प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 जून पृ. १
  • “भलाइ” गरिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “भलाइ” गरिरहनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • भलाइ गर्नमा हरेस नखानुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • यहोवाको सङ्‌गठनसित नजिक हुनुहोस्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • जवानमानिसहरू हो, यहोवाको हृदयलाई आनन्दित तुल्याउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • आनन्दित परमेश्‍वरसँग खुसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 जून पृ. १

“भलाइ” गरिरहनुहोस्‌

१ यहोवा परमेश्‍वरको सेवक बन्‍नुभएर तपाईंले राम्रो काम गर्नुभयो। तर अहिलेको कठिन समयमा “भलाइ” गरिरहनु एउटा चुनौती नै हो। (गला. ६:९) तथापि, साँच्चै प्रयास गरिरहेमा तपाईं अवश्‍य यसो गर्न सक्नुहुन्छ। तर कसरी?

२ येशूको मनोवृति विकास गर्नुहोस्‌: परमेश्‍वरको राज्य आशामा ध्यानकेन्द्रित गर्नुभयो भने, येशूले जस्तै तपाईंले पनि परीक्षाहरू सहन सक्नुहुनेछ। (हिब्रू १२:२, ३) यहोवा तपाईंलाई प्रेम गर्नुहुन्छ र तपाईं सफल भएको उहाँ चाहनुहुन्छ भनी ढुक्क हुनुहोस्‌। (२ पत्रु. ३:९) उहाँमाथि पूर्ण भरोसा राख्नुहोस्‌, उहाँले तपाईंलाई मदत गर्नुहुनेछ भनी विश्‍वस्त हुनुहोस्‌। (१ कोरि. १०:१३) यहोवालाई सहने बल दिनुहोस्‌ भन्दै अटुटसँग प्रार्थना गरिरहनुहोस्‌। (रोमी १२:१२) यसरी सहनुहुँदा परमेश्‍वरको नजरमा तपाईंले अनुमोदन पाउनुहुनेछ भन्‍ने आशामा रमाउनुहोस्‌। (रोमी ५:३-५) “येशूको . . . मन” खेती गर्ने तपाईंको निष्कपट प्रयासले आत्मसन्तुष्टि दिनेछ र यहोवाको हृदयलाई आनन्दित तुल्याउनेछ।—रोमी १५:५; हितो. २७:११.

३ भलाइ गरिरहनुहोस्‌: आफ्ना जनहरूलाई भलाइ गरिरहन मदत दिनको लागि यहोवाले गर्नुभएका प्रबन्धहरूबाट पूरापूर फाइदा उठाउनुहोस्‌। परमेश्‍वरको वचन पढ्‌ने अनि विश्‍वासी र बुद्धिमान्‌ दास वर्गमार्फत तयार पारिएका बाइबल आधारित प्रकाशनहरू पढ्‌ने राम्रो तालिका बनाउनुहोस्‌। मण्डलीका सबै सभाहरूको लागि तयारी गर्न, उपस्थित हुन र भाग लिन लगनशील हुनुहोस्‌। सभाअघि र पछि आफ्ना आध्यात्मिक भाइ तथा बहिनीहरूसँग घनिष्ठ हुन उनीहरूसित सरसंगत गर्नुहोस्‌। क्षेत्र सेवकाईमा अर्थपूर्ण ढंगमा भाग लिन र अरूलाई सुसमाचार सुनाउने आफ्नो दक्षतामा प्रगति गर्न व्यावहारिक लक्ष्यहरू बनाउनुहोस्‌।

४ यसरी तपाईं भलाइको काम निरन्तर गरिरहनुका साथै निकै आनन्दित हुन सक्नुहुनेछ। यस सन्दर्भमा इटालीका एक जना भाइले यसो भने: “यहोवाको सेवामा दिनभरि बिताएर साँझपख घर फर्कंदा म साह्रै थाकेको हुन्छु। तर म खुसी छु र कसैले हरण गर्न नसक्ने आनन्द यहोवाले मलाई दिनुभएकोमा म उहाँलाई धन्यवाद दिन्छु।” त्यसरी नै भलाइ गरिरहनुहोस्‌ र तपाईंले पनि अथाह आनन्द अनुभव गर्न सक्नुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने