प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 फेब्रुअरी पृ. २
  • मार्च १ देखि स्मरणार्थको निम्तो बाँड्‌ने अभियान सुरु हुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च १ देखि स्मरणार्थको निम्तो बाँड्‌ने अभियान सुरु हुन्छ
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • मार्च २२ देखि स्मरणार्थको निम्तो बाँड्‌ने अभियान सुरु हुनेछ
    हाम्रो राज्य सेवा—२०१४
  • विशेष निम्तो
    हाम्रो राज्य सेवा—२०१४
  • अप्रिल २ देखि स्मरणार्थको निम्तो पर्ची बाँड्‌नेछौं
    हाम्रो राज्य सेवा—२०११
  • मार्च १७ देखि स्मरणार्थको निम्तो बाँड्‌ने अभियान सुरु
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 फेब्रुअरी पृ. २

मार्च १ देखि स्मरणार्थको निम्तो बाँड्‌ने अभियान सुरु हुन्छ

१. स्मरणार्थको लागि निम्तो बाँड्‌ने अभियान कहिलेदेखि सुरु हुन्छ? किन यो वर्ष अलि लामो समयसम्म चल्नेछ?

१ यस वर्षको स्मरणार्थ मार्च २६ मा पर्छ। स्मरणार्थमा उपस्थित हुन निम्तो बाँड्‌ने वार्षिक अभियान शुक्रबार, मार्च १ देखि सुरु हुनेछ। यसको मतलब, गएका वर्षहरूको तुलनामा यो वर्षको अभियान अलि लामो समयसम्म चल्नेछ। फलस्वरूप, थुप्रैले विशेषगरि मण्डलीको इलाका ठूलो भएको ठाउँमा बस्नेहरूले पनि निम्तो पाउन सक्नेछन्‌।

२. निम्तोपर्ची लिने अनि इलाका ढाक्ने सन्दर्भमा कस्ता प्रबन्ध मिलाइने छ?

२ आवश्‍यक प्रबन्ध मिलाउनुहोस्‌: मण्डलीको इलाका कसरी ढाक्ने, घरमा कोही नभएको बेला निम्तोपर्ची छोड्‌ने कि नछोड्‌ने, यसबारे एल्डरहरूले निर्देशन दिनेछन्‌। घर-घरको प्रचारकार्यमा आफूलाई दिइएको इलाका पूरै सिध्याइसकेपछि पनि निम्तोपर्ची अझै बाँकी भयो भने सार्वजनिक ठाउँहरूमा पर्ची वितरण गर्ने प्रबन्ध मिलाउन सक्नुहुन्छ। सेवा निरीक्षकले प्रकाशकहरूको लागि साहित्य वा पत्रिका विभागको काउन्टरमा समय अनि ठेगानासहितको निम्तोपर्ची राखिएको छ/छैन, त्यो पक्का गर्नेछन्‌। तर भएभरको सबै निम्तोपर्ची एकै चोटि राखिनेछैन। एक चोटिमा एक हप्ताको लागि जति चाहिन्छ त्यति मात्र लिनुपर्छ।

३. निम्तो दिंदा कुन कुरा विचार गर्नुपर्छ?

३ हामी के भन्‍न सक्छौं? छोटकरीमा बताउनुहोस्‌। यसो गर्दा धेरैभन्दा धेरैलाई निम्तोपर्ची दिन सक्नेछौं। पृष्ठ ४ मा प्रचारकार्यमा कुराकानी थाल्न केही उदाहरण दिइएको छ। त्यसलाई हाम्रो इलाकामा सुहाउने किसिमले छाँटकाँट गर्न सक्नुहुन्छ। घरधनी मित्रैलो छ वा अरू कुरा पनि बुझ्न चाहन्छ भने हतार गर्नु पर्दैन। सप्ताहन्तमा निम्तोपर्ची बाँड्‌दा, उपयुक्‍त छ भने पत्रिकाहरू पनि दिनुहोस्‌। मार्च २ तारिखको दिन हामी बाइबल अध्ययन सुरु गर्न प्रस्ताव राख्ने नभई निम्तोपर्ची बाँड्‌ने काममै लाग्नेछौं।

४. यस अभियानमा हामी सबैले किन जोसका साथ भाग लिनुपर्छ?

४ आशा छ, धेरै जना स्मरणार्थमा उपस्थित हुनेछन्‌। भाषणमा येशू वास्तवमा को हुनुहुन्छ, त्यो प्रस्ट पारिनेछ। (१ कोरि. ११:२६) येशूको मृत्युले हाम्रो लागि कस्तो फाइदा भएको छ, त्यसबारे पनि बताइनेछ। (रोमी ६:२३) साथै उहाँलाई सम्झिनु कत्तिको महत्त्वपूर्ण छ भनेर प्रकाश पारिनेछ। (यूह. १७:३) यस अभियानमा हामी सबै जोसका साथ भाग लेऔं!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने