पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा अप्रि. १
“हामी दिनदिनै दुःखकष्ट, रोगबिमार र मानिसहरू मरेको खबर सुन्छौं। यी सबै कुरा अन्त होला जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] थुप्रैलाई आशा दिएको एउटा पद हेर्न चाहनुहुन्छ कि? [चाहन्छु भनेमा यूहन्ना ३:१६ पढ्नुहोस्।] ‘येशूको मृत्युले तपाईंलाई कसरी बचाउन सक्छ’ भनेर यस पत्रिकाले बताएको छ।”
प्रहरीधरहरा मे १
“कसैले युद्धको अन्त्य गरिदेओस् जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] मलाई एकदमै मन परेको कुरा म तपाईंलाई सुनाऊँ? [सुनाउनुस् भनेमा यशैया २:४ पढनुहोस्।] साँच्चै नै हाम्रो सृष्टिकर्ताले मानिसको काममा हस्तक्षेप गर्नुपर्नेछ। र यो हस्तक्षेपले सबै किसिमका युद्धहरूको अन्त्य गर्न परमेश्वरले लड्ने आरमागेडोनको युद्धलाई निम्त्याउनेछ। आरमागेडोन के हो र हामीले किन यसको प्रतीक्षा गर्नुपर्छ भनेर यो पत्रिकाले बताएको छ।”