प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp21 सङ्‌ख्या ३ पृ. ९-११
  • असल मानिस बन्दैमा के हाम्रो भविष्य उज्ज्वल हुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असल मानिस बन्दैमा के हाम्रो भविष्य उज्ज्वल हुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • थुप्रैले कस्तो मार्ग रोजेका छन्‌?
  • नतिजा कस्तो भएको छ?
  • असल मानिस बनेर मात्र किन पुग्दैन?
  • उज्ज्वल भविष्य—सबैको चाहना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • भविष्य उज्ज्वल बनाउन के गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • परिचय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • “नम्रहरूले देश अधिकार गर्नेछन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
wp21 सङ्‌ख्या ३ पृ. ९-११
एक महिला आफ्नो सिटमा एउटी वृद्धालाई बस्न दिँदै छिन्‌।

असल मानिस बन्दैमा के हाम्रो भविष्य उज्ज्वल हुन्छ?

असल र नैतिकवान्‌ मानिस बन्यो भने भविष्य उज्ज्वल हुन्छ भन्‍ने धारणा निकै पुरानो हो। एसियाली मुलुकका मानिसहरू दार्शनिक तथा गुरु कन्फुसियसको (ईसापूर्व ५५१-४७९) यस भनाइको निकै कदर गर्छन्‌: “अरूले तिमीलाई जुन कुरा नगरून्‌ भन्‍ने चाहन्छौ, त्यो कुरा तिमीले पनि अरूलाई नगर्नू।”a

थुप्रैले कस्तो मार्ग रोजेका छन्‌?

थुप्रै मानिसहरू भविष्य उज्ज्वल बनाउने हो भने असल आचरण देखाउनुपर्छ भनेर अझै पनि विश्‍वास गर्छन्‌। तिनीहरू अरूलाई आदर गर्छन्‌, असल बानीबेहोरा विकास गर्छन्‌, आफ्नो सामाजिक दायित्व पूरा गर्छन्‌ र अन्तस्करण सफा राख्छन्‌। भियतनामकी लिन यसो भन्छिन्‌: “म इमानदार भएँ भने मेरो जीवन राम्रो हुनेछ भनेर म विश्‍वास गर्थेँ।”

ती महिला गरिब र घरबारविहीन मानिसहरूलाई खाना बाँड्‌दै छिन्‌।

केही मानिसहरू आफ्नो धार्मिक आस्थाले गर्दा पनि असल कामहरू गर्छन्‌। ताइवानमा बस्ने शु-युन यसो भन्छन्‌: “मानिसले जिउँदो छँदा असल काम गऱ्‍यो भने मृत्युपछि सुख पाउँछ तर खराब काम गऱ्‍यो भने सास्ती भोग्नुपर्छ भनेर मैले सिकेको थिएँ।”

नतिजा कस्तो भएको छ?

बेलुकी लखतरान भएर घर फर्केकी ती महिला छोरालाई सुताउँदै छिन्‌ र तिनी निराश देखिन्छिन्‌।

हुनत अरूको लागि राम्रा कामहरू गरिदिँदा हामीलाई थुप्रै लाभ हुन्छ। तर सफा मनले अरूको हित हुने काम गर्नेहरूले पनि सधैँ आफूले सोचेको जस्तो नभएको महसुस गरेका छन्‌। हङकङमा बस्ने स्यु पिङ यसो भन्छिन्‌: “अरूको लागि राम्रो काम गरे तापनि आफूलाई सधैँ राम्रै हुन्छ भन्‍ने छैन र यो कुरा म आफैले अनुभव गरेकी छु। मैले परिवारको रेखदेख गर्न र असल कामहरू गर्न निकै प्रयास गरेँ। तर मेरो वैवाहिक जीवन सफल भएन। श्रीमान्‌ले म र छोरालाई छोडेर जानुभयो।”

धार्मिक आस्था राख्दैमा मानिस असल हुँदैन भनेर थुप्रैले देखेका छन्‌। जापानमा बस्ने एत्सुको यसो भन्छिन्‌: “म एउटा धार्मिक सङ्‌गठनसित आबद्ध थिएँ। म युवाहरूको लागि थुप्रै कार्यक्रम सञ्चालन गर्ने गर्थेँ। तर त्यो सङ्‌गठनका मानिसहरूको छाडा जीवनशैली देख्दा अनि तिनीहरूले ओहदाको लागि होडबाजी गरेको र कोषको दुरुपयोग गरेको देख्दा मलाई त अचम्मै लाग्यो।”

“मैले परिवारको रेखदेख गर्न र असल कामहरू गर्न निकै प्रयास गरेँ। तर मेरो वैवाहिक जीवन सफल भएन। श्रीमान्‌ले म र छोरालाई छोडेर जानुभयो।” —स्यु पिङ, हङकङ

जति नै धर्मकर्म गरे पनि आफू र आफ्नो परिवारले दुःख भोग्नुपर्दा केही मानिसहरू निराश भएका छन्‌। भियतनाममा बस्ने भानले पनि त्यस्तै अनुभव गरिन्‌। तिनी यसो भन्छिन्‌: “म हरेक दिन खानेकुरा, फलफूल अनि फूलहरू किनेर पितृहरूलाई चढाउँथेँ। यसो गर्दा भविष्य राम्रो हुन्छ जस्तो मलाई लाग्थ्यो। मैले वर्षौँसम्म असल काम गरेँ र थुप्रै धर्मकर्म गरेँ। तैपनि मेरो श्रीमान्‌लाई गम्भीर रोग लाग्यो अनि विदेशमा पढिरहेकी मेरी छोरीको कलिलै उमेरमा मृत्यु भयो।”

असल मानिस बनेर मात्र किन पुग्दैन?

हुनत हामी असल मानिस बन्‍नुपर्छ। तर असल मानिस बन्दैमा हाम्रो भविष्य उज्ज्वल हुँदैन। किन? यस विषयमा पवित्र ग्रन्थ के भन्छ, विचार गरौँ।

सबैले असल काम गर्ने छनौट गर्दैनन्‌

“एक जना पापीको कामले थुप्रै राम्रा कुरालाई नष्ट गरिदिन्छ।”—उपदेशक ९:१८.

हुनत तपाईँ असल मानिस बन्‍न निकै प्रयास गर्नुहुन्छ होला। तर अरूको स्वार्थी व्यवहारले गर्दा तपाईँलाई हानि पुग्न सक्छ। उदाहरणको लागि, महामारीको बेला सरकारले भौतिक दूरी कायम गर्न सुझाव दिन्छ। तर कसै-कसैले यो नियम पालन गरेनन्‌ भने नि? त्यस्तो व्यवहारले गर्दा सरकारको नियम पालन गर्न कोसिस गर्नेहरूको स्वास्थ्यमा पनि असर पुग्न सक्छ।

मानिसहरूलाई सही लागेको कुरा गलत पनि हुन सक्छ

“कुनै बाटो मानिसलाई सही नै लाग्ला तर त्यसले अन्तमा मृत्युमा पुऱ्‍याउँछ।”—हितोपदेश १४:१२.

इतिहास हेर्ने हो भने, कतिपय मानिसलाई आफूले गरेको काम सही नै लागे तापनि त्यो वास्तवमा गलत रहेछ भनेर तिनीहरूले पछि मात्र थाह पाए। तिनीहरूको मनसाय राम्रै भए तापनि तिनीहरूले गलत निर्णयको नतिजा भोग्नुपऱ्‍यो।

जीवन अनिश्‍चित छ

“तिमीहरूको जीवन भोलि के हुने हो, त्यो तिमीहरूलाई थाह छैन।”—याकुब ४:१४.

मानिसले जति नै असल काम गरे पनि तिनको अचानक मृत्यु हुन सक्छ। कोभिड-१९ महामारीको दौडान अरूको सेवामा खटिएका थुप्रैले आफ्नो ज्यान गुमाउनुपऱ्‍यो। चीनमा बस्ने लिटिङको अनुभव पनि विचार गरौँ। कार दुर्घटनामा तिनको बुबाको मृत्यु भयो। तिनी यसो भन्छिन्‌: “मेरो बुबाजस्तो दयालु मानिस पनि किन मर्नुपरेको होला भनेर मैले बुझ्नै सकिनँ। उहाँ मेहनती, नम्र र इमानदार हुनुहुन्थ्यो। त्यो कारमा अरू पनि थिए तर उहाँको मात्र ज्यान गयो।”

असल मानिस बन्दैमा हाम्रो भविष्य उज्ज्वल हुँदैन भने हाम्रो भविष्य कसरी उज्ज्वल हुन्छ त? यस प्रश्‍नको जवाफ पाउन हामीलाई एउटा भरपर्दो स्रोत चाहिन्छ, जसले हाम्रा प्रश्‍नहरूको जवाफ दिन्छ र हामीलाई उज्ज्वल भविष्यको बाटो देखाउँछ। त्यो स्रोत के हो?

a कन्फुसियसका शिक्षाहरूबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित र www.jw.org मा अनलाइनमा उपलब्ध मानवजातिद्वारा परमेश्‍वरको खोज (Mankind’s Search for God) किताबको अध्याय ७, अनुच्छेद ३१-३५ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने