प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 जून पृ. ४
  • यहोवा हाम्रो सृष्टिकर्ता हुनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा हाम्रो सृष्टिकर्ता हुनुहुन्छ
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो सृजनहारको आदर गर्न अरूलाई मदत दिने
    हाम्रो राज्य सेवकाई—१९९४
  • क्षेत्र सेवकाईका लागि सुझावित प्रस्तुतिहरू
    हाम्रो राज्य सेवकाई—२००५
  • परमेश्‍वरबाटको ज्ञानले थुप्रै प्रश्‍नको जवाफ दिन्छ
    हाम्रो राज्य सेवकाई—१९९७
  • सकारात्मक मनोवृत्ति राखेर सुसमाचार प्रस्तुत गर्ने
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 जून पृ. ४

यहोवा हाम्रो सृष्टिकर्ता हुनुहुन्छ

१ परमेश्‍वरले जीवन सिर्जनुभयो भनेर लाखौं मानिसहरू विश्‍वास गर्छन्‌। अरू धेरै विकासवादमा विश्‍वास गर्छन्‌। अनि अर्कोतर्फ के मा विश्‍वास गर्ने भनेर निश्‍चित नभएकाहरू पनि छन्‌। लाइफ—हाउ डिड इट गेट ह्‍यर? बाइ एभलुशन अर बाइ क्रिएशन? (जीवन—यहाँ कसरी आयो? विकासवाद वा सृष्टिद्वारा?) नामक पुस्तक यस्ता मानिसहरूको लागि हो। यस पुस्तकमा जीवन यहाँ कसरी आयो र हाम्रो भविष्यमा यसले के अर्थ राख्नेछ भनेर पूर्णरूपमा अनुसन्धान गरेर व्याख्या गरेको छ। हामी जून महिनामा यथासम्भव सबै ठाउँहरूमा यो पुस्तक प्रस्तुत गर्नेछौं। तर घरधनीले अंग्रेजी पढ्‌न जान्दैनन्‌ भने त्यहाँ कुनै १९२ पृष्ठ भएको नयाँ पुस्तक प्रस्तुत गर्नेछौं।

२ विज्ञान क्षेत्रका प्रतिष्ठित व्यक्‍तिहरूले पनि यस पुस्तकको तर्क स्वीकारेका छन्‌। नेदरल्यान्डस्‌का एक वैज्ञानिक अन्वेषकले लेखे: “यस पुस्तक अपेक्षा गरेभन्दा धेरै राम्रो छ। अध्यायहरूमा दिएका तर्क र उदाहरणहरू वैज्ञानिक ढंगमा यति नवीनतम छन्‌, यसको विरोधमा प्रश्‍न उठाउन त तपाईं विवेकशून्य नै हुनुपर्छ।” एक वकिलले घोषणा गरे: “मैले यसलाई चार चोटि पढिसके र त्यसको गहिरो अनुसन्धान, ज्ञान र यस पुस्तक उत्पादन गर्न समावेश गरिएका लिखित प्रमाणहरूसँग म प्रभावित छु।” अतः अरूले पनि यस पुस्तकको मूल्यांकन गर्नेछन्‌ भनेर हामी निर्धक्क हुनसक्छौं।

३ तपाईं यो छोटो प्रस्तुति चलाउन सक्नुहुन्छ:

▪पृष्ठ ६ पल्टाएर भन्‍नुहोस्‌: “प्रायजसो मानिसहरूले हाम्रो मनोहर पृथ्वी र जीवन संयोगवश आएको हो भनेर विचार गर्छन्‌। यी सबै कसरी आए भन्‍ने बारेमा तपाईंलाई तर्कसंगत स्पष्टीकरण के होला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] सृष्टिकर्ताबारे बाइबलले दिने विवरणलाई थुप्रै प्रमाणहरूले पुष्टि दिन्छ। हाम्रो सृष्टिकर्ता शक्‍तिशाली मात्र नभई हामीलाई असाध्यै प्रेम गर्ने पनि हुनुहुन्छ। बाइबलले उहाँको नाउँ यहोवा हो भनेर भन्छ।” भजन ८३:१८ पढ्‌नुहोस्‌ र सम्पूर्ण पृथ्वीलाई प्रमोदवनमा परिणत गर्ने उहाँको उद्देश्‍य कसरी हो भनेर छोटकरीमा बुझाउनुहोस्‌।

४ तपाईं प्रस्तुतिको महत्त्वपूर्ण बुँदामा तुरुन्तै पुग्न चाहनुहुन्छ भने, यस्तो भन्‍न सक्नुहुन्छ:

▪“के तपाईंले यो प्रश्‍नमाथि कहिल्यै विचार गर्नुभएको छ?” पुस्तकको शीर्षक देखाउँदै, पृष्ठ ७ पल्टाएर अनुच्छेद २ को प्रश्‍न पढ्‌नुहोस्‌ र यस पुस्तकले चित्तबुझ्दो जवाफहरू बाइबलबाट दिन्छ भनेर बुझाउनुहोस्‌।

५ वा तपाईं यो भन्‍न सक्नुहुन्छ:

▪“पृथ्वी कसरी अस्तित्वमा आयो भनेर के कहिल्यै विचार गर्नुभएको छ? धेरैले यो भयानक ब्रम्हाण्डीय विस्फोटको नतिजा हो भनेर दाबा गर्छन्‌। तपाईंको विचारमा के छ? [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबलले पृथ्वीलाई हाम्रो सधैंभरि बाँच्ने घरको रूपमा परमेश्‍वरले सृष्टि गर्नुभएको हो भनेर सिकाउँछ। हाम्रो सौर्य मण्डल अन्य ग्रहहरूभन्दा भिन्‍न छ। हामीलाई थाह भएअनुसार सम्पूर्ण ब्रम्हाण्डमा जीवन धान्‍न आवश्‍यक जटिल प्रबन्धहरू पृथ्वीमा मात्र छ।” पृष्ठ १३० को अनुच्छेद ५ पल्टाउनुहोस्‌ र यो पृथ्वी किन मुख्य कालिगढले नै रच्नुभएको हुनुपर्छ भनेर बुझाउनुहोस्‌।

६ अर्को प्रस्तुति यस्तो हुनसक्छ:

▪“केही मानिसहरू हामी वन मान्छेबाट विकास भएर आएका हौं भनेर विचार गर्छन्‌। तिनीहरू हाम्रा पुर्खाहरू यस्ता देखिन्थे भनेर दाबा गर्छन्‌। [पृष्ठ ८९ को चित्र देखाउनुहोस्‌।] तपाईंलाई कस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्‌। अनुच्छेद २० मा उल्लिखित कुरा देखाउनुहोस्‌ अनि प्रेरित ४:२४ पढ्‌नुहोस्‌ जसमा यहोवा हाम्रो सृष्टिकर्ता र जीवनदाता हुनुहुन्छ भनेर चिनाइएको छ। “यस पुस्तकले बाइबलमा लेखेको कुरासित विकासवादको सम्पूर्ण सिद्धान्तलाई जाँच गर्छ।” पृष्ठ ५ को विषय-सूची उल्लेख गर्नुहोस्‌ र केही शीर्षकहरू जस्तै अध्याय १, ७, १५, र १९ देखाउनुहोस्‌।

७ यो पुस्तक यहोवा र उहाँको वचनमा विश्‍वास नगर्नेहरूबाट ठगिएका निष्कपट व्यक्‍तिहरूका लागि आशिष्‌ साबित हुनसक्छ। क्रिएशन (सृष्टि) पुस्तकमा भएको तथ्यपूर्ण जानकारीले मायालु हेरचाह गर्ने सृष्टिकर्ताप्रति मूल्यांकन बढाउन तिनीहरूलाई मदत दिनसक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने