प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 जुलाई पृ. ४
  • विशेष निम्तो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विशेष निम्तो
  • हाम्रो राज्य सेवा—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • विशेष निम्तो
    हाम्रो राज्य सेवा—२०१४
  • फल फलाउने एउटा अभियान
    हाम्रो राज्य सेवा—२०१३
  • अधिवेशनको निम्तोपर्ची बाँड्‌ने अभियान
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • अप्रिल २ देखि स्मरणार्थको निम्तो पर्ची बाँड्‌नेछौं
    हाम्रो राज्य सेवा—२०११
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१५
km15 जुलाई पृ. ४

विशेष निम्तो

१. अधिवेशनको निम्तो कहिलेदेखि बाँडिनेछ?

१ तपाईंले आफ्नो परिवार वा साथीभाइलाई एउटा विशेष भोजमा बोलाउने योजना बनाउनुभयो। अनि त्यसको तयारीमा निकै मेहनत र खर्च गर्नुभयो। अब निम्तो दिन के तपाईं उत्साहित हुनुहुन्‍न र? त्यसैगरि आउनै लागेको अधिवेशनमा आध्यात्मिक भोज तयार पार्न निकै समय र मेहनत लागेको छ। यहोवाले हामीलाई उक्‍त भोजको निम्तो बाँड्‌ने सुअवसर दिनुभएको छ। अधिवेशन सुरु हुनुभन्दा तीन हप्ताअघिदेखि निम्तो बाँडिनेछ। उत्साहित भएर निम्तो बाँड्‌न हामीलाई केले मदत गर्नेछ?

२. अभियानमा पूरापूर भाग लिन हामीलाई केले उत्प्ररित गर्नेछ?

२ यहोवाले प्रबन्ध गर्नुभएको अधिवेशनमार्फत पाइने आध्यात्मिक भोजनबाट हामी धेरै लाभ उठाउँछौं। यो कुरालाई विचार गऱ्‍यौं भने अभियानमा पूरापूर भाग लिन उत्प्रेरित हुनेछौं। (यशै. ६५:१३, १४) नबिर्सनुहोस्‌, हरेक वर्ष हुने यस्तो अभियानले राम्रो नतिजा ल्याएको छ। (“राम्रा नतिजाहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।) हामीले निम्तो दिएका मध्ये कोही अधिवेशनमा आउलान्‌ भने कोही नआउलान्‌। तर मानिसहरूले जस्तोसुकै प्रतिक्रिया देखाए तापनि अभियानको दौडान हामीले गरेको लगनशील प्रयासले यहोवाको प्रशंसा गर्छ र उहाँको उदारता झल्काउँछ।—भज. १४५:३,७; प्रका. २२:१७.

३. निम्तो पर्ची कसरी बाँडिनेछ?

३ निम्तो पर्ची कसरी विस्तृत रूपमा बाँड्‌ने भनेर एल्डरहरूको निकायले निर्णय गर्नुपर्छ। जस्तै: घरमा मान्छे नभेटिंदा पर्ची छोड्‌ने कि नछोड्‌ने वा सार्वजनिक साक्षीकार्यमा पर्ची प्रयोग गर्ने कि नगर्ने। सप्ताहन्तमा निम्तो पर्ची बाँड्‌दा पत्रिका पनि दिन सकिन्छ। अभियानमा उत्साहित भएर लागेकोमा अनि यहोवाले दिनुभएको आध्यात्मिक भोजको निम्तो स्वीकारेर धेरैभन्दा धेरै मानिस उपस्थित भएकोमा हामी खुसीले गद्‌गद हुनेछौं।

तपाईं यसो भन्‍न सक्नुहुन्छ कि?

अभिवादन गरेपछि यसो भन्‍न सक्नुहुन्छ: “अहिले एउटा महत्त्वपूर्ण कार्यक्रमको लागि निम्तो दिने विशेष अभियान चलिरहेको छ। हामी त्यसैको निम्तो दिन आएका हौं। मिति, समय र स्थान यसै पर्चीमा दिइएको छ।”

राम्रा नतिजाहरू

  • केही वर्षअघिको कुरा हो, एक जना बहिनी निम्तो बाँड्‌ने अभियानमा भाग लिइरहेकी थिइन्‌। अभियानमा गरिएको सबै मेहनत खेर पो जाने हो कि जस्तो तिनलाई लागिरहेको थियो। तिनले यस्तो पनि सोचिन्‌: ‘मानिसहरूले निम्तो पाएपछि के तिनीहरू साँच्चै हाम्रो अधिवेशनमा आउनेछन्‌ त?’ शनिबारको दिन अधिवेशनमा एक जना सिख धर्म मान्‍ने व्यक्‍ति नजिकै बसिरहेको ती बहिनीले देखिन्‌। तिनी गएर त्यस व्यक्‍तिसित परिचय गरिन्‌। कुरा गर्दै जाँदा ती व्यक्‍तिले निम्तोपर्ची पाएर अधिवेशनमा आएको कुरा बताए। साथै ती व्यक्‍तिले सोधेका थुप्रै प्रश्‍नको जवाफ उक्‍त बहिनीले दिइन्‌। ती व्यक्‍तिले कार्यक्रम असाध्यै राम्रो भएको र उपस्थित मानिसहरूको व्यवहार र पहिरन निकै भद्र भएको कुरा बताए। त्यसै दिन आफू नजिकै बसिरहेका एक दम्पतीसित ती बहिनीले कुराकानी गरिन्‌। त्यस दम्पतीले पनि निम्तोपर्ची पाएर अधिवेशन आएको कुरा बताए। तिनीहरूले अधिवेशनबाट निकै आनन्द उठाएकाले आइतबारको दिन पनि आउने विचार गर्दै थिए। हरेक वर्ष हुने अभियान निकै महत्त्वपूर्ण छ भनेर ती बहिनीले महसुस गरिन्‌।

  • हालैको अधिवेशनमा एक अग्रगामी दम्पतीले उमेर ढल्किसकेको अर्को एक दम्पतीसित परिचय गरे। ती वृद्ध दम्पती पहिलो पटक अधिवेशनमा आएका रहेछन्‌। ती अग्रगामी दम्पतीले यसरी सोधे: “तपाईंहरूलाई कसले निम्तो दिएको हो?” तिनीहरूले यस्तो जवाफ दिए: “एक दिन घर फर्कंदा हामीले ढोकामुनि निम्तोपर्ची भेट्टायौं।” तिनीहरूले निम्तोपर्ची पढेर त्यसको पछाडि भएको कुपन पनि भरेका रहेछन्‌। खाजा खाने बेला पनि अन्य भाइबहिनीहरूले आ-आफ्नो खाजा तिनीहरूसितै बाँडेर खाए। त्यस वृद्ध दम्पतीले कार्यक्रमबाट निकै लाभ उठाएकोले अर्को दिन पनि आउने योजना बनाएको कुरा बताए। तिनीहरूलाई फेरि भेट्‌ने प्रबन्ध मिलाइयो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने