प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 जून पृ. ७
  • बुद्धिमानीसाथ मनोरञ्जन छान्‍नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बुद्धिमानीसाथ मनोरञ्जन छान्‍नुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • यहोवालाई खुसी बनाउने मनोरञ्जन छान्‍नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • ६. मनोरञ्जन छान्दा विचार पुऱ्‍याउनुपर्ने कुराहरू
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • स्वस्थकर मनोरञ्जन कसरी छान्‍ने?
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • तपाईं लाभदायक मनोरञ्जनको आनन्द उठाउन सक्नुहुन्छ
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 जून पृ. ७

ख्रिष्टियन जीवन

बुद्धिमानीसाथ मनोरञ्जन छान्‍नुहोस्‌

हामीले किन बुद्धिमानीसाथ मनोरञ्जन छान्‍नुपर्छ? किनभने हामी जस्तो चलचित्र हेर्छौँ, जस्तो गीत सुन्छौँ, जस्तो वेबसाइट चलाउँछौँ, जस्तो किताब पढ्‌छौँ वा जस्तो भिडियो गेम खेल्छौँ, त्यस्तै कुराहरू आफ्नो दिमागमा भरिरहेका हुन्छौँ। हाम्रो छनौटले हाम्रो आनीबानीलाई असर गर्छ। दुःखको कुरा, आज संसारमा पाइने धेरैजसो मनोरञ्जनमा यहोवाले घृणा गर्नुहुने कुरा पाइन्छ। (भज ११:५; गला ५:१९-२१) त्यसैले बाइबलले यहोवाको महिमा हुने कुरामा ध्यान दिइरहन जोड दिन्छ।—फिलि ४:८.

मैले कस्तो मनोरञ्जन छान्‍नुपर्छ? भन्‍ने भिडियो हेर्नुहोस्‌ र निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • प्राचीन रोमका योद्धाहरूको खेल

    आधुनिक समयको मनोरञ्जन कसरी प्राचीन रोमका योद्धाहरूको खेलजस्तै छ?

  • एक अग्रगामी मण्डलीको जवान भाइसित प्रचार गर्दै

    मण्डलीका सदस्यहरूले युवाहरूलाई बुद्धिमानीसाथ मनोरञ्जन छान्‍न कसरी मदत गर्न सक्छन्‌?

  • सिपाही

    मनोरञ्जन छान्‍न हामीलाई रोमी १२:९ ले कसरी मदत गर्छ?

  • जवान साक्षीहरू फुटबल खेल्दै

    तपाईँको इलाकामा ख्रिष्टियनहरूले गर्न मिल्ने कस्ता मनोरञ्जनहरू छन्‌?

जाँगरिलो बनाउने मनोरञ्जन कि अल्छी बनाउने मनोरञ्जन?

आज संसारमा गरिने धेरैजसो मनोरञ्जनले मानिसहरूलाई जाँगरिलो बनाउनु साटो अल्छी बनाउँछ। चलचित्र, किताब र टेलिभिजन कार्यक्रममा प्रस्तुत गरिने कुराहरू तपाईँ आफैले होइन तर अरूले तयार पारेका हुन्‌। हुनत यस्ता मनोरञ्जन गर्दा पनि रमाइलो हुन्छ तर धेरैले आफैले कुनै क्रियाकलापमा भाग लिएर मनोरञ्जन गर्दा अझै रमाइलो भएको महसुस गरेका छन्‌। उदाहरणको लागि, कसै-कसैलाई गितार, मादल, बाँसुरी, आदि जस्ता बाजा बजाउन वा चित्र कोर्न मन पर्छ। अरू कतिपयलाई चाहिँ कुनै खेल खेल्न वा कतै घुम्न जान वा ‘क्याम्पिङ’ गर्न रमाइलो लाग्छ। हामीले जस्तोसुकै मनोरञ्जन रोजे पनि ‘सबै थोक परमेश्‍वरकै महिमाको निम्ति गर्नुपर्छ।’—१को १०:३१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने