प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 नोभेम्बर पृ. ४
  • तपाईं पनि शिक्षक हुन सक्नुहुन्छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं पनि शिक्षक हुन सक्नुहुन्छ!
  • हाम्रो राज्य सेवकाई—२००८
  • मिल्दोजुल्दो सामग्री
  • अरूलाई तालिम दिन सक्नुहुन्छ कि?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • परमेश्‍वरको राज्यका सेवकहरूका लागि तालिम
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • यहोवा हामीलाई प्रशिक्षण दिंदै हुनुहुन्छ
    हाम्रो राज्य सेवा—२०११
  • खण्ड ३: अरुको उन्‍नातिमा योगदान पुऱ्‍याउनुहोस
    हाम्रो राज्य सेवकाई—१९९१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००८
km08 नोभेम्बर पृ. ४

तपाईं पनि शिक्षक हुन सक्नुहुन्छ!

१. प्रत्येक राज्य प्रकाशकअगाडि कस्तो विशेष अवसर छ?

१ कसैलाई सत्य सिकाउनु प्रचारकार्यको अत्यन्तै इनामदायी पक्षमध्ये एक हो। कुनै व्यक्‍तिले राज्यसन्देशप्रति राम्रो प्रतिक्रिया देखाएको हेर्न पाउनु र उसलाई ब्रह्‍माण्डको सार्वभौमसँग नजिक हुन मदत गर्न पाउनु अनमोल कुरा हो। (याकू. ४:८) सत्यको लागि भोकाइरहेका व्यक्‍तिलाई सिकाउनु र उनले आफ्नो व्यक्‍तित्व, दृष्टिकोण र आनीबानीमा गरेको प्रस्टै देखिने परिवर्तन चासो दिएर हेर्नु प्रत्येक राज्य प्रकाशकको लक्ष्य हुनुपर्छ।—मत्ती २८:१९, २०.

२. किन कोही-कोही बाइबल अध्ययन सञ्चालन गर्न हिचकिचाउन सक्छन्‌ र यो समस्यामाथि विजयी हुन तिनीहरूलाई केले मदत दिनेछ?

२ यहोवामा भर पर्नुहोस्‌: विगतमा, विश्‍वासी सेवकहरूले यहोवाले खटाएको काम पूरा गर्न ‘म योग्य छैनँ’ भन्‍ने महसुस गरे। यहोवामा भर पर्दा मोशा, यर्मिया, आमोस र अन्य साधारण मानिसहरू आफ्ना शंका-उपशंकामाथि विजयी भए र महत्त्वपूर्ण काम फत्ते गर्न सके। (प्रस्थ. ४:१०-१२; यर्मि. १:६, ७; आमो. ७:१४, १५) प्रेरित पावल पनि “निर्भय” हुन सके। अनि यसो गर्न सक्नुको कारण “हाम्रा परमेश्‍वरमा” निर्भयी भएकोले हो भनेर तिनले बताए। (१ थिस्स. २:२) हो, प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्न चाहिने मदत, बुद्धि र बलको लागि हामी सबै यहोवामा भर पर्न सक्छौं।—यशै. ४१:१०; १ कोरि. १:२६, २७; १ पत्रु. ४:११.

३, ४. परमेश्‍वरको वचन सिकाउन मदत दिने कस्तो प्रशिक्षण हामीसित छ?

३ प्रशिक्षण स्वीकार्नुहोस्‌: हामी शिक्षकको रूपमा पूर्णतया दक्ष हुन सकोस्‌ भनेर हाम्रा महान्‌ प्रशिक्षक यहोवा परमेश्‍वरले हामीलाई आध्यात्मिक शिक्षाका नियमित कार्यक्रमहरूद्वारा प्रशिक्षण दिनुहुन्छ। (यशै. ५४:१३; २ तिमो. ३:१६, १७) शास्त्रपदहरूको अर्थ अझ राम्ररी बुझ्ने अवसरहरूको पूर्ण लाभ उठाएर यो प्रशिक्षण स्वीकार्नुहोस्‌ र बाइबल सत्य अरूलाई सिकाउने क्षमतामा उन्‍नति गर्नुहोस्‌। यसो गर्न मुख्यतः ईश्‍वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभाले तालिम दिन्छ। तथापि, मण्डलीका सम्पूर्ण सभाहरूले हामीलाई परमेश्‍वरको वचनबाट सिकाउने प्रशिक्षण दिन्छ।

४ गहिरा आध्यात्मिक सत्यहरूसमेत सरल तरिकामा सिकाउन अथक प्रयास गर्नुहोस्‌। कुनै विषय तपाईं अरूलाई बुझाउन खोज्दै हुनुहुन्छ भने पहिला तपाईं आफैले त्यसलाई राम्ररी बुझेको हुनैपर्छ। सभाहरूमा टिप्पणी दिंदा भविष्यमा प्रयोग गर्न सकिने मुख्य बुँदाहरू मनमा राख्न मदत पुग्छ। त्यसैले राम्रो तयारी गर्नुहोस्‌। यसो गरेमा सिकाउने क्षमताप्रति तपाईंको आत्मविश्‍वास बढ्‌नेछ।

५. शिक्षकको रूपमा उन्‍नति गर्न हामीलाई मदत गर्ने अर्को कस्तो प्रशिक्षण हामीसित मण्डलीभित्रै छ?

५ चेला बनाउने काममा भाग लिन थालेदेखि नै ख्रीष्टियान सेवकहरूले एकअर्काबाट सिके भन्‍ने कुरामा कुनै शंका छैन। (लूका १०:१) सम्भव भएसम्म अनुभवी प्रकाशकहरूलगायत अग्रगामी, प्राचीन र परिभ्रमण निरीक्षकसित बाइबल अध्ययनमा जानुहोस्‌। उनीहरू कसरी सरल दृष्टान्त प्रयोग गर्छन्‌ र धर्मशास्त्रीय सत्य व्याख्या गर्न अध्ययन प्रकाशनमा भएका अन्य शिक्षण सामग्री प्रयोग गर्छन्‌, याद गर्नुहोस्‌। के गरेमा तपाईं अझ राम्रो शिक्षक हुन सक्नुहुन्छ उनीहरूसँग सल्लाह माग्नुहोस्‌। (हितो. १:५; २७:१७) भाइबहिनीबाट पाउने यस्तो प्रशिक्षणप्रति कृतज्ञ हुनुहोस्‌ किनकि यो प्रशिक्षण पनि वास्तवमा परमेश्‍वरबाटै आएको प्रशिक्षण हो।—२ कोरि. ३:५.

६. परमेश्‍वरको वचनको शिक्षक हुन मुख्यतः के आवश्‍यक छ?

६ यहोवामा भर पर्नुहोस्‌ र उहाँले प्रबन्ध गर्नुभएका प्रशिक्षणबाट लाभ उठाउनुहोस्‌। उन्‍नति गर्न सकूँ भनेर प्रार्थना गर्नुहोस्‌। (भज. २५:४, ५) कसैलाई तपाईंजस्तै परमेश्‍वरको वचनको शिक्षक हुन मदत गर्दा पाइने आनन्द तपाईंले पनि अनुभव गर्न सक्नुहुन्छ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने