चासो देखाउनेहरूलाई प्रेमपूर्वक मदत गर्नुहोस्
१ परमेश्वरको सत्य वचनमाथि निष्कपट चासो देखाउने इथियोपियालीलाई भेट्न यहोवाको स्वर्गदूतले निर्देशन दिंदा फिलिपले त्यस इथियोपियालीलाई प्रेमपूर्वक तिनले पढेका कुरा बुझ्न मदत दिने प्रस्ताव राखे। (प्रे. ८:२६-३९) चासो देखाउनेहरूलाई मदत दिन के हामी विशेष प्रयत्न गर्छौं? हामीलाई दिइएको ईश्वरीय जिम्मेवारीमा चेला बनाउने काम समावेश भएको हुँदा हामीले त्यस्तो यत्न गर्नुपर्ने हो। (मत्ती २८:१९, २०) तिनीहरूलाई मदत दिन हामी के गर्न सक्छौं?
२ पुनःभेटका लागि हर हप्ता समय छुट्ट्याउनुहोस्। चासो देखाउने व्यक्तिहरूलाई भेट्ने प्रबन्ध मिलाएर पहिलो भेटमा सुरु गर्नुभएको शास्त्रीय छलफललाई कायम राख्ने कोशिश गर्नुहोस्। बाइबल अध्ययन सुरु गर्ने लक्ष्य मनमा राख्नुहोस्। घरधनी ग्राहक बन्न अझै पनि हिचकिचाइरहेको छ भने प्रहरीधरहरा र अवेक! का ताजा अङ्कहरू लिएर नियमित तवरले जानुहोस्।
३ पहिलो भेटमा बाइबलको महत्त्वबारे छलफल गर्नुभएको थियो भने, “रीजनिङ्ग” पुस्तकको पृष्ठ ६६ मा दिइएको सुझाव चलाएर यसो भने कसो होला:
▪“हाम्रो आधुनिक संसारका लागि बाइबलको सुझाव त्यति व्यवहारिक छैन भनी केही व्यक्तिहरूले महसुस गर्छन्। तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] आनन्दित पारिवारिक जीवनका लागि राम्रो सल्लाह दिने पुस्तक के अव्यवहारिक होला जस्तो तपाईंलाई लाग्छ? [टिप्पणी गर्ने मौका दिनुहोस्।] पारिवारिक जीवनसँग सम्बन्धित सिद्धान्तहरू र चलनहरू परिवर्तन भएका छन् र त्यसका परिणामहरू आज हामी राम्रो भएको देख्दैनौं। तर बाइबलका सल्लाहहरू प्रयोग गर्ने परिवारहरू धेरैजसो स्थिर र आनन्दित छन्।” त्यसपछि कलस्सी ३:१८-२१ पढेर तपाई किन बाइबलमा विश्वास गर्न सकनु हुन्छ? नामक पर्चा दिनुहोस् र हामी निश्शुल्क बाइबल अध्ययन गर्छौं भनी बताउनुहोस्।
४ मृत व्यक्तिहरूको अवस्थाबारे तपाईंले यसरी छलफल सुरु गर्नु भए पनि हुन्छ:
▪“मरेका मानिसहरूका अवस्थाबारे निकै कुराहरू सुनिन्छन्। मरेपछि हामीलाई के हुन्छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] मृत्युपछि हाम्रो अस्तित्व अर्कै हुन्छ भनेर धेरै धर्महरू सिकाउँछन्। तर यस सम्बन्धमा बाइबलले बताउने कुरा सुनेर धेरै व्यक्तिहरू छक्क परेका छन्। [उपदेशक ९:५ पढ्नुहोस्।] मरेका मानिसहरू अचेत अवस्थामा हुने भए तापनि तिनीहरू बिर्सिएका छैनन्। परमेश्वरले आफ्नो राज्यमा तिनीहरूलाई फेरि जीवन दिन्छु भनी प्रतिज्ञा गर्नुभएको छ।” त्यसपछि अक्टोबर १५, १९९४, वाचटावर अथवा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको पृष्ठ १६२ पल्टाएर त्यहाँ दिइएका शास्त्रपद तथा चित्रहरू छलफल गर्नुहोस्। बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर अर्को पुनःभेटको प्रबन्ध मिलाउनुहोस्।
५ युद्धबारे मसीही दृष्टिकोण बताउन चाहनुहुन्छ भने तपाईंले यसो भन्नु भए पनि हुन्छ:
▪“विवाद अन्त गर्ने एक मात्र उपाय युद्ध हो भनेर केही व्यक्तिहरू विश्वास गर्छन्। तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौको दिनुहोस्।] तर मानिसहरू शान्तिपूर्वक मिलेर बसेको परमेश्वर चाहनुहुन्छ भनेर बाइबलले बताउँछ। [रोमी १२:१७, १८ पढ्नुहोस्।] परमेश्वरको राज्य शासनमा सारा संसारभरि त्यो कुरा वास्तविक हुनेछ।” त्यसपछि के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? पुस्तिकाको पृष्ठ २५-६ देखाउनुहोस्। अन्तमा भविष्यका लागि बाइबलले कस्तो आशा दिन्छ भनी बताउन पुनः फर्केर आउने प्रस्ताव राख्नुहोस्।
६ अरूले नडोऱ्याइकन आफूले पढेको कुरा बुझ्न सकिंदैन भनेर इथियोपियाली नपुंसकले मानिलिए। (प्रे. ८:३१) र फिलिपले प्रेमपूर्वक तिनलाई चाहिएको मदत दिए। त्यसैअनुरूप हामी पनि अरूलाई मदत गरेर आफ्नो साँचो प्रेम देखाउन सक्छौं।