प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 सेप्टेम्बर पृ. १५
  • नयाँ संसार नजिकै छ भनेर सुसमाचार सुनाउनुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ संसार नजिकै छ भनेर सुसमाचार सुनाउनुहोस्‌!
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • नोभेम्बर महिनामा परमेश्‍वरको राज्यबारे विज्ञापन गर्ने विशेष अभियान
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • सेप्टेम्बर महिनामा परमेश्‍वरको राज्यबारे विज्ञापन गर्ने विशेष अभियान!
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • यहोवाका साक्षीहरू—सुसमाचार प्रचार गर्न व्यवस्थित
    हाम्रो राज्य सेवा—२०११
  • विस्तृतरूपमा राज्य समाचार न. ३५ वितरण गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९७
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 सेप्टेम्बर पृ. १५
प्रमोदवनमा एक दम्पती आफ्ना साथीहरूलाई हात हल्लाएर अभिवादन गर्दै छन्‌।

ख्रिष्टियन जीवन

नयाँ संसार नजिकै छ भनेर सुसमाचार सुनाउनुहोस्‌!

नोभेम्बर महिनामा हामी नयाँ संसार नजिकै छ भनेर सुसमाचार सुनाउन विशेष प्रयास गर्नेछौँ। (भज ३७:१०, ११; प्रका २१:३-५) यस अभियानमा पूरापूर भाग लिन आफ्नो तालिका मिलाउनुहोस्‌। तपाईँ सहायक अग्रगामी सेवा गर्न चाहनुहुन्छ भने ३० घण्टा गर्ने वा ५० घण्टा गर्ने भनेर छनौट गर्न सक्नुहुन्छ।

सकेसम्म धेरै मानिसलाई नयाँ संसारबारे उल्लेख गरिएको बाइबल पद देखाउन तयारी गर्नुहोस्‌। आफ्नो इलाकाका मानिसहरूबारे विचार गर्दै बाइबल पद रोज्नुहोस्‌। पहिलो भेटमा कसैले चासो देखाएमा तिनलाई प्रहरीधरहरा जनसंस्करण सङ्‌ख्या २, २०२१ दिनुहोस्‌। त्यसपछि तिनलाई सकेसम्म छिटो पुनःभेट गर्नुहोस्‌ र सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाबाट बाइबल अध्ययन सुरु गर्न प्रयास गर्नुहोस्‌। “असल कुराको सुसमाचार” सुनाउने काममा व्यस्त हुन पाउनु साँच्चै खुसीको कुरा हो!—यसै ५२:७.

सुसमाचार सुनाउने एउटा तरिका सिक्न पहिलो भेट: सुसमाचार—भज ३७:१०, ११ भिडियो हेर्नुहोस्‌

नयाँ संसारको आशा मौलिक गीत हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • सानी बहिनी कस्तो सुन्दर भविष्यबारे कल्पना गर्दै छिन्‌?

  • तपाईँ नयाँ संसारमा के-कस्ता कुराहरू अनुभव गर्न चाहनुहुन्छ?

  • आफ्नो आशाबारे मनन गर्दा त्यसले नोभेम्बर महिनाको अभियानमा पूरापूर भाग लिन तपाईँलाई कसरी मदत गर्नेछ?—लुका ६:४५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने