प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 अप्रिल पृ. ६
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • वृद्धाश्रममा भएका वृद्धवृद्धालाई प्रचार गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१४
  • उपचार गराउँदा के तपाईं आफ्नो धार्मिक अडानमा दृढ रहन तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९०
  • नर्सहरूको महत्त्वपूर्ण भूमिका
    ब्यूँझनुहोस्‌!—२०००
  • नर्सहरू—हामीलाई किन चाहिन्छ?
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 अप्रिल पृ. ६

प्रश्‍न पेटी

◼ यहोवाका साक्षीहरूमध्ये कसैले धार्मिक संघ-संस्थाले सञ्चालन गरेको अस्पताल वा नर्सिङ होममा स्वास्थ्योपचार तथा हेरविचार गराउनु के उपयुक्‍त छ?

थुप्रै धार्मिक संघ-संस्थाले ओखतीमूलो गर्ने वा दीर्घकालीन बिरामीहरूको उपचार गर्ने अस्पताल वा नर्सिङ होमहरू सञ्चालन गरिरहेका छन्‌। साधारणतया यस्ता अस्पताल तथा नर्सिङ होमहरू सरासर महान्‌ बेबिलोनको प्रचारप्रसार गर्न स्थापित गरिएका हुँदैनन्‌। (प्रका. १८:२, ४) सुरुमा त धार्मिक संघ-संस्थाहरूले यी अस्पताल वा नर्सिङ होमहरू आर्थिक फाइदा हुनेगरि स्थापित गरेका थिए होलान्‌। तर अहिले भने केही अस्पतालहरूको नाउँमा मात्र धार्मिक छनक पाइन्छ र कतैकतैचाहिं अझै पनि यी अस्पतालहरूमा केही धर्मगुरुहरूले सेवा गरिरहेका छन्‌।

यहोवाका साक्षीहरूमध्ये कसैले स्वास्थ्योपचार वा हेरविचार गराउनुपऱ्‍यो भने धार्मिक संघ-संस्थासित सम्बद्ध हुन सक्ने अस्पतालहरूमा उपचार गर्ने वा नगर्ने त्यो आफैले निर्णय गर्नुपर्छ। कसैको अन्तस्करणले तिनलाई यस्ता अस्पतालहरूमा उपचार गर्न जान देला त कसैको अन्तस्करणले नदेला। (१ तिमो. १:५) तर निर्णयलाई असर गर्ने खास अवस्थाहरू पनि छन्‌ र यी अवस्थाहरू विचार गर्नु बेस हुन्छ।

उदाहरणका लागि, नजिकै धार्मिक नाउँ भएका अस्पताल वा नर्सिङ होमहरू मात्रै होलान्‌। अथवा नजिकै अर्कै अस्पताल भए तापनि धार्मिक संघ-संस्थासित सम्बद्ध अस्पतालमा भने राम्रो सेवा उपलब्ध होला। चाहिएको खास उपचारविधि पनि धार्मिक नाउँ भएको अस्पतालमा मात्रै उपलब्ध हुन सक्छ अथवा धार्मिक नाउँ भएको अस्पतालमा मात्र तपाईंको डाक्टर वा शल्यचिकित्सकले काम गर्ने अनुमति पाएका हुन सक्छन्‌। साथै कहिलेकाहीं धर्मसित सम्बन्धित अस्पतालहरूले रगतसम्बन्धी तपाईंको ख्रीष्टियान अडानलाई आदर गर्न सक्छन्‌ जबकि, अन्य निजी वा सरकारी अस्पतालहरूमा भने तपाईंलाई अप्ठेरो पर्न सक्छ। कुनचाहिं अस्पतालमा उपचार गराउने हो, निर्णय गर्नुअघि विचार पुऱ्‍याउनुपर्ने केही पक्ष यिनै हुन्‌।

धर्मसित सम्बन्धित अस्पताल वा नर्सिङ होमहरूमा उपचार गराउने निर्णय गर्नुभएको हो भने, सेवा प्राप्त गरेबापत पैसा तिरेको ठान्‍न सक्नुहुन्छ। यस्तो उपचार सेवालाई धार्मिक संघ-संस्थाले व्यापारिक प्रयोजनको लागि सञ्चालन गरेको सेवाको रूपमा लिन सक्नुहुन्छ। त्यसैले उक्‍त सेवा लिनु झूटो धर्मलाई प्रत्यक्ष समर्थन गरेको ठहर्नेछैन। बरु प्राप्त सेवाको शुल्क तिरेसरह मात्र हुनेछ।

ख्रीष्टियान भएकोले धार्मिक संघ-संस्थासित सम्बन्धित अस्पताल तथा नर्सिङ होमहरूमा उपचार गराउँदा झूटो उपासनाका कुनै पनि कार्यमा भाग नलिन तपाईं अत्यन्तै होसियार हुनैपर्छ। यसबाहेक, अस्पताल वा नर्सिङ होममा काम गर्ने वा त्यहाँ आएका व्यक्‍तिहरूलाई “फादर” वा “सिस्टर” जस्ता धार्मिक पदवीहरू प्रयोग गरेर सम्बोधन गर्नुहुनेछैन। (मत्ती २३:९) उपचार गराइरहेको अस्पताल वा नर्सिङ होम व्यापारिक प्रयोजनको लागि मात्र हो अर्थात्‌ तपाईंले उपचार मात्र गराएको हो र त्यहाँ उपलब्ध सेवा मात्र प्रयोग गरेको हो, त्योभन्दा बढी अरू होइन भनेर पक्का गर्नु नितान्त जरुरी छ।

अस्पतालमा भर्ना हुनुपर्दा आफू यहोवाको साक्षी भएको र स्थानीय प्राचीनहरूले भेट्‌न आउँदा आफू भेट्‌न इच्छुक रहेको कुरा पहिल्यै जनाउ दिन सक्नुहुन्छ। यसो गर्नुभयो भने, अस्पताल वा नर्सिङ होममा बसुन्जेल तपाईंले पक्कै पनि उपयुक्‍त आध्यात्मिक मदत पाउनुहुनेछ।—१ थिस्स. ५:१४.

अस्पताल वा नर्सिङ होमहरूमा भर्ना भएका र त्यसमा पनि विशेषगरि धार्मिक संघ-संस्थाले सञ्चालन गरेका ठाउँमा भर्ना भएका वृद्ध भाइबहिनीको आध्यात्मिक आवश्‍यकता पूरा गर्न परिवारका साक्षी सदस्यहरू, स्थानीय प्राचीनहरू र मण्डलीका अन्य सदस्यहरू सजग हुनुपर्छ। यस्तो मदत दिन लगनशील हुँदा वृद्ध भाइबहिनी निकै प्रोत्साहित हुनेछन्‌ र यस्ता भवनमा आयोजना गरिने धार्मिक कार्यक्रम, चाडपर्व वा त्यस्तै अन्य गतिविधिमा अन्जानमै समावेश हुनदेखि तिनीहरू जोगिनेछन्‌।

यिनै बुँदालाई ध्यानमा राख्दै सम्पूर्ण अवस्थाको राम्ररी लेखाजोखा गरेर कुनचाहिं अस्पताल वा नर्सिङ होममा आफ्नो उपचार गराउने हो प्रत्येकले आफैले निर्णय गर्नुपर्नेछ।—गला. ६:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने