प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जुलाई पृ. ३
  • समानुभूति देखाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समानुभूति देखाउनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • समानुभूति—दया र अनुकम्पाको कुञ्जी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • के ईश्‍वर समानुभूति देखाउनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • समानुभूति देखाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२०
  • प्रश्‍नहरू सोध्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जुलाई पृ. ३

कुराकानी गर्ने सीप तिखारौँ | साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌

समानुभूति देखाउनुहोस्‌

समानुभूति भनेको अर्को व्यक्‍तिको विचार, भावना, मूल्यमान्यता र आवश्‍यकता बुझ्न सक्ने क्षमता हो। हामीले समानुभूति देखाउँदा अरू मानिसले सजिलै महसुस गर्छन्‌ अनि यो मनैदेखि आउने कुरा हो। साक्षीकार्यमा समानुभूति देखाउँदा हामीले यहोवाको प्रेम र चासो झल्काइरहेका हुन्छौँ अनि यसले गर्दा मानिसहरू परमेश्‍वरतिर खिचिन्छन्‌।—फिलि २:४.

समानुभूति देखाउनु भनेको हामीले सिकाउनको लागि चलाउने तरिका मात्र त होइन। यो हामीले सुन्‍ने अनि बोल्ने तरिकामा झल्किन्छ। साथै हाम्रो मनोवृत्ति, इसारा र अनुहारको हाउभाउमा पनि देखिन्छ। कुनै व्यक्‍तिप्रति साँचो चासो देखाएर हामी समानुभूति देखाउँछौँ। हामी तिनको रुचि, धार्मिक आस्था र परिस्थिति याद गर्छौँ। हामी तिनलाई व्यावहारिक जानकारी र मदत त दिन्छौँ तर परिवर्तन गर्न जबरजस्ती भने गर्दैनौँ। हामीले सुसमाचार सुनाएका मानिसहरूले मदत स्विकार्दा साक्षीकार्यमा हाम्रो आनन्द अझ बढ्‌नेछ।

चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—समानुभूति देखाएर भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ‘चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—समानुभूति देखाएर’ भिडियोको एउटा दृश्‍य। कफी पसलमा ग्रेस नितालाई त्यो दिन किन बाइबल अध्ययन गर्न सक्दिनन्‌ भनेर बताउँदै छिन्‌।

    ग्रेस ढिलो आइपुग्दा निताले कसरी समानुभूति देखाइन्‌?

  • ‘चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—समानुभूति देखाएर’ भिडियोको एउटा दृश्‍य। निता समानुभूति देखाउँदै सुन्छिन्‌।

    ग्रेसले एकदमै तनाव भएकोले अध्ययन नगर्ने भनेर बताउँदा निताले कसरी समानुभूति देखाइन्‌?

  • ‘चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—समानुभूति देखाएर’ भिडियोको एउटा दृश्‍य। निता ग्रेसलाई तिनको अव्यवस्थित कोठा मिलाउन मदत गर्दै छिन्‌।

    हामीले समानुभूति देखाउँदा मानिसहरू यहोवातिर खिचिन्छन्‌

    ग्रेसले आफू व्यवस्थित नभएको कुरा बताउँदा निताले कसरी समानुभूति देखाइन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने