प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 जुलाई पृ. १
  • पछि नहट्‌नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पछि नहट्‌नुहोस्‌!
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • “जसले कल्याणको शुभ समाचार ल्याउँछ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • घर-घरको प्रचारकार्यमा आइपर्ने चुनौतीहरूको सामना गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • के यहोवाले साँच्चै तपाईंको चासो राख्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • “घर-घरमा”
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 जुलाई पृ. १

पछि नहट्‌नुहोस्‌!

१ घरघरको प्रचारमा जान तयार हुँदा हामीलाई वनको बाघले नभई मनको बाघले खाइरहेको हुनसक्छ। आफूलाई अयोग्य ठान्दै “सबै मानिसहरू[लाई]” सत्यबारे बताउन हामी पछि हटिरहेका हुनसक्छौं। (१ तिमो. २:४) तर सुसमाचार सुनाउन हामी पछि हट्‌नु पर्दैन। किन?

२ यो यहोवाको सन्देश हो: यहोवाले आफ्नो वचन बाइबलमार्फत बताउनुभएको छ। बाइबलको सन्देश अरूलाई सुनाउँदा हामीले आफ्नो होइन तर परमेश्‍वरको सन्देश सुनाइरहेका हुनेछौं। (रोमी १०:१३-१५) मानिसहरूले राज्य सन्देशलाई इन्कार गर्दा वास्तवमा तिनीहरूले यहोवालाई नै इन्कार गरिरहेका हुन्छन्‌। तैपनि, हामी निरुत्साहित हुँदैनौं। यो सन्देशले यस संसार परिवर्तन भएको हेर्न चाहने र आफ्नो आध्यात्मिक आवश्‍यकताप्रति सजग भएका मानिसहरूको हृदय छुनेछ भनी हामी ढुक्क छौं।—इज. ९:४; मत्ती ५:३, ६.

३ यहोवाले मानिसहरूलाई खनुहुन्छ: पहिला हाम्रो सन्देश सुन्‍न इन्कार गर्ने व्यक्‍तिले अहिले हाम्रो सन्देश स्वीकार्न पनि सक्छ, किनकि हाल उक्‍त व्यक्‍तिको परिस्थिति परिवर्तन भएको वा उसको हृदय नम्र भएको हुनसक्छ। यहोवाले अब त्यस व्यक्‍तिप्रति दया देखाउनुभएर उसलाई ‘खिंच्नुभएको’ हुनसक्छ। (यूह. ६:४४, ६५) यदि यहोवाले उक्‍त व्यक्‍तिलाई साँच्चै खिच्नुभएको हो भने, त्यस व्यक्‍तिलाई सुसमाचार सुनाउन यहोवाले हामीलाई चलाऊन्‌ भनी हामी सधैं तयार रहनुका साथै यस्ता व्यक्‍तिहरूलाई खोज्न स्वर्गदूतको डोऱ्‍याइमा भर पर्न चाहन्छौं।—प्रका. १४:६.

४ परमेश्‍वरले हामीलाई उहाँको आत्मा दिनुहुन्छ: पवित्र आत्माले हामीलाई यहोवाको “भरोसामा साहससित” बोल्न उत्प्रेरित गर्छ। (प्रेरि. १४:१-३) हाम्रो सेवकाईमा यस्तो शक्‍तिशाली आड भएको कुरालाई मनमा राख्दै हामी छर-छिमेक, सहकर्मी, स्कूल तथा कलेजका साथीहरू, नातेदार वा धेरै पढे लेखेका वा धनी मानिसहरू नै किन नहोऊन्‌, सबैलाई सच्चाइबारे बताउन पछि हट्‌ने छैनौं।

५ येशूले प्रचार गर्ने तरिका सिकाउनुभयो: येशूले मानिसलाई सोच्न बाध्य तुल्याउने प्रकारका प्रश्‍न, सरल उदाहरण, धर्मशास्त्रीय तर्क प्रयोग गर्नुभयो। उहाँले सच्चाइलाई सरल अनि मानिसहरूको मन छुने किसिमले आफ्नो हृदयदेखि बताउनुभयो। यी आज पनि उत्तिकै सर्वोत्तम तरिकाहरू हुन्‌। (१ कोरि. ४:१७) हामीले प्रचार गर्ने परिस्थिति फरकफरक हुनसक्छन्‌ तर प्रभावकारी राज्य सन्देश भने उही हो।

६ मानिसहरूलाई विशेष अनि महत्त्वपूर्ण तरिकामा मदत दिन यहोवाले हामीलाई चलाउनु हाम्रोनिम्ति ठूलो सुअवसर हो। त्यसैले आउनुहोस्‌, हामी कहिल्यै पछि नहटौं! हामी साहसी होऔं र यहोवाले “हाम्रा निम्ति वचनको ढोका खोलिदिऊन्‌” ताकि हामी अरूलाई सुसमाचार सुनाउन सकौं।—कल. ४:२-४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने