्न सकौं भनेर पो रहेछ। तब देखि यसो प्रत्येक महिना मँ सहायक अग्रगामीको रुपमा काम गरिरहेकि छु।”

७ स्थावर सम्पत्ति किनबेच गर्ने एकजना भाइले घरहरु देखाउँनको निमित्त आफ्नो सारिणीलाई अग्रगामी सेवाको लागि समय हुने गरि छाँटकाँट गर्नुभएछ। यस्तो बढ्‌ती गतिविधिहरुको निमित्त ठाउँ बनाउँनुका लागि अरुहरुले पनि यसै प्रकारले आफ्नो रोजगारमा छाँटकाँट ल्याएका छन्‌।

८ आफ्नो योजनाहरु अहिल्यै बनाउनुहोस्‌: अप्रेल अनि मईमा सहायक अग्रगामी काम गर्नको निमित्त अहिल्यै सकारात्मक योजनाहरु बनाए कसो होला? सफल हुनका लागि, योजनालाई होसियारीपूर्वक बनाउनु आवश्‍यक छ। यस कुरोको प्रमाण पारिवारिक दायित्व, पूरो–समयको जागिर, अनि अरु अन्य शास्त्रीय जिम्मेवारी बावजुद सहायक अग्रगामी हुन सकेकाहरुको अनुभववाट प्रत्यक्ष छ। अरुहरुको अनुभववाट लाभ उठाउनका लागि अग्रगामी कामलाई सफलतापूर्वक गर्नेहरु सँग विचारको आदान प्रदान गर्नुहोस्‌। साथै, मदत माग्नका लागि, प्रार्थनामा यहोवाकहाँ जानुहोस्‌।—यशै० ४०:२९-३१; या० १:५.

९ यसमा कुनै शंका छैन, सहायक अग्रगामी भएर सेवागर्न आफ्नो कामकाज मिलाउनेहरु का आनन्द धेरै हुन्छन्‌। यदि तपाईं अहिलेसम्म पूर्ण–समय सेवामा हुनुहुन्‍न भने, के तपाईंले यस विशेषाधिकारको आनन्द उठाई रहनु भएको हुने छ होला? अरुहरु सँग सुसमाचार बाँड्‌नको लागि यदि तपाईंले आफ्नो विशेषाधिकारलाई विस्तृतपार्ने प्रयत्न गर्नुभयो भने, अवश्‍यनै यहोवाले तपाईंमाथि धनिक आशिष्‌ खनाउँनु हुनेछन्‌। मला० ३:१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने