प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 अक्टोबर पृ. १
  • तपाईं कत्तिको राम्ररी आध्यात्मिक आहार खानुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं कत्तिको राम्ररी आध्यात्मिक आहार खानुहुन्छ?
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईंले सन्तुलित आध्यात्मिक आहार खाइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • के तपाईंले “ठीक समयमा भोजन” पाइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • पढ्‌न र अध्ययन गर्न समय निकाल्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • येशूका उपदेशहरूले आनन्दित हुन मदत गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 अक्टोबर पृ. १

तपाईं कत्तिको राम्ररी आध्यात्मिक आहार खानुहुन्छ?

१ भनिन्छ, ‘मान्छेले जस्तो खान्छ, ऊ त्यस्तै देखिन्छ।’ वास्तवमा भनौं भने, हाम्रो शारीरिक बल अनि स्वास्थ्यलाई हाम्रो खाना खाने बानीले असर गर्छ। “मानिस भोजनले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्तछ” भनी येशूले भन्‍नुभएको कारण हाम्रो आध्यात्मिक आहार लिने बानीले पनि या त राम्रो या नराम्रो असर गर्छ। (मत्ती ४:४) त्यसोभए, आध्यात्मिक तवरमा तपाईं कत्तिको राम्ररी खानुहुन्छ? के तपाईं खाना खाँदा किचकिचे हुनुहुन्छ? के तपाईं हतार-हतार खानुहुन्छ? के तपाईंलाई समय निकालेर नियमित, सन्तुलित अनि पोषिलो आध्यात्मिक आहार खान आनन्द लाग्छ?

२ आफ्नो आहारक विश्‍लेषण गर्नुहोस्‌: “विश्‍वासी र बुद्धिमान दास[मार्फत]” यहोवाले “ठीक ठीक समयमा” “मीठा मीठा थोकहरू” प्रदान गर्नुहुन्छ। (मत्ती २४:४५; यशै. २५:६) यस्ता मायालु प्रबन्धहरूबाट पूर्णतया लाभ उठाउन हामीले आध्यात्मिक तवरमा राम्ररी खाने प्रयास गर्नैपर्छ।

३ तपाईं आफैलाई यस्ता प्रश्‍नहरु सोध्न सक्नुहुन्छ: ‘के म दिनहुँ दैनिक पद र टिप्पणी पढ्‌ने गर्छु? के म दिनहुँ बाइबल पढ्‌ने अनि पढेका कुराहरू मनन गर्ने गर्छु? के म मण्डलीका सभाहरूमा अध्ययन गरिने विषयवस्तुहरूको अग्रिम अध्ययन गरेर तयारी गर्ने गर्छु? के मैले हाम्रा पत्रिकाहरूको नयाँ अंकका सबै लेखहरू पढ्‌ने गरेको छु?’

४ येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “धन्य आत्मामा दरिद्र हुनेहरू . . . धन्य धार्मिकता[को] निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्‌।” (मत्ती ५:३, ६) त्यसैले, आफ्नो मन अनि हृदयमा परमेश्‍वरको ज्ञान भरेर आध्यात्मिक आहार लिने राम्रो बानी बसाल्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने