प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp21 सङ्‌ख्या ३ पृ. १२-१४
  • भविष्य उज्ज्वल बनाउन मदत गर्ने भरपर्दो स्रोत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भविष्य उज्ज्वल बनाउन मदत गर्ने भरपर्दो स्रोत
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामीलाई डोऱ्‍याइ दिने उत्कृष्ट स्रोत
  • बाइबल के भन्छ?
    ब्यूँझनुहोस्‌!—२०१७
  • परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने साँचो शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • सही र गलत: भरपर्दो डोऱ्‍याइ दिने धर्मशास्त्र
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२४
  • बाइबल कस्तो किताब हो?
    बाइबल कस्तो किताब हो?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
wp21 सङ्‌ख्या ३ पृ. १२-१४
एक पुरुष बाइबल पढ्‌दै छन्‌।

भविष्य उज्ज्वल बनाउन मदत गर्ने भरपर्दो स्रोत

अघिल्ला लेखहरूमा बताइएझैँ मानिसहरू भविष्य उज्ज्वल बनाउन भाग्य, शिक्षा र धनसम्पत्तिजस्ता कुराहरूमा भरोसा गर्छन्‌ अनि कतिपयचाहिँ असल मानिस बन्‍नुपर्छ भन्छन्‌। तर यी कुराहरूमा भरोसा गर्नु भनेको गन्तव्यमा पुग्न गलत नक्सा प्रयोग गर्नुजस्तै हो। त्यसोभए भविष्य उज्ज्वल बनाउन मदत गर्ने कुनै भरपर्दो स्रोत नै छैन त? त्यसो त पटक्कै होइन।

हामीलाई डोऱ्‍याइ दिने उत्कृष्ट स्रोत

निर्णयहरू गर्नुपर्दा हामी आफूभन्दा पाको र बुद्धिमान्‌ व्यक्‍तिसित सल्लाह माग्छौँ। त्यसरी नै हाम्रो उज्ज्वल भविष्यको लागि भरपर्दो डोऱ्‍याइ दिन सक्ने एक जना हुनुहुन्छ, जो हामीभन्दा कता हो कता पाको र बुद्धिमान्‌ हुनुहुन्छ। उहाँका सल्लाहहरू एउटा पवित्र ग्रन्थमा सङ्‌कलन गरिएको छ। त्यो हो, बाइबल। यो लगभग ३,५०० वर्षअघिदेखि नै लेख्न सुरु गरिएको थियो।

हामी बाइबलमा किन भरोसा गर्न सक्छौँ? किनभने यसका लेखक ब्रह्‍माण्डकै सबैभन्दा पाको र बुद्धिमान्‌ व्यक्‍ति हुनुहुन्छ। उहाँलाई बाइबलमा “अतिप्राचीन” भनिएको छ र उहाँ “अनादिदेखि अनन्तसम्म” अस्तित्वमा हुनुहुन्छ। (दानिएल ७:९; भजन ९०:२) उहाँले नै ‘आकाश रच्नुभयो र पृथ्वी सृष्टि गर्नुभयो।’ (यसैया ४५:१८) बाइबलमा उहाँले आफ्नो नाम यहोवा हो भनेर बताउनुभएको छ।—भजन ८३:१८.

बाइबल मानवजातिको सृष्टिकर्ताबाट आएको किताब भएकोले यसले कुनै एउटा संस्कृति वा जातका मानिसहरू अर्कोभन्दा ठूलो हो भनेर सिकाउँदैन। यसका सल्लाहहरू सधैँ उपयोगी हुन्छन्‌ र सबै देशका मानिसले यसबाट लाभ उठाउन सक्छन्‌। बाइबल थुप्रै भाषामा उपलब्ध छ र संसारमा अरू कुनै पनि किताब योजत्तिको व्यापक वितरण भएको छैन।a यो सबै ठाउँका मानिसले पढ्‌न सक्छन्‌ र यसबाट लाभ उठाउन सक्छन्‌। यी तथ्यहरूलाई बाइबलको यस भनाइले समर्थन गर्छ:

“परमेश्‍वर पक्षपाती हुनुहुन्‍न। बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।”—प्रेषित १०:३४, ३५.

मायालु आमाबुबाले छोराछोरीलाई डोऱ्‍याइ दिएझैँ हाम्रा मायालु बुबा यहोवाले पनि हामीलाई उहाँको वचन बाइबलमार्फत सही डोऱ्‍याइ दिनुहुन्छ। (२ तिमोथि ३:१६) तपाईँ उहाँको वचनमा भरोसा गर्न सक्नुहुन्छ किनकि हामीलाई उहाँले नै बनाउनुभएको हो र के गर्दा हाम्रो हित हुन्छ, उहाँलाई राम्ररी थाह छ।

भरपर्दो डोऱ्‍याइ

तस्बिरहरूको सँगालो: १. एक पुरुष ट्रेनमा स्मार्टफोन हेर्दै छन्‌। २. तिनी स्मार्टफोनमा बाइबल पढ्‌दै छन्‌।

बाइबलले भविष्यको लागि भरपर्दो डोऱ्‍याइ दिन सक्छ भनेर हामी भरोसा गर्न सक्छौँ। किनभने यसमा लगभग २,००० वर्षअघि नै अहिले भइरहेका घटनाहरू र मानिसहरूको स्वभावबारे सही भविष्यवाणी गरिएको थियो।

घटनाहरू

“जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ। ठूलठूला भूकम्प जानेछ, ठाउँठाउँमा अनिकाल पर्नेछ र महामारी हुनेछ।”—लुका २१:१०, ११.

मानिसहरूको स्वभाव

“अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ . . . किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्‌कारी, निन्दा गर्ने, आमाबुबाको आज्ञा पालन नगर्ने, कृतघ्न, विश्‍वासघाती, स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने, परमेश्‍वरलाई नभई सुखविलासलाई प्रेम गर्ने [हुनेछन्‌]।”—२ तिमोथि ३:१-४.

बाइबलले हजारौँ वर्षअघि बताएका कुराहरू अहिले पूरा भइरहेको देख्दा तपाईँलाई कस्तो लाग्छ? तपाईँ हङकङका लिङले भनेको यो कुरामा पक्कै सहमत हुनुहुन्छ: “बाइबलका भविष्यवाणीहरू धेरैअघि लेखिएका थिए। मानिसले यस्ता कुराहरूबारे भविष्यवाणी गर्न असम्भव छ। त्यसैले बाइबल हामीभन्दा बुद्धिमान्‌ व्यक्‍तिबाट आएको हुनुपर्छ।”

बाइबलमा गरिएका सयौँ भविष्यवाणी पूरा भइसकेका छन्‌।b यसले पनि बाइबल परमेश्‍वरको वचन हो भनेर प्रमाणित गर्छ। यहोवा भन्‍नुहुन्छ: “म नै परमेश्‍वर हुँ र मजस्तो अरू कोही छैन। पछि के हुन्छ, म पहिल्यै बताउँछु।” (यसैया ४६:९, १०) त्यसकारण बाइबलले भविष्यबारे बताएका कुराहरूमा हामी भरोसा गर्न सक्छौँ।

अहिले र सधैँको लागि भरपर्दो डोऱ्‍याइ

आमाबुबा छोराछोरीको हात समाएर खुसी हुँदै हिँडिरहेका छन्‌।

बाइबलले दिने डोऱ्‍याइअनुसार चल्नुभयो भने तपाईँकै हित हुन्छ। केही उदाहरण विचार गरौँ।

पैसा र कामप्रति सन्तुलित दृष्टिकोण

“मरुन्जेल मेहनत गरेर बतासलाई खेद्‌नुभन्दा बरु केही बेर आराम गर्नु नै बेस हो।”—उपदेशक ४:६.

पारिवारिक जीवन

“तिमीहरू हरेकले आ-आफ्नो पत्नीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गर्नुपर्छ।”—एफिसी ५:३३.

अरूसितको सम्बन्ध

“रिसाउन छोड र क्रोध त्यागिदेऊ; व्याकुल भएर कुकर्मतिर नलाग।”—भजन ३७:८.

बाइबलको कुरा लागू गर्दा अहिले लाभ उठाउन सक्नुहुन्छ र भविष्य पनि उज्ज्वल हुनेछ। परमेश्‍वरले सुन्दर संसारको प्रतिज्ञा गर्नुभएको छ, जहाँ:

शान्ति र सुरक्षा हुनेछ

“नम्रहरूले . . . अपार शान्तिको आनन्द उठाउनेछन्‌।”—भजन ३७:११.

सबैसित आ-आफ्नै घर र खानेकुरा हुनेछ

“तिनीहरूले घर बनाउनेछन्‌ र त्यसमा बस्नेछन्‌। तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र त्यसको फल खानेछन्‌।”—यसैया ६५:२१.

कोही पनि बिरामी पर्नेछैनन्‌ वा मर्नेछैनन्‌

“मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।”—प्रकाश २१:४.

यस्तो उज्ज्वल भविष्यको लागि तपाईँले के गर्नुपर्छ? यसको जवाफ अर्को लेखले दिनेछ।

a बाइबलको अनुवाद र वितरणबारे थप जानकारीको लागि www.jw.org/ne मा जानुहोस्‌ अनि बाइबलको शिक्षा > बाइबल तथा इतिहास अन्तर्गत हेर्नुहोस्‌।

b थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबल—परमेश्‍वरको वचन कि मानिसको? (The Bible—God’s Word or Man’s?) किताबको अध्याय ९ हेर्नुहोस्‌। यो किताब www.jw.org मा उपलब्ध छ। लाइब्रेरी > पुस्तक र पुस्तिकाहरू अन्तर्गत हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने