प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 मे पृ. १
  • “हरेक असल काममा तत्पर रहनू”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “हरेक असल काममा तत्पर रहनू”
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • राम्ररी तयारी गरेर—चासो देखाऔं
    हाम्रो राज्य सेवकाई—२००६
  • पत्रिका प्रस्तुत गर्न कसरी तयारी गर्ने
    हाम्रो राज्य सेवकाई—२००६
  • नमुना प्रस्तुतिहरू कसरी चलाउने
    हाम्रो राज्य सेवकाई—२००५
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—परिचयको भाग तयारी गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 मे पृ. १

“हरेक असल काममा तत्पर रहनू”

१ प्रचार गर्ने नयाँ अभियान सुरु गर्दा येशूले चेलाहरूलाई तयार पार्न समय खर्चिनुभयो। (मत्ती १०:५-१४) हुन त हामी सबै व्यस्त छौं, तैपनि घर-घरको प्रचारमा जानअघि तयारी गर्न केही समय बिताउँदा राम्रो नतिजा हात पार्न सक्नेछौं।—२ कोरि. ९:६.

२ तयारी कसरी गर्ने: राम्रो तयारीमा सबैभन्दा पहिले आफूले प्रस्तुत गर्न खोजेको साहित्यमा भएका जानकारी राम्ररी थाह हुनु समावेश छ। इलाकाका मानिसहरूबारे पनि विचार गर्नुपर्छ। तिनीहरूलाई चिन्ता लाग्ने विषयहरू के हुन्‌? त्यहाँका मानिसहरूको धार्मिक आस्था कस्तो छ? प्रचार गर्ने तरिकाको लागि हाम्रो राज्य सेवकाई वा रीजनिङ फ्रम द स्क्रिप्चर्स (धर्मशास्त्रबाट तर्क गर्ने) पुस्तकको नमुना प्रस्तुतिलाई पनि मनमा राख्न सक्छौं।

३ सेवा सभामा प्रस्तुत गरिएका प्रदर्शनलाई ध्यान दिएर सुन्दा पनि मदत मिल्नेछ। प्रस्तुतिहरू बनाएर ती प्रयोग गर्न सिपालु हुँदै जाँदा तयारी गर्न कम समय बिताए पनि पुग्नेछ। तर हरेक पटक प्रचारमा जानुअघि प्रचारमा के भन्‍ने भनेर विचार गऱ्‍यौं र आफ्नो प्रस्तुतिलाई अझ निखार्न प्रयास गऱ्‍यौं भने हामी अझै प्रभावकारी हुनेछौं। प्रचारमा चाहिने सबै साहित्य झोलामा छन्‌ कि छैनन्‌ भनेर पक्का गर्नु पनि आवश्‍यक छ।

४ तर हामीलाई आफ्नो प्रस्तुति सम्झन केले मदत गर्नेछ? भन्‍नुपर्ने कुरा आवाज निकालेरै अभ्यास गर्दा भन्‍न खोजेको कुरा दिमागमा ठप्प बस्नेछ। कतिपयले पारिवारिक अध्ययनमा अभ्यास गर्ने गर्छन्‌। अनि कतिले चाहिं प्रस्तुतिको सारांशलाई कागजको एउटा टुक्रामा लेख्ने अनि प्रचार थाल्नुअगाडि त्यसलाई सरसर्ती हेर्ने तरिका मदतकारी पाएका छन्‌।

५ किन लाभदायी: राम्रो तयारी गरेका छौं भने प्रभावकारी तरिकामा प्रचार गर्न सक्नेछौं र हाम्रो आनन्द पनि बढ्‌नेछ। तयारी गरेका छौं भने प्रचार गर्दा निर्धक्क हुन र संकोच नमान्‍न पनि मदत मिल्छ। विरोध गरिंदा वा आरोप लगाइँदा, शब्दहरूमा विचार पुऱ्‍याएर अनुग्रहसाथ जवाफ दिन सक्नेछौं। साथै, हामी आफूले भन्‍ने कुरामा भन्दा घरधनीतर्फ ध्यान दिन सक्नेछौं। यसबाहेक, साहित्यहरूमा भएका जानकारी राम्ररी थाह हुँदा उत्साहसाथ साहित्य दिन सक्नेछौं।

६ “हरेक असल काममा तत्पर रहनू” भनी बाइबल हामीलाई प्रोत्साहन दिन्छ। (ती. ३:१) सुसमाचार सुनाउनुभन्दा असल काम अरू के नै हुन सक्ला र? सुन्‍न चाहने घरधनी र हामीले प्रतिनिधित्व गर्ने परमेश्‍वर यहोवाको हामी आदर गर्छौं भनी राम्ररी तयार गरेर देखाऔं।—यशै. ४३:१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने