प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp21 सङ्‌ख्या २ पृ. ७-९
  • यस संसारको अन्त कहिले हुनेछ? येसुले के भन्‍नुभयो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यस संसारको अन्त कहिले हुनेछ? येसुले के भन्‍नुभयो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसुले यस संसारको अन्तबारे बताउनुभएका कुराहरू विचार गर्नुहोस्‌:
  • चिन्ह
  • “अन्तको दिन”
  • सुन्दर पृथ्वी नजिकै छ!
  • अन्तबारे चार वटा प्रश्‍नका जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • के हामी “अन्तको दिनमा” बाँचिरहेका छौं?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • परमेश्‍वरको उद्देश्‍य चाँडै पूरा हुने
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • के यो संसार छिट्टै नाश हुँदै छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
wp21 सङ्‌ख्या २ पृ. ७-९
येसु प्रेषितहरूलाई अन्तको दिनको चिन्हबारे बताउँदै हुनुहुन्छ।

यस संसारको अन्त कहिले हुनेछ? येसुले के भन्‍नुभयो?

यसअघिको लेखमा विचार गरेझैँ बाइबलले यस संसारको अन्तबारे कुरा गर्दा यसले पृथ्वी वा मानिसजातिको अन्तलाई बुझाउँदैन। बरु यसले यस भ्रष्ट युगको अनि त्यसलाई समर्थन गर्नेहरूको अन्तलाई बुझाउँछ। तर के बाइबलमा यस दुष्ट युगको अन्त कहिले हुनेछ भनेर बताइएको छ?

येसुले यस संसारको अन्तबारे बताउनुभएका कुराहरू विचार गर्नुहोस्‌:

“त्यसकारण जागा रहो किनकि त्यो दिन र समय तिमीहरूलाई थाह छैन।”—मत्ति २५:१३.

“सधैँ सचेत रहो अनि जागा बस किनकि परमेश्‍वरले तोक्नुभएको समय कहिले आउँछ, तिमीहरू जान्दैनौ।” —मर्कुस १३:३३.

त्यसैले यस युगको अन्त कहिले हुनेछ भनेर कुनै मानिसलाई थाह छैन। तर ईश्‍वरले मात्र “त्यस दिन र समयको” विषयमा जान्‍नुहुन्छ। (मत्ति २४:३६) अर्को शब्दमा भन्‍नुपर्दा, ईश्‍वरले त्यो ‘समय तोक्नुभएको’ छ। के त्यसको मतलब अन्त कहिले आउनेछ भनेर थाह पाउने कुनै तरिका छैन? त्यसो त होइन। येसुले आफ्ना चेलाहरूलाई अन्त नजिकै छ भनेर बुझाउने घटनाहरू याद गर्न भन्‍नुभयो।

चिन्ह

“यस युगको आखिरी समयको” चिन्हस्वरूप के-कस्ता घटनाहरू हुनेछन्‌? येसुले यसो भन्‍नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ अनि ठाउँठाउँमा अनिकाल र भूकम्प हुनेछ।” (मत्ति २४:३, ७) उहाँले “महामारी” पनि हुनेछ भन्‍नुभयो। (लुका २१:११) के तपाईँ येसुले भविष्यवाणी गर्नुभएका घटनाहरू देख्दै हुनुहुन्छ?

ठाउँठाउँमा मच्चिरहेका युद्धहरू, भोकमरी, भूकम्प र अनेक रोगबिमारले गर्दा मानिसहरूले दुःख भोगिरहेका छन्‌। उदाहरणको लागि, २००४ मा हिन्द महासागरमा आएको ठूलो भूकम्पले लगभग २ लाख २५ हजार मानिसको ज्यान लियो। कोभिड-१९ महामारीले गर्दा तीन वर्षभित्रमा संसारभरि लगभग ६९ लाख मानिसले ज्यान गुमाए। यस्ता घटनाहरूले यस युगको अन्त नजिकै छ भन्‍ने कुरा बुझाउँछ भनेर येसुले बताउनुभयो।

“अन्तको दिन”

बाइबलमा यस युगको अन्त हुनुअघिको समयावधिलाई “अन्तको दिन” भनिएको छ। (२ पत्रुस ३:३, ४) दोस्रो तिमोथि ३:१-५ अनुसार अन्तको दिनमा मानिसहरूको नैतिक स्तर एकदमै खस्किने छ। (“यस संसारको अन्त हुनै लाग्दा” पेटी हेर्नुहोस्‌।) के तपाईँ आफू वरपर स्वार्थी, लोभी, निष्ठुर अनि अरूलाई प्रेम नगर्ने मानिसहरू देख्नुहुन्छ? यो पनि हामी यस संसारको अन्त हुनै लागेको समयमा बाँचिरहेका छौँ भन्‍ने कुराको प्रमाण हो।

अन्तको दिन कहिलेसम्म रहनेछ? ‘थोरै समयसम्म मात्र’ भनी बाइबल बताउँछ। त्यसपछि ईश्‍वरले “पृथ्वीका विनाशकारीहरूलाई विनाश” गर्नुहुनेछ।—प्रकाश ११:१५-१८, फुटनोट; १२:१२.

युद्ध

युद्धमा सिपाहीहरू शत्रुहरूलाई गोली हान्दै छन्‌।
  • सन्‌ २००७ देखि २०१७ को बीचमा सशस्त्र द्वन्द्व र आतङ्‌कवादले गर्दा ज्यान गुमाउनेहरूको सङ्‌ख्या ११८ प्रतिशतले बढ्यो

रोगबिमार

एक बिरामी अस्पतालको शैय्यामा।
  • मुटुसम्बन्धी रोग, मष्तिस्कघात, फोक्सोसम्बन्धी रोग, जन्मजात स्वास्थ्य समस्या भएका शिशुहरू, झाडापखाला, क्यान्सर र क्षयरोग केही ज्यानमारा रोगहरू हुन्‌

भोकमरी

कचौरा समाएर बसिरहेकी एक भोकाएकी केटी।
  • सन्‌ २०२१ मा विश्‍व जनसङ्‌ख्याको ९.८ प्रतिशतले खान पाएको थिएन र पाँच वर्षमुनिका लगभग तीन जनामध्ये एक जना केटाकेटीको कुपोषणले गर्दा राम्ररी शारीरिक विकास हुन सकेन

विश्‍वव्यापी साक्षीकार्य

ट्रलीछेउ उभिरहेका यहोवाका साक्षीहरू एक पुरुषसँग कुरा गर्दै छन्‌।
  • छयासी लाखभन्दा धेरै यहोवाका साक्षीहरूले २४० देशमा १ हजारभन्दा धेरै भाषामा बाइबलआधारित प्रकाशनहरू वितरण गरे

सुन्दर पृथ्वी नजिकै छ!

ईश्‍वरले यस दुष्ट संसारको अन्त कहिले गर्ने भनेर दिन र समय तोकिसक्नुभएको छ। (मत्ति २४:३६) तर राम्रो समाचार पनि छ—ईश्‍वर “कोही पनि नाश नहोस्‌” भन्‍ने चाहनुहुन्छ। (२ पत्रुस ३:९) उहाँले मानिसजातिलाई उहाँको इच्छा बुझ्ने र त्यसैअनुसार जिउने मौका दिइरहनुभएको छ। किन? किनभने उहाँ हामी यस संसारको अन्त हुँदा बचेको र उहाँले ल्याउनुहुने नयाँ संसारमा जीवन बिताएको चाहनुहुन्छ। त्यतिबेला पृथ्वी एउटा सुन्दर बगैँचाजस्तै हुनेछ।

ईश्‍वरको राज्यअन्तर्गत नयाँ संसारको भाग कसरी बन्‍ने भनेर सिक्नको लागि उहाँले विश्‍वव्यापी शैक्षिक कार्यक्रमको प्रबन्ध गर्नुभएको छ। ईश्‍वरको राज्यको सुसमाचार “सारा पृथ्वीभरि” सुनाइनेछ भनेर येसुले बताउनुभयो। (मत्ति २४:१४) यहोवाका साक्षीहरू संसारभरि मानिसहरूलाई बाइबलले दिने आशाबारे सुनाउने अनि सिकाउने काममा अरबौँ घण्टा बिताउँछन्‌। अन्त आउनुअघि संसारभरि यो सुसमाचार सुनाइनेछ भनेर येसुले बताउनुभयो।

मानव शासनको अन्त नजिकै छ। तर तपाईँ यस संसारको अन्त हुँदा जोगिन सक्नुहुनेछ र ईश्‍वरले प्रतिज्ञा गर्नुभएको सुन्दर नयाँ संसारमा जीवन बिताउन सक्नुहुनेछ। तपाईँ त्यस नयाँ संसारमा कसरी जीवन बिताउन सक्नुहुनेछ भनेर यसपछिको लेखमा छलफल गरिनेछ।

यस संसारको अन्त हुनै लाग्दा

“अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख। किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्‌कारी, निन्दा गर्ने, आमाबुबाको आज्ञा पालन नगर्ने, कृतघ्न, विश्‍वासघाती, स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने, परमेश्‍वरलाई नभई सुखविलासलाई प्रेम गर्ने अनि परमेश्‍वरको भक्‍ति गरेको ढोँग गर्ने तर त्यसअनुसार नचल्ने हुनेछन्‌।” —२ तिमोथि ३:१-५.

येसुले “अन्तको दिन”-बारे गर्नुभएको भविष्यवाणीले आशा दिन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने