प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 फेब्रुअरी पृ. २
  • अप्रिल महिनामा पत्रिका वितरण गतिविधिका लागि तयार हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल महिनामा पत्रिका वितरण गतिविधिका लागि तयार हुनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईंको निमित्त मे महिना विशेष हुन्छ होला?
    हाम्रो राज्य सेवकाई—१९९२
  • के हामी सन्‌ २००० अप्रिललाई आफ्नो सर्वोत्तम महिना बनाउनसक्छौं?
    हाम्रो राज्य सेवकाई—२०००
  • अप्रिल—‘परिश्रम र प्रयत्न’ गर्नुपर्ने महिना
    हाम्रो राज्य सेवकाई—२००१
  • अप्रिल महिनाको दौडान के तपाईं यहोवाको अझ बढी प्रशंसा गर्न सक्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९४
हाम्रो राज्य सेवकाई—१९९६
km96 फेब्रुअरी पृ. २

अप्रिल महिनामा पत्रिका वितरण गतिविधिका लागि तयार हुनुहोस्‌

हाम्रो १९९६ क्यालेण्डर-मा संकेत गरिएझैं यस वर्ष प्रभुको साँझको भोज अप्रिल २ तारिखका दिन मनाइनेछ। यस महान्‌ अवसरबाट प्रोत्साहित भएर हामी प्रत्येकले अप्रिल महिनाभरि जोशिलो भई पत्रिका वितरणमा भाग लेऔं। साँच्चै हामीले कस्ता सामयिक पत्रिकाहरू प्रयोग गर्नेछौं! गत वर्ष जिल्ला अधिवेशनमा जनभाषणको शीर्षक थियो: “अनन्तका महाराजाको प्रशंसा गर्नुहोस्‌!” यही भाषणमाथि अप्रिल १ को प्रहरीधरहरा-ले ध्यान केन्द्रित गर्नेछ। अनि प्रहरीधरहरा, अप्रिल १५ को शीर्षक गत अप्रिल महिनाको विशेष भाषण, “झूटा धर्मको अन्त नजीकै छ” हुनेछ। अप्रिल २१ तारिखका दिन यस वर्षको विशेष भाषण “यस टेढो पुस्ताबीच निष्खोट रहनु” दिइनेछ। यो भाषणले परमेश्‍वरको राज्य गतिविधिमा जोडतोडसित भाग लिन उत्प्रेरित गर्नुपर्ने हो। “जब युद्धहरू हुनेछैनन्‌” विषयक अप्रिल २२ को अवेक! पनि प्रस्तुत गर्नेछौं।

गत अप्रिल महिनामा राज्य समाचार अभियानको दौडान भेटेका मानिसहरूलाई फेरि भेट्‌न यस वर्षको अप्रिल महिना पत्रिका वितरणको विशिष्ट महिना हुनुपर्ने हो। अहिल्यै योजना बनाइहाल्नुहोस्‌। धेरैले सहायक अग्रगामी गर्न चाहलान्‌। आवश्‍यकताअनुसार अप्रिल महिनाका लागि थप पत्रिकाहरू अर्डर गर्नुपर्छ। बिहान, दिउँसो अनि साँझ कति बेला हुन्छ, सबैले भाग लिन सकून्‌ भन्‍ने हेतूले पत्रिका दिनको निम्ति योजनाहरू बनाउन सकिन्छ। हामी सबै “वचन पालन गर्ने” होऔं। भजन ६९:९ मा मसीहबारे अग्रिमवाणी गरिएझैं हामी पनि यसो भन्‍नसकौं: “तपाईंको घरको जोशले मलाई खाएको छ।”—याकू. १:२२; यूह. २:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने