प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 नोभेम्बर पृ. १
  • के तपाईं परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्दै हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्दै हुनुहुन्छ?
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • ‘परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००१
  • “आत्माको तरवार” चलाउन सिपालु हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • बाइबल पदको उपयोगिता बताउनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 नोभेम्बर पृ. १

के तपाईं परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्दै हुनुहुन्छ?

१ पृथ्वीमा आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ शिक्षक येशू ख्रीष्ट हुनुहुन्थ्यो। उहाँ जुन तरिकाले कुरा गर्नुहुन्थ्यो, त्यसले मानिसहरूको हृदय छुन्थ्यो, तिनीहरूको भावना जगाउँथ्यो र असल काम गर्न तिनीहरू उत्प्रेरित हुन्थे। (मत्ती ७:२८, २९) उहाँ सधैं परमेश्‍वरको वचनलाई आफ्नो शिक्षाको आधार बनाउनुहुन्थ्यो। (लूका २४:४४, ४५) आफूलाई थाह भएजति जम्मै कुराहरू तथा आफ्नो शिक्षण क्षमताको सम्पूर्ण श्रेय उहाँले यहोवालाई दिनुभयो। (यूह. ७:१६) येशूले परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्नुभएर आफ्ना अनुयायीहरूका लागि एउटा सर्वोत्तम उदाहरण बसाल्नुभयो।—२ तिमो. २:१५.

२ परमेश्‍वरको वचनलाई प्रभावकारी ढंगमा प्रयोग गर्ने सन्दर्भमा प्रेरित पावल पनि एक विशिष्ट उदाहरण भए। तिनले अरूलाई धर्मशास्त्र पढेर मात्र सुनाएनन्‌ तर येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर परमेश्‍वरको वचनबाट प्रमाण प्रस्तुत गर्दै आफूले पढेको कुरा व्याख्या गर्नुका साथै तर्क गरे। (प्रेरि. १७:२-४) त्यसैगरि वाक्पटु चेला अपोल्लस पनि “धर्मशास्त्रमा पोख्त थिए,” र त्यो ठीकसँग प्रयोग गरेर तिनले सत्यलाई जोडदार ढंगमा प्रस्तुत गरे।—प्रेरि. १८:२४, २८.

३ परमेश्‍वरको वचनको शिक्षक हुनुहोस्‌: बाइबललाई उल्लेख गर्दै तथा त्यसबाट तर्क गर्दै इमानदार हृदय भएकाहरूलाई सिकाउँदा आधुनिक समयका राज्य उद्‌घोषकहरूले निकै सफलता प्राप्त गरेका छन्‌। एउटा घटना यस्तो छ: एक जना भाइले एक पास्टर र तिनका तीन अनुयायीहरूसित दुष्ट र धर्मीहरूको नियतिबारे तर्क गर्दा इजकिएल १८:४ र त्यससित सम्बन्धित शास्त्रपदहरू प्रयोग गरे। परिणामस्वरूप, चर्चका केही सदस्यहरूले अध्ययन गर्न थाले र एक जनाले अन्ततः सत्य ग्रहण गरे। अर्को घटना यसप्रकार छ: यहोवाका साक्षीहरू किन क्रिस्मस र जन्मोत्सव मनाउँदैनन्‌ त्यसबारे आफ्नो विरोधी पतिलाई व्याख्या गरी दिन एक जिज्ञासु स्त्रीले एउटी बहिनीलाई आग्रह गरिन्‌। उनले तर्क (अंग्रेजी) पुस्तकबाट धर्मशास्त्रीय जवाफ सोझै पढेर सुनाउँदा त्यस पुरुषले सहमति जनाए। तिनले ती जवाफहरूप्रति सहमति जनाएको देखेर तिनकी पत्नी साह्रै हर्षित भइन्‌ र यसो भनिन्‌: “हामी तपाईंका सभाहरूमा आउनेछौं।” अनि पति पनि राजी भए!

४ उपलब्ध मदत प्रयोग गर्नुहोस्‌: परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्न हामीलाई मदत गर्न हाम्रो राज्य सेवकाई तथा सेवा सभा कार्यक्रमले असल निर्देशन प्रदान गर्छ। सामयिक र प्रभावकारी साबित भएका अनि हाम्रै लाभको निम्ति प्रकाशित तथा प्रदर्शित विविध सुझावित प्रस्तुतिहरूप्रति थुप्रै प्रकाशकहरूले मूल्यांकन जाहेर गरेका छन्‌। धर्मशास्त्रबाट तर्क गर्ने-मा (अंग्रेजी) परमेश्‍वरको वचनका कुराहरूलाई ठीकसँग र सुस्पष्ट तरिकाले प्रस्तुत गर्ने ७० भन्दा धेरैवटा प्रमुख विषयहरूको अपार भण्डार प्रस्तुत गरिएको छ। नयाँ व्यक्‍तिहरूले बुझ्नुपर्ने बाइबलका सबैजसो आधारभूत शिक्षाहरू ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ-ले संक्षिप्त ढंगमा प्रस्तुत गर्छ। ईश्‍वरतान्त्रिक सेवकाई स्कूल निर्देशन पुस्तक-को (अंग्रेजी) पाठ २४ र २५ ले दक्ष शिक्षकहरू शास्त्रपदहरूको परिचय सही तरिकामा कसरी दिन्छन्‌, ती कसरी पढ्‌छन्‌ र प्रयोग गर्छन्‌ त्यो देखाउँछ। हाम्रोनिम्ति सजिलै उपलब्ध यी सबै मदतको भरपूर उपयोग गर्नुपर्छ।

५ परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्दा हामीले प्रचार गर्नेहरूका निम्ति त्यो “जीवित र प्रबल” र तिनीहरूको “हृदयको भावना र विचारलाई जाँच्न सक्ने” पाउनेछौं। (हिब्रू ४:१२) परमेश्‍वरको वचनबाट प्राप्त सफलताको आनन्दले गर्दा हामी अझ निर्भयतासाथ सत्यबारे बोल्न उत्प्रेरित हुनेछौं!—प्रेरि. ४:३१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने