पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा अक्टो. १
“के तपाईंलाई हामी हाम्रो सृष्टिकर्तालाई चिन्न सक्छौं जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। एउटा शास्त्रपद पढेर सुनाउन सकिन्छ कि सोध्नुहोस्। घरधनी सुन्न इच्छुक भएमा याकूब ४:८ पढ्नुहोस्।] यो लेखले सृष्टिकर्ताको नाउँ र उहाँका केही गुणबारे बताएको छ।” पृष्ठ ४ देखि सुरु भएको लेख देखाउनुहोस्।
प्रहरीधरहरा नोभे. १
“यो अस्थिर समयमा धेरै मानिस भविष्यबारे चिन्तित छन्। भविष्यबारे सकारात्मक हुन तपाईंलाई केले मदत दिन्छ? [जवाफ दिने मौका दिनुहोस्।] मैले मदत पाएको प्रतिज्ञा तपाईंलाई धर्मशास्त्रबाट देखाउन सक्छु? [देखाउनुस् भनेमा यशैया ६५:१७ पढ्नुहोस्।] भविष्यबारे आशावादी हुन सकिने जायज कारणहरू यो पत्रिकाले दिएको छ।”