प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 मार्च पृ. ८
  • प्रचार कार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रचार कार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • “आनन्दसाथ परमप्रभुको सेवा गर”
    हाम्रो राज्य सेवकाई—२००३
  • आनन्द परमेश्‍वरबाट पाइने गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • आनन्दको हृदयले यहोवाको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • आनन्दसाथ यहोवाको सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 मार्च पृ. ८

प्रचार कार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌

१ सुसमाचार अरूलाई बताउँदा महसुस हुने आनन्द के तपाईंले आफ्नो सेवकाईमा अनुभव गरिरहनुभएको छ? होसियार भएनौं भने, हामी वरपरको दुष्ट संसारले हामीलाई प्रचार गर्न डराउने बनाउन सक्छ, जसले गर्दा हाम्रो आनन्द हरण हुन्छ। भावशून्य इलाकामा प्रचार गर्नुपर्दा पनि हामी हरेस खान सक्छौं। प्रचार कार्यमा हाम्रो आनन्द बढाउन हामीले कस्ता व्यावहारिक कदमहरू चाल्न सक्छौं?

२ सकारात्मक हुनुहोस्‌: सकारात्मक मनोवृति राख्दा साँच्चै मदत मिल्छ। यसो गर्ने एउटा तरिका “परमेश्‍वरका सहकर्मी” हुन पाएको हाम्रो अनुपम सुअवसरबारे मनन गर्नु हो। (१ कोरि. ३:९) यो काम पूरा गर्न येशूले पनि हाम्रो साथ दिनुहुन्छ। (मत्ती २८:२०) अनि उहाँले स्वर्गदूतहरूको ठूलो फौजका साथ हामीलाई सहायता गर्नुहुन्छ। (मत्ती १३:४१, ४९) त्यसैकारण, हाम्रा प्रयासहरू परमेश्‍वरद्वारा निर्देशित छन्‌ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं। (प्रका. १४:६, ७) यसकारण मानिसहरूले हाम्रो कामप्रति जस्तोसुकै प्रतिक्रिया देखाए तापनि स्वर्गबाट देखाइने प्रतिक्रियाको कारण हामी असाध्यै आनन्दित हुन सक्छौं!

३ राम्रो तयारी गर्नुहोस्‌: राम्रो तयारीले पनि हाम्रो आनन्द अझै बढाउँछ। सेवकाईको लागि तयारी गर्दा धेरै समय बिताउनुपर्छ भन्‍ने छैन। नयाँ पत्रिका वा त्यस महिना प्रस्तुत गरिने साहित्यबाट कुराकानी गर्ने केही बुँदाहरूलाई विचार गर्न केही मिनेट मात्र लाग्छ। हाम्रो राज्य सेवकाई-को “पत्रिकाहरूबारे के भन्‍ने” पेटीबाट कुनै एउटा प्रस्तुति छान्‍नुहोस्‌। जनवरी २००२ को परिशिष्टमा दिइएको “क्षेत्र सेवकाईका लागि सुझावित प्रस्तुतिहरू” भन्‍ने लेख अथवा प्रभावकारी परिचयको लागि रीजनिङ पुस्तक हेर्नुहोस्‌। घरधनीले प्रायजसो उठाइरहने विरोधको सामना गर्नुपऱ्‍यो भने, तिनको भनाइसँग मिल्ने जवाफ तयार पार्नुहोस्‌ र कुनै चाखलाग्दो विषयतर्फ तिनको ध्यान खिच्नुहोस्‌। यसो गर्न रीजनिङ पुस्तक एकदमै मदतकारी छ। यी सहयोगीहरू प्रयोग गर्दा आनन्दपूर्वक निर्धक्क भएर प्रचार गर्न सक्छौं।

४ व्यग्र प्रार्थना गर्नुहोस्‌: चिरस्थायी आनन्दको लागि प्रार्थना अत्यावश्‍यक छ। हामीले यहोवाको काम गरिरहेको हुनाले उहाँको आत्माको लागि हामीले बिन्ती गर्नुपर्छ, जसको एउटा फल आनन्द हो। (गला. ५:२२) प्रचार कार्यमा लागिरहन यहोवाले हामीलाई बल दिनुहुन्छ। (फिलि. ४:१३) नकारात्मक अनुभवहरू हुँदा सेवकाईबारे प्रार्थना गर्दा त्यसले हामीलाई सही दृष्टिकोण राख्न मदत गर्छ। (प्रेरि. १३:५२; १ पत्रु. ४:१३, १४) हामीले डराएको महसुस गऱ्‍यौं भने, प्रार्थनाले हामीलाई साहस र आनन्दसाथ दृढ रहन मदत गर्न सक्छ।—प्रेरि. ४:३१.

५ अवसरहरू खोज्नुहोस्‌: मानिसहरूलाई भेटेर तिनीहरूलाई साक्षी दिन पायौं भने हाम्रो सेवकाई अवश्‍यै अझ आनन्दमय हुन्छ। साँझपख वा बिहान सबेरै जस्ता फरक-फरक समयमा घर-घरमा साक्षी दिनको लागि आफ्नो तालिकामा छाँटकाँट गर्नुभयो भने अझ बढी सफलता हात लाग्न सक्छ। सडकमा हिंड्‌नुहुँदा, पसल जानुहुँदा, बस चढ्‌नुहुँदा वा पार्कमा घुम्न जानुहुँदा हरेक समय नै तपाईं मानिसहरूलाई भेट्‌नुहुन्छ। छोटो वार्तालाप तयारी गरेर मित्रैलो देखिने मानिसहरूसँग कुरा गर्न किन अघि नसर्ने? अथवा तपाईं जागिर खानुहुन्छ वा स्कूल जानुहुन्छ होला, जहाँ तपाईं हरेक दिन विभिन्‍न मानिसहरूसित कुरा गर्नुहुन्छ। चासो जगाउने कुनै धर्मशास्त्रीय विषयबारे कुरा उठाएर तपाईं साक्षी दिने मौका पाउन सक्नुहुन्छ। जनवरी २००२ को हाम्रो राज्य सेवकाई-को परिशिष्टको पहिलो पृष्ठमा राम्रा सुझाउहरू पाउन सकिन्छ। यीमध्ये कुनै पनि प्रयत्नले प्रचारको आनन्दलाई धेरै बढाउन सक्छ।

६ आनन्दले धैर्य धारण गर्न मदत गर्ने भएकोले यसलाई कायम राख्नु एकदमै महत्त्वपूर्ण छ! यसो गरेको खण्डमा फेरि कहिल्यै नदोहोरिने कार्य अन्तिम अवस्थातर्फ बढ्‌दै जाँदा हामीले ठूलो इनामको कटनी गर्नेछौं। त्यस आशाले पनि प्रचारमा हाम्रो आनन्द बढाउन सक्छ।—मत्ती २५:२१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने