प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 सेप्टेम्बर पृ. १
  • शाखा कार्यालयको पत्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शाखा कार्यालयको पत्र
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • शाखा कार्यालयमा कस्तो काम गरिन्छ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • शाखा कार्यालयको पत्र
    हाम्रो राज्य सेवकाई—२००५
  • सेवाको काम विस्तार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • सय वर्षअघिको पहिलो
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 सेप्टेम्बर पृ. १

प्रिय राज्य प्रकाशकहरू:

भारत शाखा कार्यालयको निगरानीमा पर्ने इलाकाहरूमा सेवा वर्ष २००७ मा भएको प्रगति देखेर हामी खुसी छौं! हामी अग्रगामीहरूको सबैभन्दा उच्च शिखर संख्यामा पुग्न सफल भयौं। मार्चमा १,६२८ जनाले नियमित अग्रगामी सेवा गरे। त्यसैगरि अप्रिलमा ४,२१२ जनाले सहायक अग्रगामी सेवा गरे। अग्रगामीहरूको संख्यामा भइरहेको यस्तो वृद्धिले प्रचारकार्यमा सकारात्मक प्रभाव पारिरहेको छ। मार्च महिनामा २७,१५३ प्रकाशकले २५,३९० बाइबल अध्ययन सञ्चालन गरेको रिपोर्ट प्राप्त भएको छ। कुनै-कुनै इलाकामा विरोधको सामना गर्नुपरे तापनि हाम्रा भाइबहिनीहरू डटेर राज्यको प्रचार गर्दैछन्‌।

भारत शाखा कार्यालयको निगरानीमा पर्ने इलाकाहरूमा “धर्मको नाउँमा गरिएका खराब कुराहरूको अन्त होला?” शीर्षकको राज्य समाचार न. ३७ झण्डै साढे नौ लाख प्रति बाँडियो। जिज्ञासु व्यक्‍तिहरूले राज्य समाचार-को अन्तिम पानामा दिइएको कुपन भरेर जागा रहो! पुस्तिका अनि बाइबल अध्ययनका लागि निवेदन पठाए। स्मरणार्थ उत्सवको निमन्त्रणा पर्ची वितरण अभियान पनि निकै सफल भयो। यस वर्ष ७३,१९३ जना स्मरणार्थ उत्सवमा उपस्थित भए।

यस्ता अभियानहरूको उदेश्‍य इमान्दार मानिसहरूलाई बाइबलले वास्तवमा के सिकाउँछ, त्यो बताउनु हो। (मत्ती २८:१९, २०) त्यसैले प्रचारमा जाँदा क-कसले चासो लिएर सुने, याद गर्नुहोस्‌ अनि बाइबल अध्ययन गर्ने लक्ष्य राख्दै तिनीहरूलाई फेरि भेट्‌न जानुहोस्‌। तपाईंहरूसित काँधमा काँध मिलाई यस्तो महत्त्वपूर्ण काम गर्न पाएकोमा हामी खुसी छौं। हामी तपाईंहरूलाई हाम्रो न्यानो मसीही प्रेम पठाउँछौं।

तपाईंका भाइहरू,

भारत शाखा कार्यालय

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने