ख्रिष्टियन जीवन
परमेश्वरको भक्ति र शारीरिक तालिम
के शारीरिक तालिम फाइदाजनक हुन्छ? पक्कै हुन्छ। तर शारीरिक तालिमको तुलनामा आध्यात्मिक तालिम फाइदाजनक हुन्छ। (१ति ४:८) त्यसैले खेलकुदमा भाग लिने सन्दर्भमा ख्रिष्टियनहरू सन्तुलित दृष्टिकोण राख्छन्।
खेलकुदबारे तपाईँले के थाह पाउनुपर्छ? भन्ने ह्वाइटबोर्ड एनिमेसन हेर्नुहोस्। त्यसपछि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
१. खेलकुदले हामीलाई कस्ता सिपहरू विकास गर्न मदत गर्छ?
२. कुनै खेल खेल्नु हुन्छ कि हुँदैन भनेर निर्णय गर्न कुन तीन कुराले मदत गर्छ?
३. भजन ११:५ ले कुन खेल खेल्ने वा हेर्ने भन्नेबारे निर्णय गर्न कसरी मदत गर्छ?
४. कुनै खेल खेल्दा फिलिप्पी २:३ र हितोपदेश १६:१८ कसरी लागू गर्न सक्छौँ?
५. फिलिप्पी १:१० ले हामीलाई खेल खेल्न वा हेर्नमा धेरै समय नबिताउन कसरी मदत गर्छ?