प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 जनवरी पृ. १
  • सभामा उपस्थिति—एउटा गम्भीर जिम्मेवारी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सभामा उपस्थिति—एउटा गम्भीर जिम्मेवारी
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • उपासनाको लागि हामी किन एक ठाउँमा भेला हुनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • सभामा नियमित उपस्थिति —एउटा प्राथमिकता
    हाम्रो राज्य सेवकाई—२००४
  • “प्रेम र सुकर्म गर्न उत्साहित” बनाउने सभाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • प्राथमिकता दिनुपर्ने कुरालाई प्राथमिकता दिनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 जनवरी पृ. १

सभामा उपस्थिति—एउटा गम्भीर जिम्मेवारी

१ सभामा उपस्थित हुने कुरालाई तपाईं कतिको महत्त्व दिनु हुन्छ? यो एउटा निकै गहिरो प्रश्‍न हो, होइन र? निःसन्देह, हामी सबैले नै सभाहरूको मूल्याङ्‌कन गरेका छौं जस्तो लाग्छ। तथापि, प्राप्त रिपोर्टअनुसार कुनै कुनै मण्डलीहरूको सभामा उपस्थिति हालसालै घटेको छ। यसको कारण के हुन सक्छ? के हामीमध्ये कसै कसैले अनावश्‍यक काम, थकान, शारीरिक अस्वस्थता, घरको कामकाज, खराब मौसम इत्यादि कारणहरूले गर्दा सभाहरूमा नियमित तवरले उपस्थित हुनु पर्ने जिम्मेवारीलाई पन्छ्याउँदै छौं कि? (व्यव० ३१:१२) तर सभामा भेला हुनु शास्त्रीय आवश्‍यकता भएकोले हामी प्रत्येकले प्रार्थनापूर्वक आफूलाई यो प्रश्‍न सोध्नु पर्छ: सभामा उपस्थित हुने कुरालाई म कत्तिको महत्त्व दिन्छु?

२ हाम्रा केही भाइहरू सभाहरूमा उपस्थित हुनका लागि कैयौं मील धूलै धूलो भएको बाटोमा घण्टौं हिंड्‌छन्‌ तथा गोहीहरूले भरिएको खोलाहरू समेत पार गर्छन्‌। तपाईंका आफ्नै मण्डलीहरूमा पनि केही त्यस्ता विश्‍वासी जनहरू होलान्‌ जो सञ्चो-बिसञ्चो, शारीरिक कमजोरी, जागिर खाने ठाउँमा कामको चटारो अथवा स्कूलका जिम्मेवारीहरूको बावजूद सभाहरूमा “जहिले पनि” उपस्थित हुन्छन्‌। (लूका २:३७) यसरी उपस्थित हुने हर प्रयास तिनीहरू किन गर्छन्‌? किनभने यो तनावै तनावले भरिएको संसारमा बाँच्ने चुनौतीको सामना आफ्नै बलमा सकिंदैन भनी तिनीहरूलाई थाह छ। तिनीहरू परमेश्‍वरबाट प्राप्त बलमा भर पर्नु पर्छ।—२ कोरि० १२:९, १०.

३ आज हामी प्राचीन मसीहीहरूले छाडेको उदाहरण अनुकरण गर्दछौं। प्रार्थना र अनुभवहरूको आदान प्रदान गर्न र परमेश्‍वरको वचन पढ्‌न तिनीहरू नियमित तवरले एक ठाउँमा भेला हुन्थे। (प्रेरित ४:२३-३०; ११:४-१८; कलस्सी ४:१६) हामीले पनि बाइबलका भविष्यवाणीहरू र शिक्षाहरू, साथै ईश्‍वरीय आचरण र मसीही नैतिकता, र शास्त्रमा दिएका सिद्धान्तहरूलाई होसियारीसित प्रयोगमा ल्याउँदै आफ्नो वर्तमान जीवनमा उन्‍नति गर्ने समयानुकूल सरसल्लाह पाइरहन्छौं। (१ तिमो० ४:८) यसका साथसाथै, सबै समस्या र दुःख कष्टहरूको एक दिन अन्त हुनेछ भन्‍ने हाम्रो आशाको पनि हामीलाई सम्झना गराइन्छ। यस आशालाई जीवित राख्नु अत्यावशक छ।—हिब्रू ६:१९.

४ सभामा उपस्थित हुने विषयलाई तपाईंको परिवारले कतिको महत्त्व दिन्छ? के त्यो खाना खानु अथवा काममा जानु जति कै महत्त्वपूर्ण छ? सभामा जाने दिन, के तपाईं जाउँ कि नजाउँ भनेर मनैमन तर्क गरी रहनु हुन्छ? कि के तपाईंको परिवारमा भाईहरूसित सङ्‌गत गर्नु एउटा अनिवार्य कुरा हो? थुप्रै प्रकाशकहरूले तिनीहरू केटा-केटी छँदा तिनीहरूका आमाबाबुले देखाएको उदाहरण सम्झन्छन्‌। एक जना प्राचीन बडो आनन्दसाथ सम्झन्दै भन्छन्‌: “मेरो पिताले आफ्नो परिवारलाई सभामा जसरी भएपनि उपस्थित गराउनु हुन्थ्यो। कोही बिरामी भएको खण्डमा हामी मध्ये एक जना बिरामीसित घरमा बसेर बाँकी चाहिं सभामा जान्थ्यौं!”

५ यी आत्मिक प्रबन्धहरूका लागि आफ्नो मूल्याङ्‌कन बढाउन हाम्रो राज्य सेवकाई-का आउदो अङ्‌कहरूमा हामीले प्रत्येक सभाको महत्त्व छलफल गर्नेछौं। सभाहरूमा तपाईंको पनि उपस्थिति अलिक नियमति छैन भने, कस्ताकस्ता असल कुराहरू तपाईंबाट छुटिरहेछन्‌, सो बुझ्ने मदत ती लेखहरूबाट पाउनु हुनेछ। सभा सञ्चालन गर्नेले याद राख्नु पर्ने मदतकारी सल्लाहका साथै हामी सबैले सभाका लागि तयारी गर्दा र सभामा भाग लिंदा प्रयोगमा ल्याउन सक्ने सुझावहरू पनि ती लेखहरूमा पाइने छन्‌। सभाहरूमा तपाईंको उपस्थिति कस्तो छ, सो सपरिवार बसेर प्रार्थनापूर्वक किन विचार गर्नु हुन्‍न? यसपछि, आफ्नो गतिविधिमा आवश्‍यक छाँट-काँट गर्नुहोस्‌। सभाहरूमा नियमित तवरले उपस्थित हुनु हाम्रो ईश्‍वरतान्त्रिक शिक्षाको एउटा महत्त्वपूर्ण भाग हो। जरुर पनि यसलाई अति नै ठूलो महत्त्व दिनु पर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने