प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 अगस्त पृ. १
  • नयाँ विशेष सम्मेलन दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ विशेष सम्मेलन दिन
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • ‘ठीक-ठीक समयमा खानाको’ प्रबन्ध
    हाम्रो राज्य सेवकाई—२०१०
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२०००
  • सन्‌ २०१० को लागि विशेष सम्मेलन दिन
    हाम्रो राज्य सेवकाई—२००९
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 अगस्त पृ. १

नयाँ विशेष सम्मेलन दिन

सेवा वर्ष २००९ को विशेष सम्मेलन दिन कार्यक्रमको विषय हो: ‘सेवाको काम पूरा गर्न होसियार हुनुहोस्‌।’ उक्‍त विषय कलस्सी ४:१७ मा आधारित छ। ख्रीष्टियानहरूको हैसियतमा हामी यो आग्रहलाई गम्भीरतासाथ लिन्छौं। हाम्रो उद्देश्‍य, येशूले जस्तै आफ्नो सेवा विश्‍वासी भएर पूरा गर्नु हो। (यूह. १७:४) प्रेरित पावलले पनि यस सन्दर्भमा हाम्रो लागि अति राम्रो उदाहरण बसाले। उनी सेवाको आफ्नो काम पूरा गर्न कटिबद्ध थिए।—प्रेरि. २०:२४.

थुप्रै प्रकाशक सेवाको काममा आइपर्ने चुनौतीहरूसँग कसरी डटिरहेका छन्‌, क्षेत्रीय निरीक्षकले दिने भाषणले बुझाउनेछ। “जे रोप्नुभयो, त्यसलाई हुर्काउनुहोस्‌” विषयको भाषणले ‘अनन्त जीवनका लागि नियुक्‍त भएकाहरूलाई’ हामी कसरी साँच्चै मदत दिन सक्छौं भनी जोड दिनेछ। (प्रेरि. १३:४८) अतिथी वक्‍ताले सबैभन्दा पहिले “हामी आफैलाई कसरी सेवकको रूपमा सिफारिस गर्छौं” विषयको भाषण दिनेछन्‌ र उक्‍त भाषणमा तिनले २ कोरिन्थी ६:१-१० का एक-एक पद छलफल गर्नेछन्‌। दिउँसोको कार्यक्रममा तिनले “आफ्नो सेवाको कामलाई सम्मान गर्नुहोस्‌” शीर्षकमा श्रोतालाई सम्बोधन गर्नेछन्‌। “केटाकेटी तथा वृद्धहरू सेवाको काममा रमाउँछन्‌” अनि “सेवाको काम पूरा गर्ने युवाहरू” शीर्षकका भाषणबाट हामीले प्रोत्साहन पाउनेछौं भन्‍ने कुरामा कुनै शंका छैन। आउनै लागेका सम्मेलनहरूमध्ये कुनै एउटामा बप्तिस्मा लिएर आफ्नो समर्पणलाई चिनाउन इच्छुक व्यक्‍तिहरूले मण्डलीका अध्यक्षलाई जतिसक्दो चाँडो खबर गरिहाल्नुपर्छ। हाम्रा सबै सम्मेलन तथा अधिवेशनको एउटा विशेष पक्ष प्रहरीधरहरा छलफल हो। विशेष सम्मेलन दिनको हप्तामा अध्ययन गरिने प्रहरीधरहरा पनि लिएर जानुहोस्‌।

सेवाको काम पूरा गर्न होसियार हुँदा हाम्रा रुचि तथा क्रियाकलापहरूले यहोवाले हामीलाई सुम्पेको जिम्मेवारीलाई ओझेलमा पार्न नदिन हामी कडा मेहनत गर्छौं। यस विशेष सम्मेलन दिन कार्यक्रमबाट पाउने धर्मशास्त्रीय प्रोत्साहनले हामी सबैलाई सही कुरामा आफ्नो ध्यान केन्द्रित गर्न र बाँकी रहेको सेवाको काम पूरा गर्न हामीले के गर्नुपर्छ, त्यो बुझ्न मदत गर्नुपर्ने हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने