कुराकानी थाल्ने उदाहरण
डिसेम्बर महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
“मानिसहरू कुनै न कुनै समय प्रार्थना गर्छन्। नास्तिकहरूले समेत समस्या आइपर्दा प्रार्थना गर्छन्। तपाईंलाई भगवान्ले सबै प्रार्थना सुन्नुहुन्छ जस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्। अक्टोबर–डिसेम्बर महिनाको प्रहरीधरहरा-को अन्तिम पाना देखाउनुहोस् र सँगै पहिलो प्रश्नअन्तर्गत दिइएको विषयवस्तु र कम्तीमा एउटा बाइबल पद छलफल गर्नुहोस्। पत्रिका दिनुहोस् र अर्को चोटि अर्को प्रश्न छलफल गर्न प्रबन्ध मिलाउनुहोस्।
प्रहरीधरहरा अक्टोबर–डिसेम्बर
समाचारमा आएको कुनै दुःखद घटना उल्लेख गर्नुहोस्। त्यसपछि यसो भन्नुहोस्: “यतिबिघ्न दुःखकष्ट किन छ र त्यो हटाउन मानिसहरूले गरेको प्रयास किन विफल भएको छ? [जवाफ दिने मौका दिनुहोस्] हामी अन्तको दिनमा बाँचिरहेका छौं भनेर बाइबल बताउँछ। [२ तिमोथी ३:१-४ पढ्नुहोस्] अन्तको दिन समाप्त हुनेछ भनेर पनि बाइबल बताउँछ। यस पत्रिकाले अन्तको दिन समाप्त भएपछि के हुनेछ भनेर बताउँछ।” अक्टोबर–डिसेम्बर महिनाको प्रहरीधरहरा-को पृष्ठ ७ देखाउनुहोस् र पत्रिका प्रस्तुत गर्नुहोस्।
ब्यूँझनुहोस्! अक्टोबर–डिसेम्बर
“पारिवारिक सम्बन्धबारे चिन्तित मानिसहरूसित हामी कुरा गर्दैछौं। परिवार मिलेर बस्न के गर्नुपर्छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्] म तपाईंलाई बाइबलबाट कलस्सी ३:१३ मा बताइएको कुरा देखाउन चाहन्छु।” पद पढेपछि घरधनीलाई अक्टोबर–डिसेम्बर महिनाको ब्यूँझनुहोस्!-को पृष्ठ १० देखाउनुहोस् र पत्रिका प्रस्तुत गर्नुहोस्।